हिन्दू युवा सङ्घका अध्यक्ष काशी तिवारीको अज्ञात समूहले गोली हानेर हत्या गरेको छ । वीरगन्ज उपमहानगरपालिका- १३ घडिअर्वा निवासी ४८ वर्षीय तिवारीलाई उहाँको निवास नजिक अवस्थित रामजानकी मन्दिरमा बसिरहेको बेला हत्या भएको हो ।मोटरसाइकलमा सवार हतियारधारी दुईजना युवकले उनीमाथि तीन ‘राउण्ड’ गोली प्रहार गरेका प्रहरीले जनाएको छ । मोटरसाईकलको नम्बर खुल्न सकेको छैन । प्रहरीले हत्याराको खोजी भइरहेको जनाएपनि हत्यामा संलग्न कसैलाई पक्राउ गरेको छैन ।
तिवारीको शव शल्यपरीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । उनको हत्याको कारण खुल्न सकेको छैन । यसैबीच हत्याको विरोधमा हिन्दू युवा संघका कार्यकर्ता तथा समर्थकहरुले शनिबार साँझबाट वीरगन्ज बजार बन्द गरेका छन् ।

No comments:
Post a Comment