वैशाख २ - शीर्ष नेताहरुको कार्यव्यस्थताका कारण आज बस्ने भनिएको माओवादी स्थाई समिति
बैठक स्थगित भएको छ । सरकारमा सहभागी हुने थप मन्त्री र राज्यमन्त्रीहरुको
नामावली तय गर्न आज अपरान्ह माओवादीले स्थायी समितिको बैठक बस्ने भनिएको थियो ।
माओवादीले थप ७ मन्त्री र ११ राज्यमन्त्रीको नामावली तय गर्न बाँकि छ ।
एमालेसँग भएको सहमतिअनुसार माओवादीले गृहसहित ११ मन्त्रालय पाउने भए पनि
हाल माओवादीका चार जना मात्र मन्त्रिपरिषदमा सदस्य छन् ।

No comments:
Post a Comment