नरापो न्यूज, बुखारेस्ट, रोमानिया। रोमानियामा एनआरएनको नया कार्यकारी समिति गठन भएको छ। आगामी २ बर्षका लागि गठन भएको उक्त समितिको अध्यक्षतामा नवराज पोखरेल उपाध्यक्षमा लिडिया पोखरेल महासचिवमा डा. शैलेश कुमार भगत पुन: निर्बाचन हुनु भएको छ। त्यसैगरी प्रमुख अतिथिमा डा. ओभिदियु बोजोर र नेट वर्किंग प्रमोशनमा युवा सदस्य आलेक्सान्द्रु पोखरेल रहनुभएको छ भने सदस्यहरुमा खुमलाल भुसाल, देबी अमगाई, शान्ति अधिकारी,श्रीकृष्ण पुरी , प्रिन्शु खड्का र आलोक शाह रहनुभएको छ ।
आज सम्पन्न भएको एनआरएन रोमानियाको दोश्रो साधारण सभाले उक्त समितिको चयन गरेको हो । एनआरएनले रोमानियाका बिभिन्न शहरमा अध्ययन र कामको खोजिमा आउनु भएका दाजुभाई तथा दिदि वहिनीहरुको प्रयासबाट दुई बर्ष अघि एनआरएन रोमानियाको स्थापना भएको थियो। गैरआवासीय नेपाली संघले केवल स्थापनामा मात्र सिमित नभई नेपाली एकताको सन्देशहरु यहा बसोबास गर्दै आएका नेपाली बीच फैलाउनुका साथै सबै नेपालीहरुको साझा संगठनको रुपमा काम गरिरहेको छ।

समितिको अध्यक्ष नवराज पोखरेलले आफू सन १९८६ देखि रोमानियाको बुखारेस्ट शहरमा बसोबास गर्दै आउनुका साथै विभिन्न औपचारिक कार्यक्रमहरुमा नेपाल सरकारको नेतृत्व गर्दै दुइ देश बीचको बैदेशिक सम्बन्धलाई नजिक बनाउदै आएको कुरा जानकारी गराउन भयो। आगामी दिनहरूमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, रोमानियाले यहा बसोबास गर्दै आएका नेपालीहरूलाई विभिन्न क्षेत्रमा सहयोग गराउने; नेपाल पर्यटन बर्ष २०११ लाई प्रभावकारी र सफल बनाउन प्रचार-प्रसार गर्दै आएको र उक्त कार्यक्रममा अझ जोड दिने; रोमानियामा आउने नेपालीहरुलाइ यहाको बस्तु स्थिति बारेमा अग्रिम जानकारी उपलब्ध गराउने जस्ता कार्यक्रमहरू प्रस्तुत गर्नु भयो ।

No comments:
Post a Comment