अघिल्लो वर्ष ६८ दशमलब ४७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा यसपटक ६४ दशमलब ३१ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीद्वारा गत १२ देखि २० चैतसम्म सञ्चालित परीक्षामा नियमित तथा एक्ज्यामटेडतर्फका चार लाख ५६ हजार सात सय १९ जनाले फारम भरेका थिए भने चार लाख २७ हजार ५१ जना सहभागी भएका थिए । उनीहरूमध्ये दुई लाख ५९ हजार नौ सय १६ जना उत्तीर्ण भएका छन् । नियमिततर्फ दुई लाख ४७ हजार ६ सय ८९ परीक्षार्थी अर्थात् ६४ दशमलब ३१ प्रतिशत उत्तीर्ण भएका हुन् । एक्ज्याम्टेडतर्फका १२ हजार दुई सय २७ परीक्षार्थी अर्थात् २९ दशमलब १८ प्रतिशत उत्तीर्ण भएका छन् । ०६२ सालदेखिको परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि बोर्डफस्र्ट घोषणा गरिएन।
परीक्षा नियन्त्रक चित्रप्रसाद देवकोटाले यस वर्षको परीक्षामा किन कम प्रतिशत विद्यार्थी उत्तीर्ण भए भन्नेबारे केलाउन बाँकी रहेको बताए । नियन्त्रक देवकोटाले भने, 'परीक्षा मर्यादित रूपमा सञ्चालन भएकाले र पठनपाठनका कारण केही फरक परेको हुन सक्छ ।' देवकोटाका अनुसार सबैभन्दा बढी गणित विषयमा विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
नियमिततर्फ छात्र दुई लाख पाँच हजार दुई सय ८१ र छात्रातर्फ एक लाख ७९ हजार आठ सय ६५ विद्यार्थी परीक्षामा सहभागी थिए । उनीहरूमध्ये एक लाख ३८ हजार सात सय १६ छात्र र एक लाख आठ हजार ८९ जना छात्रा उत्तीर्ण भएका छन् । छात्रको उत्तीर्ण दर ६७ दशमलब ५७ प्रतिशत र छात्राको ६० दशमलब ५९ प्रतिशत रहेकाे छ ।
नियमिततर्फ कुल परीक्षार्थीमध्ये १६ हजार आठ सय ५९ परीक्षार्थी विशिष्ट श्रेणीमा, ९३ हजार तीन सय ३९ प्रथम श्रेणीमा, एक लाख २८ हजार ७५ द्वितीय र नौ हजार चार सय १६ जना तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् । त्यसैगरी चार हजार पाँच सय ८६ ड्रप, दुई हजार आठ सय २६ विथहेल्ड र दुई सय ५९ जनाको परीक्षा क्यान्सिल भएको छ ।
एक्ज्याम्टेडतर्फ विशिष्ट श्रेणीमा पास हुनेको संख्या शून्य छ । प्रथममा चार सय १६, द्वितीय नौ हजार एक सय १४, तृतीयमा दुई हजार ६ सय ९७ उत्तीर्ण भएका छन् । ड्रप दुई हजार तीन सय ६, विथहेल्ड पाँच सय ३४, क्यान्सिल संख्या २९ रहेको छ ।
यस वर्ष पाँच नम्बर ग्रेसमार्क दिइएको छ । परीक्षा नियन्त्रकका अनुसार ग्रेसमार्कबाट १७ हजार विद्यार्थी उत्तीर्ण भएका छन् ।
दुई विषयमा अनुत्तीर्ण हुने परीक्षार्थीका लागि पूरक परीक्ष्ााको व्यवस्था गरिएको छ । पूरक परीक्ष्ाा ३० साउनदेखि ६ भदौसम्म सञ्चालन हुने पनिकाले जनाएको छ ।
एलएलसी नतिजा विभिन्न माध्यमबाट थाहा पाउन सकिने व्यवस्था गरिएको छ । पत्रिका, टेलिफोन, एसएमएस, वेबसाइट तथा एफएमबाट नतिजा पाउन सकिने व्यवस्था गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.soce.gov.np बाट प्राप्तांकसमेत पाउन सकिनेछ ।
अघिल्लो वर्षभन्दा चार दिन ढिला रिजल्ट सार्वजनिक भएको हो । आमहडताललगायतका कारण यस वर्ष केही ढिला भएको पनिकाले जनाएको छ ।

No comments:
Post a Comment