यूएई । नेपालीको शानको प्रतीक नेपाली
राष्ट्रिय झन्डा फहराउने दुबईको एभरेष्ट इन्टरनेश्नल होटलमा १५ अप्रिल
अर्थात् नयाँ वर्ष वि.स. २०६८ को दोश्रो दिन सधैं झैं दिउँसो तीन बजेपछि
नेपाली संस्कृति र साहित्य घन्किन थाल्यो ।
कोहि साहित्यमा डुब्न थाले त कोहि
सांस्कृतिक गायन र नृत्यमा रमाउन थाले । नेपालीहरुको नयाँ वर्ष वि. स. २०६८
सालको शुभ अवसरमा एकअर्कामा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम यस्तै
रमाइलोसंग नेपाली कल्याणकारी समिति, यूएईले आयोजना गरेर सबैलाई आनन्दित
तुल्यायो ।
नेपाली दूतावास अबुधाबीका द्वितीय सचिव
ललित प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम नेपाली
कल्याणकारी समिति, यूएई की अध्यक्ष शोभा भण्डारीको सभापतित्व तथा निमेष
गिरीको संचालनमा करीव तीन घण्टा चलेको थियो ।
नयाँ
वर्षको स्वागत् गर्दै प्रमुख अतिथि ललित प्रसाद श्रेष्ठ तथा सभापति शोभा
भण्डारीले पानसमा बत्ती बालेर उद्घाटन गरेको सो समारोहमा विभिन्न यूएईका
संघसंस्थाका प्रमुख, प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, महिला, कलाकार,
साहित्यकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो भने उपस्थित सबैलाई बबिता
थापाले मीठा शब्दले न्यानो स्वागत् गर्नुका साथै नेपाली कल्याणकारी
समितिको स्थापनाको औचित्य र उद्देश्य माथि प्रकाश पार्दै संस्थाको विधानको
बारेमा पनि जानकारी गराएकी थिइन् ।
शुभकामना आदानप्रदान गर्ने क्रममा
समारोहमा उपस्थित अतिथिहरु नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष शंकर
ज्ञवाली, प्रवासी नेपाली संघका अध्यक्ष यमलाल शर्मा पंगेनी, नेपाली समाज
यूएई केन्द्रीय परिषद्का अध्यक्ष तुलसी तामांग, नेपाली आदिवासी जनजाति
महासंघका अध्यक्ष भुवन राई, नेपाली समाचार पाक्षिकका प्रधान सम्पादक लाल
बहादुर ढेंगा, नेपाली एकता समाज यूएइका अध्यक्ष मान बहादुर थापा तथा नेपाली
मगर संघ यूएईका पूर्ण बहादुर थापा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
यूएई च्याप्टरका अध्यक्ष समदर्शी काइँला र सर्वदा वांगमय प्रतिष्ठान यूएई
शाखाका अध्यक्ष लक्ष्मण सापकोटाले नेपाली कल्याणकारी समितिको यस कार्यप्रति
दिल खोलेर प्रशंसा गरे ।
कलाकार श्रीकुमार राईको गीत मेरो कल्पनामा
आज एउटी परी, ज्ञान लामाको गीत एक दुई तीन बिहीबारको दिन, बांवरी फूलको
बोट भन्ने बोलमा तुलसी तामांगले कम्मर मर्काइ-मर्काइ नाचे भने नृत्यकार
संतोष खाणको आखिर गरीब नै पर्दोरैछ भिरैमा भन्ने गीतमा र रविन श्रेष्ठको
नृत्यमा सबैजनाले मस्ती लिइरहेका देखिन्थे । यसैगरी साहित्यकारहरु समदर्शी
काइँला, लक्ष्मण सापकोटा, रमेश खड्का, अम्बिका पौडेल, शेषनारायण झा, विरही
रिजाल आदिले आ-आफ्ना कविता र गजलका चोटिला शब्दबाणहरुले सबैलाई मन्त्रमुग्ध
पारेका थिए भने सागर पाण्डेको जोक्सले हलभरिका श्रोताहरु खित्का छोडेर
हाँसेका थिए |
कार्यक्रमको अर्को चरणमा यूएईमा लामो
समयसम्म रहेर विभिन्न क्षेत्रमा सहयोग र सेवा पुर्याउदै आएका
व्यक्तित्वहरुलाई प्रशंसा-पत्र प्रदान गरिएको थियो जसमा समाजसेवा,
कलाकारिता, पत्रकारिता, साहित्य र खेल क्षेत्रलाई विशेष प्राथमिकता दिइएको
थियो ।
यसरी प्रशंसा-पत्र पाउनेहरुमध्ये समाजसेवा
तर्फ भुवन राई, तुलसी तामांग, डीएल शर्मा, छत्र लामा, मान बहादुर थापा,
शारदा प्रसाद भट्टराई, डा. आसिफ अली सिद्धिकी, चन्द्र बहादुर रोकाहा,
रविन्द्र पौडेल, रामगोपाल थापा, यमलाल शर्मा पंगेनी, गिरधारी रिजाल, शिव
चापागाई, नारायण अधिकारी, बबिता राजकोटी, शंकर ज्ञवाली, मुक्ति राई, मोहन
शर्मा, रामेश्वर शाह, चन्द्र सापकोटा, कृष्ण ढकाल र यम तमू रहेका छन् भने
कलाकारहरुमा प्रेम लामा, देवी लामा, दीप सन्, मीना वाइबा, सरस्वती तामांग,
शिशिर थापा, श्रीकृष्ण राई, संतोष खाँड, चंचला घिमिरे, सुरज थापा, बिष्णु
रेउला, भरत भण्डारी, माइनसप्लस संग्रौला, सुनील गुरुङ, सुमन काउछा, ज्ञान
लामा, डम्मर भण्डारी र सूर्य केसी छन् ।
त्यसैगरी नेपाली साहित्यतर्फ समदर्शी
काइँला, दलबीरसिंग बराइली, लक्ष्मण सापकोटा, विरही रिजाल, निमेष गिरी,
ऋषिशेष, र दीपक न्योंगहांगले प्रशंसा-पत्र पाए भने पत्रकारितातर्फ शंकर
ज्ञवाली, अर्जुन दाहाल, खेमनाथ पौडेल, जेपी सापकोटा, लाल बहादुर ढेंगा,
निमेष गिरी, शेषनारायण झा, मान बहादुर थापा र उमाकान्त गाउँले पाण्डे रहेका
छन् । त्यस्तै गरेर खेलकूद जगतमा वेदप्रसाद भण्डारी, दान बहादुर जीसी,
भीमप्रसाद गुरुङ र कुण्डल बहादुर सिंगले प्रशंसा-पत्र पाए ।
सो
समारोहमा प्रमुख अतिथिको आसनबाट शुभकामना दिने क्रममा ललित प्रसाद
श्रेष्ठले यूएई जस्तो ठाउँमा रहेर आफ्नो डिउटीको बावजूद पनि संस्थाको
उद्देश्यनुरूप महिला दिदीबैनीहरुले यस्तो प्रशंसनीय र साहसिलो काम गरेर
यहाँ रहेका सबै संस्था तथा व्यक्तिहरुलाई एउटा असल बाटोमा हिड्न सिकाएकोमा
खुशी व्यक्त गरे भने दूतावासको तर्फबाट हुनसक्ने सबै सहयोग हामीले दिनेछौं र
सबै नेपालीहरुले यस संस्थालाई सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको अन्तमा अध्यक्ष शोभा
भण्डारीले उपस्थित भएर कार्यक्रमको शोभा बढाइदिने र संस्थागत तथा व्यक्तिगत
रुपले आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै हामी महिलाहरुले
नेपालीहरुको कल्याणको लागि खोलेको यो संस्थालाई यसको महत्त्व नबुझेर धेरै
संघसंस्था र व्यक्तिहरु हाम्रो निमन्त्रणामा उपस्थित नभैदिनुभएकोमा दु:ख
लागेको छ भन्दै समारोह बिसर्जन गरेकी थिइन् ।
स्मरण रहोस् कि यूएईमा धेरै संघसंस्थाहरु
भएर हप्तैपिच्छे कार्यक्रमहरु भैरहनु अनि कुनै-कुनै दिन कार्यक्रमहरु
जुध्नुका साथै निम्तालुहरु सबैतिर जान नभ्याउने तथा एक हप्ताको एकदिनको
छुट्टी पनि परिवारलाई दिन नपाउनुले यहाँका संघसंस्थाका प्रमुख तथा समाजसेवी
र बुद्दिजीवीहरुलाई समय बाँड्न निकै कठिन भएको महसुस गरेको पनि
पर्यवेक्षकहरुको धारणा छ । –

No comments:
Post a Comment