जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


Lost Nepalese Passport

Replacement of Damaged, Torn or Lost Nepalese Passport
  • Two application forms should be completed
  • 5 pp size photographs
  • Photocopy of lost Passport
  • If it is the case that the passport is torn or damaged, the same should be submitted
  • Passport fees,
  • Police report with PP No. and Name (only if lost)
  • Original Nepalese citizenship certificate and also a copy of it
  • Application of details of loss, damage, or tear.
राहदानीको निवेदन फाराम भर्ने तरिका
(क)    फारामको शिरमा राहदानीको लागि जुन कार्यालयमा निवेदन पेश गरिएको हो सो कार्यालयको नाम उल्लेख गर्नुपर्नेछ।
(ख)  राहदानी अङ्ग्रेजी भाषामा तयार गरिने हुनाले राहदानी माग गर्ने निवेदकले तोकिएबमोजिमको फाराम टाइप गरी पेश गर्नु पर्नेछ। यदि स्पेस दिनु परेमा सो को लागि एक कोठा खाली छाड्नुपर्नेछ।
(ग)  निवेदकको नाम, थर तथा ठेगानालाई अङ्ग्रेजी भाषामा लेख्दा हिज्जे फरक पर्न सक्ने हुँदा पुरानो राहदानी भएमा सो अनुसार र शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लिखित हिज्जेलाई ध्यान दिनुपर्नेछ।
(घ)  राहदानीको निवेदन फाराममा १७ खण्डहरु रहेका छन् । ती खण्डहरुलाई निम्नानुसार क्रमैसँग भर्नुपर्नेछ । फाराममा * चिन्ह दिइएका खण्डहरु अनिवार्य रुपमा भर्नुपर्नेछ ।
(ङ)         (१) थर (Surname) भर्दा निवेदकको नागरिकताको प्रमाणपत्रमा उल्लिखित थर लेख्नुपर्नेछ ।
(२) नाम (Given Name) भर्दा निवेदकको नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको नामको पहिलो र बीचको नाम लेख्नु पर्नेछ। उदाहरणका लागिः

पूरा नाम कृष्ण बहादुर थापा भएका निवेदकले थरमा Thapa र नाममा Krishna Bahadur लेख्नुपर्नेछ । बिवाहित महिलालेआफ्नो माइती र पति दुवैको थर लेख्न चाहेमा त्यसो गर्न सकिनेछ । जस्तैः गीता कुमारी गौतम खनाल पूरा नाम भएकी निवेदकले थरमा Gautam Khanal नाममा Gita Kumari लेख्नु पर्नेछ । त्यस्तोमा विवाह दर्ताको प्रमाणपत्र पेश गर्नुपर्नेछ। बिवाहित महिलाले आफ्नो माइती तर्फो मात्र थर लेख्न चाहेमा त्यसो गर्न सकिनेछ । तर पति तर्फो थर राख्न चाहेमा विवाह दर्ताको प्रमाणपत्र पेश गर्नुपर्नेछ।
(३) जन्मस्थान (Place of Birth) सम्बन्धी खण्ड भर्दा निवेदकको नागरिकताको प्रमाणपत्रमा उल्लिखित जन्मस्थानको जिल्ला भर्नुपर्नेछ। यदि बच्चा UK, Ireland, Iceland Malta मा जन्मिएको अवस्थामा सम्बन्धित देशको नाम लेख्नु पर्ने छ
(४) राष्ट्रियता (Nationality) सम्बन्धी खण्ड भर्दा अङ्ग्रेजीमा NEPALESE भर्नु पर्नेछ ।
(५) (क) जन्ममिति (Date of Birth) खण्ड भर्दा निवेदकले नागरिकताको प्रमाणपत्रमा उल्लिखित जन्ममिति बिक्रम सम्वतमा र त्यसलाई रुपान्तरण गरी इश्वी सम्वतमा समेत लेख्नु पर्नेछ ।विक्रम सम्वतबाट इश्वी सम्वतमा रुपान्तरण गर्दा ७ दिन सम्मको फरक परेमा सो को पुष्ट्याइ गर्ने प्रमाण पेश गरेमा सो बमोजिमको जन्ममिति राहदानीमा उल्लेख गर्न सकिनेछ । बिक्रम सम्वतबाट इश्वी सम्बतमा जन्ममिति रुपान्तरण गर्दा ३ दिन सम्म फरक परेमा त्यसको पुष्ट्याइ गर्ने थप प्रमाण पेश गर्नु पर्नेछैन । माथिखण्ड-क) को अधिनमा रही जन्म मिति भर्दा S.L.C. वा सो भन्दा माथिको शैक्षिक प्रमाणपत्रमा उल्लिखित जन्म मिति र पहिले राहदानी लिइ सकेको भए त्यसमा उल्लिखित जन्म मितिलाई ध्यान दिनु पर्नेछ ।
(६) लिङ्ग (Sex) खण्ड भर्दा निवेदकको नागरिकताको प्रमाणपत्रमा उल्लिखित लिङ्ग भर्नु पर्नेछ ।
(७) नागरिकता वा अनुमति नं Citizenship or Permit No. सम्बन्धी खण्ड भर्दा निवेदकको नागरिकताको प्रमाणपत्रको नम्बर भर्नुपर्नेछ । नावालकको हकमा नावालक परिचय पत्र नम्बर लेख्नु पर्ने छ । यदि नावालक परिचयपत्र नभएको अवस्थामा बच्चा UK, Ireland, Iceland Malta मा जन्मिएको अवस्थामा तिनै देशहरुबाट जारी भएको जन्म दर्ता प्रमाणपत्र नम्बर लेख्नु पर्ने छ।
(८) जारीमिति (Date of Issue) मा नागरिकताको प्रमाणपत्र जारी भएको मिति उल्लेख गर्नुपर्नेछ । यदि नावालक परिचयपत्र भएमा परिचयपत्रको जारी मिति र जन्म दर्ता प्रमाणपत्र भएमा जन्मदर्ता प्रमाणपत्रको जारी मिति उल्लेख गर्नु पर्ने छ।
(९) जारी भएको स्थान (Place of Issue) मा नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको नाम लेख्नुपर्नेछ।
(१०) पूरानो राहदानी वा यात्रा अनुमतिपत्र नं (Old Passport or Travel Document No.) सम्बन्धी खण्ड भर्दा पहिले राहदानी लिएको भए उक्त राहदानीको नम्बर पहिले एक भन्दा बढी राहदानी लिएको भएमा पछिल्लो राहदानीको नम्बर उल्लेख गर्नुपर्नेछ ।
(१० A) जारी भएको मिति (Date of Issue) सम्बन्धी खण्ड भर्दा पूरानो राहदानी वा यात्रा अनुमति पत्र जारी भएको मिति उल्लेख गर्नुपर्नेछ ।
(१० B) जारी भएको स्थान (Place of Issue) ११ ठेगाना (Address) सम्बन्धी खण्ड भर्दा पूरानो राहदानी वा यात्रा अनुमतिपत्र जारी भएको ठाउँ उल्लेख गर्नुपर्नेछ ।
(११ A-E) ११ A देखि E सम्मका खण्ड भर्दा निवेदकको स्थायी ठेगाना भएको जिल्ला नगरपालिका वा गा.वि.स. वडा नम्बर टोल वा गाउँको नाम र घर नम्बर र ब्लक नम्बर भएमा सो समेत क्रमैसँग लेख्नुपर्नेछ। घर नम्बर र ब्लक नम्बर नहुनेले घर नम्बरको ठाउँ खाली छाड्न सकिनेछ।
(१२) इमेल (E-Mail) सम्बन्धी खण्डमा निवेदकको सम्पर्क इमेल ठेगाना भएमा प्रष्टसँग उल्लेख गर्नुपर्नेछ।
(१३) फोन नं (Phone No.) सम्बन्धी खण्डमा निवेदकको फोन नं भएमा प्रष्टसँग उल्लेख गर्नुपर्नेछ। आफ्नो फोन नभएमा परिवारका सदस्य वा नजिकका चिनजानका व्यक्तिको नम्बर दिन सकिनेछ।
(१४) आपत परेमा खबर गर्ने निकटतम व्यक्तिको (Next of Kin) खण्डमा निवेदक विदेशमा छँदा कुनै संकट परेमा खबर गर्न सकिने निवेदकको परिवारको सदस्य वा आफन्त वा मित्रको नाम र ठेगाना भर्नुपर्नेछ।
(१४) १४A देखि १४B सम्मका खण्डमा निवेदक विदेशमा छँदा आपत परेमा खबर गर्ने व्यक्तिको पूरा नाम थर ठेगाना जिल्ला गा.वि.स. र न.पा. वडा नंं टोलरगाँउ घर नम्बर समेत क्रमैसँग भर्नुपर्नेछ ।
(१५) नाता (Relationship) सम्बन्धी खण्डमा आपत परेको बेलामा खबर गर्नुपर्ने व्यक्तिसँग निवेदकको के नाता पर्छ सो उल्लेख गर्नुपर्नेछ ।
(१६) फोन नं (Phone No.) सम्बन्धी खण्डमा आपत परेमा खबर गर्नुपर्ने व्यक्तिको फोन नम्बर भएमा सो लेख्नुपर्नेछ।
(१७) इमेल (E-mail) सम्बन्धी खण्डमा आपत परेमा खबर गर्नुपर्ने व्यक्तिको इमेल भएमा सो प्रष्टसँग लेख्नुपर्नेछ।
(१८) फारामको अन्त्यमा निवेदकको दायाँ र बायाँ बुढी औंलाको छाप प्रष्टसँग लगाउनुपर्नेछ । निवेदक को स ही (Applicant's Signature) सम्बन्धी कोठामा निवेदकले पूरा हस्ताक्षर गर्नुपर्नेछ । उक्त हस्ताक्षर डिजिटल प्रविधिबाट निवेदकको राहदानीमा राख्नुपर्ने हुँदा हस्ताक्षर पूरा र प्रष्ट नभएमा निवेदक स्वयं जिम्मेवार हुनुपर्नेछ । निरक्षर भएमा हस्ताक्षर गर्नुपर्ने बक्समा × चिन्ह लगाउनु पर्नेछ
नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>