सुनसरी, यौन व्यवसायमा नलागेकाले खाडी मुलुक कुबेतको फाहाहिलमा दर्जनौ नेपाली महिलालाई बन्धक बनाएर राखिएको खुलासा भएको छ । भारतको दिल्लीबाट लगिएका अधिकांश महिलासित नेपाल र्फकन चाहने महिलालाई १ लाख ५० हजार रुपैयाँसम्म फिरौती माग्न थालिएकोछ ।फुत्केर दुई साताअघिमात्र नेपाल आएकी एक महिलाले यसवारे उक्त जानकारी दिएकी हुन ।
नेपाली महिलासमेतको संलग्नतामा खोलिएको एक म्यानपावर कम्पनीले यौन व्यवसायमा नलागेकोभन्दै चार दर्जन महिलालाई बन्धक बनाएर राखेको खुलासा उनले गरेकी छिन् ।मोरङ् बेलबारीकी जानु गुरुङ्गले काठमाडौं र धनकुटाका दुई महिलाले महिनौदेखि नेपाली महिलालाई बन्धक बनाएर राखेको जानकारी दिइन् । सुनसरीको इटहरीमा बुधबार पत्रकारहरुसित कुरा गर्दै गुरुङ्गले कुबेतीसित मिलेर अलनाका नामक म्यानपावर एजेन्सी खोलेर कुबेत र साउदीमासमेत विक्रि गर्ने र यौनधन्धामा लाग्न दवाव दिने गरेको बताइन् ।

भनेअनुसार काम नभई अनैतिक काममा लगाउन खोजेपछि आफूले अस्वीकार गरेकाले बन्धक बनाएर राखेको उनले सुनाइन् । यौन कार्यमा संलग्न हुन तर्साउँदै चरम यातना दिएको उल्लेख गर्दै गुरुङ्गले आफूसँगै २६ महिलालाई एकै ठाउँमा बन्धक बनाएको बताइन ।
बन्धकमा रहदा एक छाकमात्र खान दिइएको थियो । हरेक दिन धम्की दिइन्थ्यो । 'भनेको पुरुषसित गएर काम नगरे ज्यानै लिने धम्कीसम्म दिइयो' गुरुङ्गले भनिन-'उनीहरुले तिमीहरु मरे पनि मर मतलब छैन भनेर धम्क्याए ।'
गुरुङ्सहित केही महिलालाई घरको काममा केही महिना लगाइएको थियो । 'पछि त अनैतिक काममा लगाउन खोजेपनि मसहित २६ जनाले प्रतिकार गर्यौ' उनले भनिन । गुरुङ्गलाई नेपाल र्फकन श्रीमान्ले ५० हजार पठाएका थिए । रकम दलाललाई दिएपनि सकुशल उम्कन नसकेकी उनी त्यहाँबाट भागी जेलमा डेढ महिना बस्नुपरेको थियो ।
डेढ महिना कारागारमा बस्दा दुई नेपाली महिलालाई मानसिक रुपमा विक्षिप्त अवस्थामा पाएको उनले जानकारी दिइन । उनीहरु उदयपुर रामपुरकी चन्द्रकला तामाङ्ग र अर्की एक महिला थिइन । जेलमा उनीहरु हाँस्ने रुँने कराउँथे ।
'घर जान देउ' भन्दै बिलौना गरेको प्रत्यक्ष देखेको उनले बताइन । २०६६ साल बैशाखमा खाडी गएकी जानुले कारागारभित्र १ सयभन्दा बढी महिला रहेको उनले बताइन । परिवारले पैसा पठाउन नसक्दा धेरै महिला घर र्फकन नसकेकाले सरकारले तत्कालै पहल गर्नुपर्नेमा उनले जोड दिइन ।
आफूले भेटेका दुवै महिलाको शरीरभरी निलडाम थियो । दुवै लाखौ खर्चेर आकर्षक रोजगारीको लोभमा त्यहाँ पुगेका थिए । उनीहरुलाई आफूलाई यौन व्यवसायमा लगाउन खोज्ने समूहले नै त्यस्तो अवस्थामा पुर्याएको गुरुङ्गले बताइन ।
उनकाअनुसार सुनुवारले काठमाडौं, वुटवल, गोरखा, मोरङ, झापालगायतबाट दर्जनौ महिलालाई ललाई-फकाई कुवेत लगिएकोछ । आफूसँगै मोरङ् केरावारीबाट कुवेत पुगेकी एक महिलालाई बेपत्ता बनाइएको उनले जानकारी दिइन ।
शंकर खरेल
शंकर खरेल

No comments:
Post a Comment