राष्ट्रिय सहमतिको सरकार माग गरेको माओवादीले आजदेखि सुरु भएको आमहडताल सफल भएको जनाएको छ । मओवादीका प्रवक्ता दीनानाथ शर्माले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरेर आमहडताल सफल पार्ने मजदुर किसान विद्यार्थी शिक्षक राष्ट्रसेवक व्यापारी लगायत लाई धन्यवाद दिनुभएको छ । आमहडताल देशैभरि अनुशासित संगठित शान्तिपूर्ण र मर्यादित भएको दावि गर्दै केहि स्थानमा भएका झडपम सरकारको घुपैठका कारण भएको आरोप लगाउनु भएको छ ।प्रवक्ता शर्माद्धारा जारी बिज्ञप्तीमा चितवनको भरतपुरमा मैयादेवी कन्या कलेज अगाडि आज बिहान प्रहरीले गोली चलाउदा मिलेनियम कलेजका विद्यार्थी आशिष देवकोटाको घाँटीमा गोली लागेको बताउनु भएको छ । झडपमा जनक श्रेष्ठ अनुप भट्टराई र शिव अधिकारी र पत्रकार केपी शर्मालगायत दुई जना साचारकर्मी घाइते भएको माओवादीले जनाएको छ ।
त्यसै गरेर विरगाजमा प्रहरीले हस्तक्षेप गरी वाइसिएलका भोजपुरा राज्य समिति सदस्य अशोक शाहलाई गिरफ्तार गरेको पनि विज्ञप्तीमा उल्लेख छ ।

No comments:
Post a Comment