नरापो न्यूज, काठमाडौं

दक्षिण अफ्रिकामा जारी १९ औं विश्वकप फुटबल प्रतियोगिताबाट एशियाली मुलुक दक्षिण कोरीया र अमेरीका बाहिरीएका छन्। नकआउट चरणको पहिलो खेलमा हिजो दक्षिण कोरीयाले उत्कृष्ट प्रर्दर्शन गरेपनि अन्ततः उरुग्वेसग २-१ अन्तरले पराजीत भएपछि प्रतियोगिताबाट वाहीरीएको हो । दक्षिण कोरीयाका गोप किपरको सानो कमजोरीको फाईदा उठाउदै खेल शुरु भएको केही समयपछि नै अग्रता लिएको उरुग्वेलाई खेलको दोस्रो हाफमा कोरीयाले १ गोल फर्काएको थियो । तर खेलको ८० औ मिनेढमा उरुग्वेले एक गोल थपेपछि कोरीया पराजित हुन बाध्य भयो । जीतसगै उरुग्वे क्वाटर फाईनलमा प्रवेश गरेको छ । नमिठो हार व्यहोरेपछि एशियाली मुलुक दक्षिण कोरीयाली खेलाडीहरु धेरैबेरसम्म रोएका थिए । यसै गरी गएराति सम्पन्न खेलमा अफ्रीकी मुलुक घानाले अमेरीकालाई २-१ गोलले पराजित गर्दे क्वाटर फाईनलमा स्थान पक्का गर्यो । हार सगै अमेरीका पनि प्रतियोगीताबाट विदा हुन बाध्य भएको छ ।

No comments:
Post a Comment