कुबेतमा राजदुत मधुबन पौडेलको पहिलो आगमन भएको झन्डै ६ महिना बितीसकेको छ। राजदुत पौडेल कुबेत आगमन हुने रमझममा केही सिमित ब्यक्तिहरुले मात्र उहाँको अनुहार हेर्ने मौका पाएका थिए,हातमा गन्न सकिने सिमित ब्यक्तिहरुलाई मात्र राजदुतको नाम थाहा छ अनी त्यस्तै बिधीबत रुपमा स्थापना भएको दुताबासको पत्तो पनि मात्र सिमित ब्यक्तिलाई छ। कुबेतमा रहेका झन्डै ७० प्रतिशत नेपालीहरुलाई दुताबास खुलेको थाहा नै छैन। राजदुत कुबेत आगमन भए यता कुबेतको एक मात्र छापा पत्रीका मरुभुमीको कोसेली तथा बिश्रभरी चर्चित वेब पत्रिका नेपल कुबेत डट कमले शुरु देखि नै प्राथमिकताका साथ राजदुतका बारेमा र दुताबासको गतिबिधीलाई स्थान दिदै आएको छ।
मरुभुमीको कोसेलीको पहिलो अंक कभर स्टोरीमा राजदुत मधुबन पौडेलको तस्बिर राखिएको थियो भने दोस्रो अंकमा नब निर्मित राजदुताबासको भबन। मरुभुमीको कोसेली कुबेतको नेपाली समाजमा सिमित ब्यक्तिहरुको हातमा पुग्यो अनी एक हात दुई हात हुँदै मैदानमा छरिए पनि यो पत्रीका पढ्ने नेपालीहरु पनि सिमित छन भन्दा कसैको दुई मत नहोला जसको हातमा पत्रीका पुग्यो उनीहरुले पनि पत्रीकाका प्रतिनिधिहरुलाई बारबार फोन गरेर तपाईंहरु दुताबासको मान्छे हो भनेर सोध्ने गर्छन् अनी हामीहरुलाई दुताबास खुलेको थाहा नभएको,दुताबास कहाँ छ र राजदुत को हुनु हुन्छ त्यो पनि जानकारी नभएको बताउछन यस्ता बारम्बार फोन गर्नेमा बिभिन्न कम्पनीहरुमा कार्यरत तथा कम्पनी तथा घर छोडेर इलिगल भएर बसेका नेपाली बढी छन अझ घरेलु कामदारको रुपमा कार्यरत नेपाली महिलाहरुलाई त पाच प्रतिशतलाई पनि दुताबास खुलेको जानकारी छैन अनी त घर छाडेर भागे पछी जाने ठाउँ नपाए पछि भारतिय दुताबास पुग्ने र उसले नेपाली दुताबासमा पठाइदिने गरेको छ ।
सिमित ब्यक्तिहरुलाई थाहा हुँदा त नेपालीहरुको समस्या हेर्न दुताबासलाई भ्याइ नभ्याइ छ सोधी खीजी गर्दै दुताबासको दैलोमा समस्याको थैलो बोकेर दिनहु दर्जनु पुग्छन अझ भोलिका दिनहरुमा यसले के रुप लेला सजिलै अनुमान लगाउन सकिन्छ। भगोडाहरु दुताबासमा शरण लिने क्रम जारी छ, ओइरेर नेपालीहरु कुबेत आगमन संगै समस्याहरु थुप्रिदै गएका छन। नेपालबाट कुबेत एअरपोर्ट टेक्न के पाएको हुन्छ नेपालीहरुको समस्या त्यहिबाट शुरु हुन्छ। क्रित्ते कागज जातको आधार नबुझी मटो रकम कामाउने सपना बोक्दै कुबेत हानिने नेपालीहरु बिगतको तुलनामा हाल तिब्र गतिमा छ अनी बेखबर भई नेपाल उत्रिने पनि त्यतिकै । समयमै सबन्धित निकायले सोच पुर्याए नेपालीहरुले दु:ख पाएको समाचारले पक्कै स्थान पाउने थिएनन ।

No comments:
Post a Comment