नरापो न्यूज, काठमाडौं
तेह्र महिना सरकार चलाएको एमालेले अब बन्ने नयाँ सरकारको दाबी नगर्ने भएको छ । एमाले अध्यक्ष झलनाथ खनालले सहमतिको आधारमा सरकारको नेतृत्व चयन हुने बताए ।'एमाले दाबी-साबीको राजनीतिको पक्षमा छैन,' प्रधानमन्त्रीको राजीनामा अघि पार्टी मुख्यालय बल्खुमा बसेको स्थायी कमिटी बैठकपछि खनालले संवाददातासित भने, 'सवै दलहरुलाई 'सालिनतापूर्वक' सहमतिमा आउन हामी आव्हान गर्दछौं । उनले संक्रमणकालीन अवस्थामा रहेको मुलुकलाई जोगाउन बहुमतीय सरकार सक्षम नहुने बताए ।
एमाले अध्यक्ष खनालले आगामी सरकारको नेतृत्व आफूले गर्नेबारे सार्वजनिक समाचारमा सत्यता नभएको उल्लेख गरे । 'चर्चा ज-जसले चलाए उनीहरुलाई मेरोतर्फबाट धन्यवाद छ,' उनले भने ।प्रधानमन्त्रीको राजीनामाका बिषयमा छलफल गर्न बुधबार स्थायी कमिटी बैठक बोलाइएको थियो । बैठकमा स्थायी कमिटी सदस्यसमेत रहेका प्रधानमन्त्री माधवकुमार नेपाल झण्डै आधा घण्टा बसेका थिए । उनले आफ्नो राजीनामाको सम्वोधनबारे जानकारी गराएको खनालले बताए । एमाले बैठक बिहीबार पुनः बस्नेछ ।

No comments:
Post a Comment