नेपालको सँस्कृतिमा सबैभन्दा लामो जात्राको रुपमा रहेको मच्छिन्द्रनाथको जात्रा आज भोटो देखाई सम्पन्न हुँदैछ । नेपालका प्रमुख तीन सहर ललितपुर, काठमाडौँ र भक्तपुरका स्थानीयहरूले विशेष रुपमा मनाउने यो जात्रामा मच्छिन्द्रनाथलाई ३२ हात लामो रथमा विराजमान गराई पाटन क्षेत्रको परिक्रमा गराइन्छ ।कथनअनुसार परापूर्वकालमा गोरखनाथ कान्तिपुरी नगरीमा भिक्षा माग्न आउँदा कान्तिपुरवासीले भिक्षा दिएनन् ।
भिक्षा नदिएको झोंकमा उनले वर्षा गराउने नागहरूलाई आफ्नो आसन बनाए र यसरी नागहरूलाई आसन बनाएपछि वषर्ा हुन छाडेकाले अनिकाल पर्यो ।यो क्रम १२ वर्षसम्म चलेपछि भक्तपुरका राजा नरेन्द्रदेवले आफ्ना तान्त्रिक गुरु बन्धुदत्त बज्राचार्यको सहयोगमा ध्यानदृष्टिले हेर्दा गोरखनाथले नागहरूलाई आसन बनाएर बसेका कारण पानी नपरेको थाह पाए ।
भिक्षा नदिएको झोंकमा उनले वर्षा गराउने नागहरूलाई आफ्नो आसन बनाए र यसरी नागहरूलाई आसन बनाएपछि वषर्ा हुन छाडेकाले अनिकाल पर्यो ।यो क्रम १२ वर्षसम्म चलेपछि भक्तपुरका राजा नरेन्द्रदेवले आफ्ना तान्त्रिक गुरु बन्धुदत्त बज्राचार्यको सहयोगमा ध्यानदृष्टिले हेर्दा गोरखनाथले नागहरूलाई आसन बनाएर बसेका कारण पानी नपरेको थाह पाए ।
यसको समाधान खोज्दा गोरखनाथ मच्छिन्द्रनाथका चेला भएकाले उनलाई यहाँ ल्याए समस्या समाधान हुने भएपछि राजाले गुरु बन्धुदत्त र केही कृषकहरूको सहयोगमा मच्छिन्द्रनाथलाई यहाँ ल्याए ।
मच्छिन्द्रनाथलाई ल्याउने क्रममा जुन कृषकले कलश बोकेका थिए घना जङ्गलको बीचमा पुगेपछि उनले आफुले अब बोक्न नसक्ने भनी असमर्थता प्रकट गरे । त्यो देखि गुरुहरूले ध्यान गरी हेर्दा मच्छिन्द्रनाथको त्यहीँ बस्ने इच्छा भएको थाह पाई त्यहीँ मन्दिर स्थापना गरियो । जुन ठाउँ हाल ललितपुरको बुङ्गमती हो ।
आफ्ना गुरु मच्छिन्द्रनाथ आएको चाल पाई गोरखनाथ उठेर उनको दर्शन गर्न गए । त्यही मौकामा उनका आसन बनेका नागहरू भागे, त्यसपछि वषर्ा सुरु भयो र सहकाल लाग्यो । त्यसैले मच्छिन्द्रनाथलाई वषर्ा तथा सहकालका देवताका रुपमा पूजिन्छ ।
यसरी सहकाल ल्याउने अन्नदातालाई सबै जनताले देखुन् भन्ने उद्देश्यले प्रत्येक वर्ष बुङ्गमतीबाट रथमा तानेर पाटन क्षेत्रको परिक्रमा गराइने परम्पराको थालनी गरियो । तर राजा श्रीनिवास मल्लले भने प्रत्येक वर्षको सट्टा १२ वर्षको एकपटक मात्र रथमा राखेर बुङ्गमतीबाट पाटन ल्याउने परम्परा बसाले । जसको कारण प्रत्येक वर्ष मच्छिन्द्रनाथलाई खटमा राखेर ल्याउने र १२ वर्षमा एकपटक भने रथबाट नै ल्याइन्छ ।
मच्छिन्द्रनाथका पूजारी अमरराज पानेजुका अनुसार फलमा सबैभन्दा शुद्ध नरिवल भएका कारण नरिवललाई यस जात्रामा विशेष प्रयोग गरिन्छ । रथबाट खसालेको नरिवल जसले भेट्टाउँछ उसले पुत्रलाभ गर्ने जनविश्वास रहेका कारण सो दिन उल्लेख्य भक्तजनको सहभागिता रहने गर्दछ । नरिवल खसालेको भोलिपल्ट बिहान महिलाहरूले मात्र रथलाई तान्ने परम्परा रहेको छ ।
यस्तै थट्टटिोलबाट जावलाखेल पुर्याउनुअघि एकदिन मच्छिन्द्रनाथ हराउँछन् भन्ने जनविश्वास छ । उनी कीर्तिपुरमा एक अज्ञात कृषकको घरमा कन्यासँग बस्छन् भनिन्छ । जसको कारण थट्टटिोलबाट जावलाखेल पुर्याउनुभन्दा चारदिन अघि कीर्तिपुरमा पूजाभोग दिन जानुपर्ने परम्परा रहेको पूजारी अमरराज बताउनुहुन्छ । ती अज्ञात कन्यालाई पूजाभोग दिएपछि मात्र कन्यामार्फत् मच्छिन्द्रनाथलाई फिर्ता ल्याइएको मानिन्छ ।
रथलाई जावलाखेल पुर्याएको तेस्रो दिन मध्यरातमा मच्छिन्द्रनाथका कुलदेवता मानिने पूर्णचण्डीमा विशेष पूजा गर्नुपर्ने नियम रहेको छ । यसरी पूजा गर्दा मुरीका मुरी चामलको भात पकाई पूर्णचण्डीदेखि जावलाखेलसम्म बाटोभरि छर्दै आउनुपर्दछ । यसको अर्थ मच्छिन्द्रनाथका सेनाहरू भुत, पिचासलाई खाना दिएको हो । यो प्रक्रियालाई नेवारी भाषामा �जा हला ख्यः� अर्थात् �भात छर्ने खेल� भनिन्छ । त्यसैले सो स्थानलाई �जाहलाख्य� भनिएकोमा अपभ्रंश भई �जावलाखेल� हुन गएको जानकारहरू बताउँछन् ।
जावलाखेल पुर्याएको चौथोदिन राष्ट्राध्यक्ष समक्ष भोटो देखाई जात्रा सम्पन्न हुन्छ । कथन अनुसार कर्कोटक नागराजाकी श्रीमतीको आँखा पाक्ने रोग लागेपछि त्यसको उपचारका लागि नागराजाले एक कृषक जो वैद्य पनि थिए, उनलाई लगाए । कृषकले उक्त रोग निको पारेपछि खुशी हुँदै नागराजाले के माग्ने इच्छा छ माग् भनेपछि कृषक केही माग्न नसकी चुप लागेर बसेको देखि नागराजाले आफैंले लगाएको रत्नजडित भोटो दिए । भोटो पाएपछि खुशी हुँदै कृषक गए । उसले खेतमा काम गर्दा भोटो भूँइमा फुकालेर राख्दा एउटा भुतले त्यो भोटो चोरेर लग्यो ।
एकपटक जात्राका अवसरमा नागराजा, कृषक र भुत तीनैजना जात्रा हेर्न भनि आए । जात्रामा तीनजनाको भेट हुँदा कृषकले आफ्नो भोटो भुतले लगाएको देखि �यो मेरो भोटो हा�े भने भुतले पनि त्यसैगर्दा दुईजना बीचको विवाद नसुल्भिmएपछि निर्णयका लागि मच्छिन्द्रनाथकहाँ गए । मच्छिन्द्रनाथले जसले प्रमाण ल्याउन सक्छ उसैले भोटो लाने भनेपछि दुवैले प्रमाण जुटाउन सकेनन् । त्यसपछि वर्षेनी सो जात्राका अवसरमा जसले प्रमाण ल्याउन सक्छ उसैलाई भोटेा दिने भनी �यो कसको भोटो हो� भन्दै चारैतिर देखाउन थालियो । कालान्तरमा गएर जात्राको नाम नै भोटो देखाउने जात्रा रहन गएको भन्ने किम्वदन्ती प्रचलित छ ।
भोटो देखाउने जात्रा सकिएपछि मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी बुङ्गमती पुर्याइने गरिन्छ । २०६० सालमा मच्छिन्द्रनाथको १२ वर्षे जात्रा भएको थियो भने अब २०७२ सालमा १२ वर्षे जात्रा हुनेछ ।

No comments:
Post a Comment