रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका I जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी
जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी
आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ
Buddha was born in NEPAL
Patria ne este chiar mai scumpă decât cerul
जनताको जीत सुनिश्चित भएको उल्लेख गर्दै वर्तमान सरकार विघटन नभएसम्म हडताल जारी रहने
काठमाडौं, २० वैशाख
शान्ति स्थापना, संविधान लेखन र वर्तमान सरकारको विघटनको माग राख्दै एकीकृत नेकपा (माओवादी) द्वारा आयोजना गरिएको आमहडतालको दोस्रो दिन आज पनि उपत्यका लगायत देशभरको जनजीवन प्रभावित भएको छ। हडतालका कारण उपत्यका भित्रका मुख्य क्षेत्रका बजार, पसल, उद्योग कलकारखाना, शिक्षणसंस्था, यातायात बन्द छन्।बाकी »
पूर्वमन्त्री एवम् तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता रामचन्द्र कुशवाहाको घर नजिक आज बिहान शङ्कास्पद अवस्थामा बम फेला परेको छ। प्लाष्टिकको झोलाभित्र राखिएको उक्त बमलाई वीरगन्जको कालीगन्जस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पार्ने प्रयास गरिरहेको छ। बाकी »
विदेशीको आडमा सेना परिचालन गरेर आन्दोलन दवाउने प्रयास भएको एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराईले आरोप लगाउनु भएको छ । त्यसको प्रतिकार गर्न आफूहरु तयार रहेको जनाउनुभएको छ । उपाध्यक्ष भट्टराईले विदेशीको आडमा कुर्सीमा टांसेर सेना परिचालन गरेर पनि नझुक्ने भन्दै जितेर मात्रै आन्दोलन समाप्त हुने बताउनुभयो ।
प्रधानमन्त्री माधवकुमार नेपालसँग विश्व टे्रड यूनियन महासङ्घका महासचिव जर्ज माभ्रिकसले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभएको छ। महासचिव माभ्रिकसले अहिले विश्वका मजदुरले भोग्नुपरिरहेको समस्याबारेमा चर्चा गर्दै समाजवादबाहेक मजदुरका लागि अर्को कुनै उत्तम व्यवस्था नभएको बताउनुभयो। बाकी »
सर्पदशंबाट गएराति महोत्तरीमा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बिथनाहा गाउँ विकास समिति–४ की १० वर्षीया राखीकुमारी छिन्। हिजो साँझ आफ्नै घरमा सुतिरहेकी ती बालिकालाई अचानक …गोमन' सर्पले डसेकोमा उपचारको अभावमा अवेर राति मृत्यु भएको स्थानीय सञ्चारकर्मी चन्दन दुवेले बताउनुभयो।
“सूचनाको स्वतन्त्रता, सूचनाको अधिकार” भन्ने नाराका साथ आज विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ। यसै उपलक्ष्यमा नेपाल पत्रकार महासङ्घ, केन्द्रीय समितिद्वारा काठमाडौँमा प्रभातफेरीको आयोजना गरियो। नयाँबानेश्वरस्थित संविधानसभा भवन अगाडिबाट सुरु भएको प्रभातफेरी पुरानोबानेश्वर, गौशाला, तिलगङ्गा हुँदै सञ्चारग्राम पुगेर सभामा परिणत भएको थियो। बाकी »
एकीकृत नेकपा (माओवादी) को अनिश्चितकालीन आमहडतालका कारण नगरकोटका ३५ वटा साना ठूला होटल पूर्णरुपमा खाली भएका छन्। अहिले पर्यटनको सिजन भए पनि बन्दका कारण आन्तरिक तथा वाह्य पर्यटकको आगमन नभएपछि सबै होटल खाली भएको नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव दीपक लामिछानेले बताउनुभयो। बाकी »
No comments:
Post a Comment