जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


अर्जेन्टिना र जर्मनबीच भएको खेल जित्दै जर्मनी सेमी फाइनलमा प्रवेश गरे

नरापो न्यूज, काठमाडौं
 विश्वकप फुटबलको प्रबल दाबेदार मानिएको दुई शसक्त राष्ट्र अर्जेन्टिना र जर्मनबीच भएको खेल जित्दै जर्मनी सेमी फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रीकाको केप टाउनस्थित ग्रीन पोइन्ट स्टेडियममा सेमी फाइनलको लागि भएको खेल ०-४ ले जित्दै जर्मनी सेमी फाइनलमा प्रवशे गरेको हो । यो जितसँगै विश्वकप उचाल्ने महान सपना बोकेको अर्को प्रबल दाबेदार राष्ट्र मानिएको अर्जेन्टिनाको सपना चकनाचुर पारिदिएको जर्मनीले ।
 
जर्मनीले खेलको सुरुमै गोल गरेर अर्जेन्टिनाविरुद्ध गोल गरेर अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमै जर्मनीका मिडफिल्डर थोमस मुलरले गोल गरेका हुन् । अर्जेन्टिनाका जर्सी नं. १५ का डिफेन्डर ओटामेन्दीले जर्मनीका लुकास पोडोल्स्कीलाई फल गरेपछि जर्मर्नीले फ्री किक पाएको थियो । जर्मनीका वास्टिन स्वेइस्टेइगरले प्रहार गरेको फ्री किकलाई थोमस मुलरले हेडमार्फत गोल गरेका हुन् । पहिलो हाल्फसम्म जर्मनी एक गोलले अघि थियो ।
तिव्र गति र आक्रमक रुपमा खेल्ने जर्मनीका स्टार मिरास्लोभ क्लोज ले ६८ औं मिनेटमा दोस्रो गोल र ८९ औं मिनेटमा जर्मनीको लागि चौथो गोल गोल गरेका थिए । यसअघि उनले अष्ट्रेलिया र इंग्ल्याण्डको खेलमा एक एक गोल गरेका थिए । उनको यो विश्वकपमा व्यक्तिगत रुपमा चार गोल दर्ता भएका छन् । जर्मनीको लागि तेस्रो गोल ७४ औं मिनेटमा जर्मनीका जर्सी नं.३ का डिफेन्डर अर्ने फ्रेइडिकले गरेका थिए ।
दोस्रो हाल्फको सुरुमै निकै आक्रमक प्रदर्शन गरेको अर्जेन्टिनाले धेरैपटक गोल गर्ने प्रयास गर्‍यो। तर गोल रक्षक मन्युल नेउरले दायित्व पूरा गरि नै रहे । दोस्रो गोल खाँदासम्म निकै सशक्त खेलेको अर्जेन्टिना क्लोजको गोलसँगै केही निराश भएको थियो । अर्जेन्टिनाका खेलाडीलाई प्रंहार गर्नबाट जर्मनीका रक्षा पंक्तिका खेलाडीले रोकि नै रहे तर पनि केही प्रहार लियोनल मेसीले, कार्लोस टेभेज, डिमारिया, हिगुइनले प्रहार गर्न रोकेनन् । तर पनि कुनै गोल नसकि लज्जास्पद हार बेहोर्नुपर्‍यो ।
क्वाटरफाइनलमै पूर्णविराम लगाएको अर्जेन्टिनाका प्रशिक्षक म्याराडोना तथा खेलाडीहरु मेसी लगायत अन्यको आँखा निकै रसाए । यसअघिको जितमा अत्याधिक खुसी हुने म्याराडोना त्यो भन्दाबढी जर्मनीसँगको हारपछि दुःखी भएका थिए । फिफा वरियताको छटौं स्थानमा रहेको जर्मनी र सातौं स्थानमा रहेको अर्जेन्टिनाबीचको खेल निकै रोमाञ्चक थियो। सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी चुमेको अर्जेन्टिना क्वाटर फाइनलसम्म आइपुग्दा एक खेल पनि हार्नुपरेको थिएन। अर्जेन्टिनाले पहिलो चरणमा नाइजेरिया(१-०), दक्षिण कोरिया(४-१) र ग्रीस(२-०)ले हराएको थियो भने दोस्रो चरणमा मेक्सिको(३-१)लाई हराएको थियो ।
यस्तै ३ पटक विश्वकपको ट्रफी उचालेको जर्मनीले पहिलो चरणमा सर्वियासँग हार बेहोर्नु परेको थियो भने अष्टे्रलिया(४-०) र घाना(१-०) लाई पराजित गरेको थियो । दोस्रो चरणमा जर्मनीले इंग्ल्याण्डलाई ४-१ ले पाखा लगाउँदै क्वाटर फाइनलको यात्रा तय गरेको थियो । जितसँगै सेमी फाइनल पुगेको जर्मर्नीले चौथो पटक विश्वकप जित्ने आशा राख्नेहरु पनि धेरै छन् ।

No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>