गत वुधवार अपहरणमा पर्नुभएका प्युठानका पत्रकार केशव वोहरा कपिलवस्तुमा भेटिएको छन्। पत्रकार वोहरा गएराती साढे १० वजे ईलाका प्रहरी कार्यालय गोरुसिङेको सम्पर्कमा पुगेको नेपाल पत्रकार महासंघको मिसन टोलीका सदस्य विपुल पोख्रेलले जानकारी दिएका छन्। प्रहरीको सम्पर्कमा पुगेका पत्रकार वोहरालाई त्यहाँस्थित एक मेडिकलमा सामान्य उपचार गरेर प्युठान लगिएको छ। वोहरा प्रहरीको सम्पर्कमा आएको खवर पाए लगत्तै प्युठान पुगेको पत्रकार महासंघको मिसन टोली र प्युठान प्रहरीको टोली गोरुसिङे पुगेका थिए।
पत्रकार र प्रहरीको टोलीले उनलाई गएरातीनै प्युठान लगिएको छ। पत्रकार वोहराले अपहरणकारीले आफुहरु माओवादी कार्यकर्ता भएको भनेर दावी गरेको वताएका छन्। यद्यपी वोहरालाई कसले अपहरण गरेको भन्ने वारे अझै सम्म खुल्न सकेको छैन। रेडियो माडवी प्युठानका उपाध्यक्ष समेत रहेका वोहराले केही समयअघि प्युठानको स्वर्गद्धारी आश्रमको जग्गा माओवादीले कव्जा गरेको भन्ने समाचार प्रसारण गरेपछि नो नम्वर वाट ज्यान मार्ने धम्की आएको वताउँदै आएका थिए। रिहा गर्ने क्रममा पनि त्यस्तो समाचार किन लेखेको भनेर सोधेको पत्रकार बोहराले जानकारी दिए।

No comments:
Post a Comment