परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले चैत १२ देखि २० सम्म लिएको एसएलसी परीक्षाको नतिजा आज प्रकाशन गर्ने तयारी गरेको छ ।असार तेस्रो साता सार्वजनिक हुने भएको छ । परीक्षाफल प्रकाशनका निम्ति अन्तिम तयारी भइरहेको नियन्त्रक चित्रप्रसाद देवकोटाले जनाएका हुन् । उत्तरपुस्तिकाबाट प्राप्तांक कम्प्युटरमा दर्ता गर्ने क्रम भइरहेको छ । नतिजा प्रकाशनको निर्णय गर्न अपरान्ह ३ बजे बोर्डको बैठक बस्दै छ । गत चैतमा सम्पन्न एसएलसी परीक्षामा नियमित र एक्जाम्टेड गरी ४ लाख ५६ हजार ७ सय १९ ले परीक्षा दिएका छन् । तीमध्ये नियमिततर्फ ४ लाख १२ हजार ५ सय ९२ र आंशिकतर्फ ४४ हजार १ सय २७ परीक्षार्थी सामेल छन् ।

No comments:
Post a Comment