मात्रिका यादव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरुले बन विभागका महानिर्देकलाई उनकै कार्यकक्षमा कालोमोसो दलेर दुब्र्यववहार गरेका छन् । आइतबार बवरमहलस्थित बन विभाग पुगेका १५/२० जनाको संख्यामा रहेका कार्यकर्ताहरुले महानिर्देशक माधवप्रसाद आचार्यलाई कार्यकक्षमै कालोमोसो दलेका हुन् । गत आइतबार एमालेद्वारा राजधानीको बानेश्वरमा आयोजित कार्यक्रममा आचार्यले पूर्वबनमन्त्री मात्रिका यादवलाई भ्रष्ट मन्त्रीको रुपमा चित्रित गर्दै अहिलेका बनमन्त्री दिपक बोहोराको प्रशंसा गरेका थिए।कालोमोसो दलेपछि उनीहरुले आचार्य विरुद्ध नारावाजी समेत गरेका थिए । मात्रिका समूहले आचार्यले भ्रष्ट डिएफओहरुलाई संरक्षण दिएर बन विनासमा संलग्न भएको आरोप लगाएको छ ।

No comments:
Post a Comment