नरापो न्यूज संवाददाता ग्रीसबाट, एथेन्स!
जुलाई ५,२०११:विश्व लोकतान्त्रिक पार्टीहरुको संगठन सोसलिस्ट इन्टरन्यासनल काउन्सिल सभामा
भाग लिन आउनु भएका नेपाली कांग्रेस बरिस्ठ नेता तथा भुतपुर्ब प्रधानमन्त्री शेर
बहादुर देउवालाई ग्रीसमा बसोबास गर्दै आउनु भएका नेपालीहरुले बिभिन्न माग राखी बिरोध पत्र बुझाएका छन ।
ग्रीसबासी नेपालीहरुले आयोजना गरेको भेटघाट कार्येक्रममा उहालाई उक्त बिरोधपत्र बुझाईएको हो। बिरोधपत्रमा हालसालै नेपाल सरकारले ग्रीसको लागि नियुक्त गरेको नेपाली कोन्सुलरको नियुक्ति खारेजी गरिनु पर्ने माग गरिएको छ ।
ग्रीसबासी नेपालीहरुले आयोजना गरेको भेटघाट कार्येक्रममा उहालाई उक्त बिरोधपत्र बुझाईएको हो। बिरोधपत्रमा हालसालै नेपाल सरकारले ग्रीसको लागि नियुक्त गरेको नेपाली कोन्सुलरको नियुक्ति खारेजी गरिनु पर्ने माग गरिएको छ ।
झन्डै
एक बर्षदेखी उक्त कोन्सुलरको पद खाली रहदै आएको थियो। यस् अघिको ग्रीक कोन्सुलरबाट कुनै पनि
प्रकारको सहयोग नपाएको गुनासो गर्दै बिरोधपत्रमा ग्रीक कोन्सुलको कार्यालय नभएको, भेट्कालागि समय उपलब्ध नगराउने, नेपालीहरुको समस्या प्रती
कुनै पनि चासो नराख्ने भएकाले नेपालीहरुले धेरै दु:ख पाउनु परेको कुरा उल्लेख गरिएको
छ। ग्रीस र नेपाल बिच सम्बन्ध स्थापित गर्ने एक मात्र माध्यम कोन्सुलरबाट नै कुनै पनि सहयोग नपाउनु, नेपालबाट आउने बिशिस्ठ
पाहुनाहरुको बारेमा नेपाली संघ संस्थाहरुलाई कुनै पनि जानकारी नगराउनु
बिडम्बना हो भन्दै प्रबासी नेपालीका दु:ख नेपालीले नै बुझ्न सक्छ भन्ने मन्यताको आधारमा ग्रीसमा नेपाली कोन्सुलर नेपाली नागरिक नै हुनु पर्दछ
भन्ने कुरा उल्लेख गरिएको छ। उक्त कार्यक्रममा बरिस्ठ नेता देउवाले उक्त बिरोध पत्र लिदै
ग्रीस्बासी नेपालीहरुको समस्या प्रति आफु सकारात्मक रहेको र नेपाल पुगे पछी सम्बन्धित निकायमा कुरा राख्ने मन्तब्य दिनु भएको थियो।
उक्त कर्येक्रममा ग्रीसमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुको उपस्थिती थियो। बरिस्ठ नेता कार्यक्रम सकी
हिजो
नेपाल फ़र्किनु भयो !

No comments:
Post a Comment