जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


जर्मनीमा पर्यटन वर्ष सम्वन्धि कार्यक्रम

नरापो न्यूज संवाददाता,
प्रबाशमा रहेका नेपालीहरु पनि पर्यटन बर्ष २०११ लाई सफल पार्न उत्तिकै क्रियाशील रहेको जर्मनीमा लामो समय देखि रहदै आएका नेपालीहरुले बताएका छन्। नेपाली जनसम्पर्क समिति जर्मनी र एन आर एन जर्मनीको सहयोगमा वान्ना आइकल (हेर्ने ) एन आर डब्लु सहरमा जुलाई २९ मा भएको छलफल कार्यक्रममा एनआरएन जर्मनीक़ा उपाध्यक्ष यज्ञराज सुबेदीले आफुहरुको भौतिक शरीर जर्मनीमा भएपनि आत्मा नेपालमा रहेको भन्दै भ्रमण बर्षलाई सफल पार्न प्रतिबद्ध रहेको बताए तर नेपाल पर्यटन बोर्डको भूमिका सोचे जस्तो प्रभावकारी नहुदा आफुहरुको प्रयाशमा पनि असर पुगेको धारणा उनले राखे।

सगरमाथा समाजक़ा अध्यक्ष पंचरत्न घिमिरेले पर्यटकहरुलाई नेपाल गरिब छ भनेर होइनकी प्राकृतिक सम्पदाले भरिपुर्ण छ भन्दै नेपाल पठाउनु पर्ने सुझाब दिनुभयो। यसैगरी चौतारी समाजका अध्यक्ष कृष्णप्रसाद गौतमले नेपाल पर्यटकहरुका लागि उत्तम गन्तब्य भएको बताए।

जर्मनीको डोरर्त्मुन्द युनिबर्सिटीबाट बिद्ध्याबरिधि हासिल गरेका रामजी बोगटीले नेपाल र बाकी मुलुकहरुबीचमा बिद्यार्थी आदनप्रदान कार्यक्रम संचालन गर्न सकिएमा नेपालको पर्यटनको बिकाश हुनसक्ने भनाइ राखे।

नेपाली जनसम्पर्क समिति जर्मनीक़ा उपाध्यक्ष शंकर डाँगीले पर्यटन बर्ष सफल पार्न समिति क्रियासिल रहेको बताए।

नेपाली जनसम्पर्क समिति जर्मनीक़ा महामन्त्री बिजय मोक्तानले देशले हामीलाई के दियो भनेर होइन देशलाई हामीले के दिन सक्यौ भनेर काम गरेमा नेपाल पनि बिकशित मुलुक बन्न सक्ने बताए।

मोना जर्मनीका अध्यक्ष शिव श्रेष्ठले राजनीतिक स्थिरता भए मात्र पर्यटन सफल हुने बताए।

नेपाली जन सम्पर्क समिति जर्मनीका केन्द्रीय सदस्य श्रीमती शान्ति श्रेष्ठ र हिमालयन आइजका श्रीमती हिन्खामा राईले कार्यक्रममा उपस्थित स्वदेशी तथा बिदेशी अतिथिहरुलाई स्वागत गरेका थिए र कार्यक्रममा एन आर एन जर्मनीका केन्द्रीय सदस्य मदन दाहाल , नेपाली जन सम्पर्क समिति जर्मनीका केन्द्रीय सदस्य होम शर्मा नेपालका पूर्व मुक्केबाज रण बहादुर साउद, नायिका प्राप्ति घिमिरे लगाएतले भ्रमण वर्षका बिषयमा आ- आफ्ना विचार राखेका थिए।

कार्यक्रममा जनसम्पर्क समितिक़ा महामन्त्री मोक्तानले भ्रमण वर्षको प्रचार प्रसारमा रहनु भएका ए बि सी टेलिभिजनक़ा पत्रकार निर्मल अर्याललाइ सधै प्रेस स्वतन्त्रता र मानबअधिकारको जगेर्नामा लाग्न शुभकामना दिदै कलम उपहार दिएर सम्मानित गरेकाथिए।

पत्रकार अर्यालले पनि भ्रमण वर्ष सम्बन्धि बिशेष पुस्तक महामन्त्री मोक्तानलाइ प्रदान गर्दै भ्रमण वर्षको सफलतामा जर्मनीमा रहेका नेपालीहरुको भूमिकाको प्रशंसा गरेका थिए।

Posted by FNN on Jun 30th, 2011 and filed under Diaspora.






No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>