जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


गैर आवासीय नेपाली तारा कतार २०११ आयोजना हुने

नरापो न्यूज संवाददाता,
दोहा, कतार । तमू बौद्ध सेवा समिति कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारले आफनो तेश्रो प्रस्तुतिको रुपमा “गैर आवासीय नेपाली तारा कतार २०११” कार्यक्रमको आयोजना गर्ने भएको छ । 
सांस्कृतिक परिवारका अध्यक्ष बिमल गुरुङले दिनु भएको जानकारी अनुसार उक्त कार्यक्रमको प्रमुख उद्देश्य भनेको कतारमा कार्यरत नेपाली प्रतिभालाई प्रोत्साहन दिने नै हो । स्मरण रहोस उक्त सांस्कृतिक परिवारले गत वर्ष पनि “नेपाली कला र संस्कृतिको संरक्षण गरौं, विदेशमा रहेका प्रतिभाको खोजि गरौं” भन्ने मुल नाराका साथ “गैर आवासीय नेपाली तारा कतार २०१०” कार्यक्रम भव्यताका साथ सम्पन्न गरि सकेको छ ।

प्राप्त समाचार अनुसार छिट्टै कार्यक्रमको विस्तृत विवरण सार्वजनिक गरिने छ । यस वर्ष पनि गत वर्षमा जस्तै नृत्य र गायन गरि दुबै विधामा नेपाली प्रतिभाहरुको विच प्रतिस्पर्धात्मक सांस्कृतिक कार्यक्रमको आयोजना गरिने छ । गत वर्षको कार्यक्रमबाट हामीले धेरै पाठ सिकेका छौं ।

त्यसैले यस वर्षको कार्यक्रम अरु उत्कृष्ट हुने वारे विश्वस्त रहेको कुरा हामीसंगको भेटमा अध्यक्ष गुरुङले बताए । बताईए अनुसार यो कार्यक्रम मार्फत कतारमा रहेका नेपाली प्रतिभाहरुले आफनो कला प्रस्तुत गर्न एउटा अवसर प्राप्त गर्ने छन् भने नेपाली कला र संस्कृतिलाई माया गर्ने नेपाली कला प्रेमी कतारवासी नेपालीहरुले भरपुर मनोरञ्जन पनि प्राप्त गर्ने छन् ।
 
Posted by FNN on Jun 29th, 2011 and filed under Diaspora.

No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>