जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


दलहरूबीच देखिएको विवादले आमजनतामा अन्योल र निराशा पैदा भएको

नरापो न्यूज, काठमाडौं
सभामुख सुवास नेम्बाङले व्यवस्थापिका-संसदको आगामी वर्षे अधिवेशन अन्योलमा परेको बताएका छन्। संविधानसभाको समयावधि थप्दा तीन दलबीच भएको सहमति कार्यान्वयन नहुँदा आसन्न अधिवेनबारे अन्यौल र शंका बढेको उनले बताए।राष्ट्रपतिले असार २१ मा बजेट अधिवेशन बोलाए पनि माओवादीले संसद चल्न नदिने घोषणा गरेको सन्दर्भमा सभामुखको यस्तो भनाइ सार्वजनिक भएको हो।
पूर्व सांसद क्लब नेपालको साधारणसभा तथा संसद दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सभामुख नेम्वाङले तीन दलबीचको तीन बुँदे सहमति कार्यान्वयन गर्ने सिलसिलामा दलहरूबीच देखिएको विवादले आमजनतामा अन्योल र निराशा पैदा भएको उल्लेख बताए। नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले लोकतन्त्रको मूल्य र मान्यतामाथि आक्रमण गर्नेसँग पूर्वसांसद क्लबसँग आबद्ध अनुभवी र प्रवुद्धवर्गले बहस र छलफल गर्नुपर्ने उल्लेख गरे। उनले भने- 'अहिलेको लडाइँ भनेको लोकतान्त्रिक सिद्धान्तका आधारमा कि हतियारको बलमा राज्य चलाउने भन्ने नै हो।' पूर्वसांसद क्लब २०५७ सालमा स्थापना भएको थियो। क्लबको पहिलो साधारणसभा २०५८ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसद भट्टराईले गरेका थिए। क्लबलाई सर्वदलीय संसदीय मञ्चका रुपमा रुपान्तरण गर्ने अपेक्षा गरिएको छ।



No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>