नरापो न्यूज, काठमाडौं
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पहलमा संविधानसभाका विवादित विषयमा सहमति खोज्ने प्रयासमा प्रमुख तीन दलहरुबीच भएको छलफल निष्कर्षविहीन टुंगिएको छ । एकीकृत नेकपा माओवादीले सत्तारुढ दलले तीन बुँदे सहमति कार्यान्वयन नगरेसम्म अन्य कुनै विषयमा छलफल नगर्ने अडानका कारण टुंगिएको हो । छलफल आइतबार नयाँबानेश्वरस्थित संविधानसभा भवनमा भएको थियो ।
उक्त बैठकमा एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेता लगायत तीनै पार्टीका सचेतकहरु पनि सहभागी थिए । नेकपा एमालेका नेता भरतमोहन अधिकारीले माओवादीको अडानले अन्य विषयमा छलफल अघि बढ्न नसकेको र माओवादीको अडानले संविधान निर्माणमा अवरोध पुग्ने चिन्ता व्यक्त गर्नुभयो । यसअघि पनि संविधानसभाका अध्यक्ष नेम्वाङको पहलमा भएको छलफलमा तीन दलका शीर्ष नेताहरुले राजनीतिक मुद्दामा बिमति रहेपनि संविधान निर्माणमा अवरोध नपुर्याउने प्रतिबद्धता जनाएका थिए । काङ्ग्रेस मुख्य सचेतक लक्षमण घिमिरेका अनुसार बैठकमा विषेशगरी राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली तथा संविधान निर्माणको कार्यतालिकाको विषयमा छलफल हुने बताइएको थियो । बैठकमा जेठ १४ गते भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा पनि छलफल हुने बताइएको थियो ।

No comments:
Post a Comment