जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


देवमान हिराचन ~ एनआरएन एकबद्ध भएर सामूहिक रुपमै अघि बढनेछ

नरापो न्यूज, काठमाडौं

गत अक्टोबरमा काठमाण्डौमा आयोजित चौथो गैरआवासीय नेपाली विश्व सम्मेलनले देवमान हिराचनलाई अध्यक्ष पदमा चुनेको हो । दुई बर्षका लागि सर्वसम्मतिले चुनिएका उनी जापानमा पर्यटन, सूचना प्रविधि, घरजग्गा लगायतका व्यवसायमा संलग्न छन् । विश्वका पचपन्न मुलुकमा सञ्जाल फैलिसकेको एनआरएन मुलुक बाहिर बस्ने करिब २८ लाख गैरआवासीय नेपालीहरुका प्रतिनिधि मुलक संस्था हो । एनआरएन चीनको दोस्रो बाषिर्क कार्यक्रमका अवसरमा हालै दक्षिणी व्यापारिक सहर गोन्जाउ पुगेका अध्यक्ष हिराचन सँग  निर्मल श्रेष्ठले गरेको कुराकानी ।
अध्यक्षका रुपमा अहिलेसम्मको कार्यकाल कस्तो रह्यो ?
अत्यन्तै राम्रो । यस अवधिमा एनआरएनलाई अझ नजिकबाट बुझ्ने अवसर मिलेको छ । भर्खरै हामीले अमेरिकाको ≈युस्टनमा चौथो गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन सम्पन्न गर्‍यौं ।
एनआरएन परिचय पत्रको वितरण सुरु भएको छ । विगतमा भए गरेका थुप्रै कार्यहरुलाई व्यवस्थित गर्ने कामहरु भएका छन् ।
≈युस्टन सम्मेलनमा जारी घोषणापत्रमा पनि प्रतिबद्धताहरु दोहोरिनुबाहेक नयाँ केही देखिएनन् नि ?
जेष्ठ १४ गतेसम्म संविधान जारी भइसक्ने विश्वासमा हामीले छ महिना अघि नै उसै दिन सम्मेलनका मिति तोकेका थियौंे । नयाँ संविधानलाई स्वागत गर्दै खुशी मनाउने हाम्रो कार्यक्रम थियो । तर, दुर्भाग्य त्यसो हुन सकेन । हाम्रा प्रत्येक नीति तथा कार्यक्रमहरु मुलुकसँग प्रत्यक्ष सरोकार राख्ने खालका हुन्छन् । यस्तो अवस्थामा नयाँ निर्धारित समयमा जनचाहना अनुरुपको संविधान बनाउन आव्हान गर्नु हाम्रो पहिलो दायित्व थियो । मुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि आर्थिक लगानीका अवधारणा बमोजिम दश करोड अमेरिकन डलरको सामूहिक लगानी कोषलाई अघि बढाउँदै छाँै, मानव संसाधन विकासको महत्वलाई ध्यानमा राखी ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्नुपर्ने मान्यता बमोजिम अन्तर्राष्ट्रिय खुल्ला विश्वविद्यालय स्थापना गर्ने, हेटौडा-काठमाण्डौ फाष्ट ट्रयाक हाइवे निर्माण लगायतका योजना छन् ।
समयमा संविधान बन्न नसकेकामा गैरआवासीयहरुका कस्तो प्रतिक्रिया छ ?
विभिन्न देश भ्रमणका क्रममा सबैलाई यसप्रति निकै चिन्तित पाएको छु । कतिपयले विदेश भ्रमणमा आउने नेताहरुसँग भेटघाट र बोलचाल समेत बन्द गर्नुपर्छ भन्ने्सम्मका आक्रोश पोख्छन् । हामी यस्तो गर्ने पक्षमा छैनौं । तर, यसो भन्दैमा समयमा संविधान नबने हामी चुप लागेर पनि बस्दैनौं ।
एनआरएनको दर्ता प्रक्रिया कहँा पुग्यो ?
दर्ता प्रक्रिया मेरै संयोजकत्वमा अघि बढेको छ । यसका लागि न्यूनतम २५ राष्ट्र प्रत्येकबाट ५० सदस्यको हस्ताक्षर चाहिने भएकाले संकलन गर्ने क्रममा छाँै । कति दिन पुगेकालाई एनआरएन मान्ने भन्ने कुरामा सरकार र हामी बीच मत बाझएिको छ । एनआरएनका विधानमा १ सय ८३ दिन तोकिएकामा सरकारले २ बर्ष बाहिर बसेको विद्यार्थीबाहेक भनेको छ । यसलाई हामी मान्दैनौ । यस्ता यावत कुराहरुका चाडो टुंगो लगाइ दर्ता प्रक्रिया सक्ने पक्षमा छाँै । नेपालमै दर्ता हुन नसकेको संस्थाको ५५ राष्ट्रमा शाखा छन् भन्नु हामीलाई पनि लाजमर्दो भइसक्यो ।
अहिलेसम्म कतिजनाले एनआरएन परिचय पत्र लिइसके ?
करिब दुई सय पचासदेखि तीन सय जनाले यो सुविधा लिएको जानकारीमा आएको छ । कतिपय देशमा सुरु नै भएको छैन भने अधिकांश देशमा लिन चाहेर पनि दूतावास नै छैनन् । जापान, अष्ट्रेलिया, हङकङलगायतका मुलुकमा वितरण भइरहेका छन् ।
एनआरएन परिचय पत्रमा गैरअवासीयहरुका उत्साह सोचे अनुरुप देखिदैन किन होला ?
यो सत्य हो । परिचय पत्रका उपयोगिता र यसमा समावेश केही बुदामा समेत अधिकांश अन्योलमा छन् । कतिपयले यसको कामै छैन भन्ने हल्ला फैलाएकाले पनि भ्रम सिर्जना गरेको छ । यसका लागि तोकिएको शुल्क महंगो हुनुपनि अर्को कारण हुनसक्छ ।
परिचय पत्रका लागि एनआरएनको सिफारिस चाहिने वा नचाहिनेमा पनि अन्योल देखिन्छ नि ?
एनआरएनका तर्फबाट परिचय पत्र सम्बन्धी नियमावलीको संयोजक मै थिएँ । यसको ड्राफ्ट लेखिंदा परिचय पत्रका लागि एनआरएनको सिफारिसपत्र अनिवार्य गरिनुपर्ने लेखिएको थियो । कतिपय मुलुकमा साथीहरुले यसैअनुरुप जानकारी गराए । तर, सरकारले उक्त बुँदा नियमावलीलाई अन्तिमरुप दिदा विना जानकारी हटाएछ । यसले अन्योल ल्याएको हो । सो बुदा थपेर नियमावली पुनः संसोधन गर्न हामीले माग गरेका छाँै । अहिले पँाच सयसम्म कायम गरिएको परिचय पत्र शुल्क समेत बढीमा एकसय अमेरिकन डलर गरिनुपर्छ ।
परिचय पत्रका लागि एनआरएन सिफारिस किन लिनुपर्ने ?
एनआरएनको सिफारिस चाहिने भन्दैमा हामीले सरकारका कृयाकलापमा हस्तक्षेप गर्न खोजेका होइनौं । सरकारका दूतावास २७ मुलुकमा मात्र छन् जबकि एनआरएन ५५ मुलुकमा छ । दूतावास नभएका स्थानमा समेत एनआरएन मार्फत पुलको काम गर्न सकियोस भनेर यस्तो माग राखिएको हो ।
सिफारिसका कुरा सन्नमा सरल देखिएपनि ठूला मुलुकमा कसरी सम्भव होला त ?
यो ठूलो समस्या हो जस्तो मलाई लाग्दैन् । ठूला मुलुकका विभिन्न सहरमा एनआरएनका प्रतिनिधि तोकिनेछन् । परराष्ट्र मन्त्रालयमा छुट्टै एनआरएन डेस्क राखिएजस्तै सम्बन्धित मुलुकका दूतावासमा पनि सोही अनुरुप गर्न हामीले माग गरेका छांै । उक्त डेस्कले नै एनआरएन सम्बन्धी काम गर्नेछ ।सबैकुरा स्पष्ट नभइ तपाईले पहिलो नम्बरको परिचय पत्र लिएकामा समेत एनआरएनका कतिपय पदाधिकारी असन्तुष्ट देखिन्छन नि ?
सबैकुरा एकैपटक खोजेर हुँदैन । परिचय पत्र स्वीकार गर्ने निर्णय हामीले नै गरेका हौं । आफैले माग्ने अनि दिने बेलामा लिदैनौं भन्नु कतिको उचित होला ? ग्राउण्डमा प्रवेश गरेपछि न गोल हान्ने अवसर मिल्छ, बाहिरैबाट चिच्याएर त हुदैन नि । त्रुटिहरुलाई सच्याउन अमेरिकाका क्षेत्रीय संयोजक अम्बिका अधिकारीको संयोजकत्वमा कमिटी गठन भइसकेको छ ।
परिचय पत्रबाटै अधिकांश सुविधा लिन सकिने भएपछि किन दोहोरो नागरिकताको रटान लगाइरहनु भएको छ ?
नागरिकता भन्ने शब्दमै देशसँगको भावनात्मक सम्बन्ध जोडिएको हुन्छ । सरकारले व्यवस्था गरेको परिचय पत्रले दश बर्षसम्मको भिसा, सम्पत्तिको लगानी, अचल सम्पत्ति किनबेच लगातयका थुप्रै सुविधा उपलब्ध भएका छन् । जुन  गैरआवासीयहरुका लागि महत्वपूर्ण उपलब्धि हुन । तत्कालका लागि दोहोरो नागरिकताको आवश्यकता नदेखिएपनि नेपालबाहिर जन्मेर हुर्केबढेका पछिल्लो पुस्तालाई समेत भविष्यमा नेपालसँग नजिक्याउन दोहोरो नागरिकताको अनिवार्य व्यवस्था हुनपर्छ भन्ने हाम्रो माग हो । नागरिकता भए उसको जीवनपर्यन्त र सन्ततीले पनि अधिकार पाउनेछन । जुन व्यवस्था परिचय पत्रमा छैन् ।
यहँाको कार्यकालमा एनआरएनको प्रतिष्ठा खस्किएको आरोप छ नि ?
यो सँाचो होइन । एनआरएन भित्रै केही खराब सोच राख्नेहरुले यस्ता दुष्प्रचार गरिरहेका छन् । सुरुको झण्डै पँाच महिना पुराना अव्यवस्थित कार्यहरुलाई सुधार्नै विते । ५५ मुलुकमा राष्ट्रिय एनआरएन गठन भइसकेको अवस्थामा तिनका पहिचानका लागि एउटा सामान्य प्रमाण पत्र पनि वितरण हुन नसक्नु लाजमर्दो कुरा थियो । अहिले उक्त कार्य सुरु भइसकेको छ । मुलुकका हितमा सम्पूर्ण एनआरएनलाई सकृय पार्ने कार्य भइरहेको छ । म बोलीले होइन कामले जित्ने मान्छे हुँ । विगतमा आठ वटा घोषणापत्र निकालिए तर एउटापनि मुर्तरुपमा कार्यान्वयन भएन त्यसलाई के भन्ने ?
एनआरएन संस्था भन्दापनि व्यक्तिमुखी भयो भन्ने आरोप छ नि ?
यसलाई पुर्णरुपमा अस्वीकार गर्न सकिदैन् । तर मेरो मान्यता एनआरएन व्यक्ति होइन संस्थाका नाउँले चिनिनुपर्छ भन्ने हो । एनआरएनका कृयाकलाप सामूहिक रुपमा अगाडि बढ्नुपर्छ । कुनै व्यक्तिले स्कुल वा अस्पताल बनाउदैमा यसैलाई प्रचारको भाडो बनाइनु पर्छ भन्ने छैन् । मैले पनि गोरखा, काभ्रे, भक्तपुर, नुवाकोटलगायतका ठाउँमा सत्र वटा प्राथमिक विद्यालय बनाएको छु । विद्यार्थीहरु मेरो छात्रवृत्तिमा पढिरहेका छन् । यस्ता सबै कुरा प्रचार गरिनुपर्छ भन्ने छैन् । एनआरएन धनीको मात्र संस्था हो भन्ने गलत बुझाइ छ । तर, यसमा खाडीका गर्मीमा मजदुरी गर्नेहरु समेत समेटिएका छन् । प्रत्येक मुलुकमा एनआरएन हाँक्न सक्ने सक्षम लिडर तयार गर्नु पनि हाम्रो दायित्व हो ।
चौथो विश्व सम्मेलनमा नेतृत्व चयनका लागि राजनीति हावी भएपछि एनआरएन आन्तरिक रुपमा विभाजित भएको हो ?
एनआरएनमा कुनै विभाजन छैन् । सामान्य असहमति जहाँ पनि हुन्छन् । बाहिर हल्ला र टिप्पणी भएजस्तो केही होइन् । एनआरएन एकबद्ध भएर सामूहिक रुपमै अघि बढनेछ ।
राम थापाको नेतृत्व स्वीकार गर्ने आफ्नै सहमति पछि किन तोडनु भयो ?
त्यस्तो केही सहमति भएकै थिएन । एनआरएन जस्तो संस्थाको नेतृत्व गोलाप्रथाद्वारा चुन्ने भनेपछि यसमा कसरी सहमति जुट्न सक्छ ? त्यसमाथि संघको संस्थापक कोषाध्यक्षलगायत उपाध्यक्षको भूमिका निर्वाह गरिसकेकाले मैले गरेको योगदानको कदर हुनुपर्‍यो भन्ने मेरो माग थियो । अध्यक्षका अन्य दुबै प्रत्यासी जागिरे भएकाले महत्वपूर्ण काम थाँती रहेका अवस्थामा संघलाई अघि बढाउन प्रर्याप्त समय दिन सक्दैनन् भन्ने पनि मेरो बुझाइ थियो । वास्तवमा मेरा दुई प्रत्यासी पिंजडाका चरा हुन् । म जंगलमा बस्ने चरा जस्तै हुँ । आवश्यकता परे जुनसुकै बेला जहाँसुकै उडनसक्छु ।
तपाईलाई सहमति तोड्न एमालेले उक्सायो भन्ने आरोप छ नि ?
यो सब भ्रम हो । भन्नेको मुख कसले थुन्न सक्छ र ? ३८ बर्ष देश बाहिर बसेको मान्छेलाई अहिले कसैको रंग लगाउनु जरुरी छैन् । त्यसो त मलाई कंाग्रेस र माओवादी पनि भने । एनआरएन पुर्ण गैरराजनीतिक संस्था हो ।
ठूला सामूहिक पुंजी लगानीका प्रतिबद्धता कागजमा पटक-पटक दोहरिए पनि सफल हुन नसक्नुका कारण के हो ?
पहिलो कुरा त एनआरएन दर्ता हुन नसकेकै कारण सामूहिक लगानीको प्रतिबद्धताले गति लिन सकेको थिएन । दोस्रो राजनीतिक स्थीरताको अभावमा देशमा लगानीको वातावरण नै बन्न सकेन । तर अब एनआरएन परिचय पत्र सम्बन्धी व्यवस्थाले लगानी सम्बन्धी थुप्रै सहुलियत दिएको छ । प्रतिबद्धता बमोजिम अघि बढनुपर्छ भन्ने छलफलमा छौ । दश करोड अमेरिकन डलर सामूहिक लगानी परियोजनाको संयोजक म आफै छु ।  यसलाई हामीले उच्च प्राथमिकतामा राखेका छाँै ।
नाफामुलक क्षेत्रमा व्यक्तिगत लगानी भइरहेका छन्, मुलुकका हितमा हुने सामूहिक लगानीको कुरा आउँदा किन वातावरण बन्न नसकेको कुरा आउछ ?
व्यक्तिगत लगानी जसले जहाँपनि गर्नसक्छ । यि फरक कुरा हुन् । एनआरएनको अग्रसरतामा संचालन गरिने ठूला परियोजनामा विश्वभरका नेपालीहरुले आफ्नो हैसियत अनुसार सेयर खरिद गर्न सक्नेछन् । परिचय पत्रको व्यवस्था नहुदँासम्म पनि यसका लागि केही जटिलताहरु थिए । सामूहिक लगानीको ठूला परियोजना संचालन गर्ने मेरो कार्यकालको मुख्य लक्ष्य हो ।

No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>