तनहुँ, वैशाख २ - नेकपा एमालेका नेता केपी शर्मा ओलीले १४
जेठसम्ममा कुनै हालतमा पनि संविधान बन्न नसक्ने ठकुवा गरेका छन्। तनहुँको
चुँदीरम्घामा आयोजित प्रथम भानुमहोत्सवको शुक्रबार समापनका अबसरमा बोल्दै
नेता ओलीले माओवादीले संविधान नचाहेको आरोप लगाए।नेता ओलीले दलहरुबीचको आन्तरिक खिचातानीले संविधान निर्माण निर्माण
प्रक्रियालाई असर पुगेको बताए। माओवादीतर्फ संकेत गर्दै उनले शान्ति
प्रक्रिया र संविधानको मापदण्ड पुरा गर्न नसकेको दलले नै संविधान निर्माण
गर्न नचाहेको बताए।
शान्ति प्रक्रिया र संविधान निर्माण गर्न सबै दलहरुबीच सहकार्य, सहमती र समझदारीको खाँचो रहेको ओलीको भनाइ थियो। देश र जनताका हित विपरित हुने कुनै पनि निर्णयमा एमालेले कुनै पनि हालतमा समर्थन नगर्ने दाबी गरे।
कार्यक्रममा बोल्दै नेता ओलीले नेपाली साहित्यका आदिकवी भानुभक्त
आचार्यको जन्मथलोलाई साहित्यिक पर्यटकीय गन्तव्यको रुपमा स्थापना गर्न सबै
पक्ष एक भएर जुट्नुपर्ने बताए। 'यो सबैको जिम्मेबारी भएपनि यसका लागि
स्थानीय बासिन्दा जागृत हुनुपर्छ', उनले भने।
भानुभक्त आचार्यको भग्नावशेष जन्मघरको निर्माणका लागि सक्दो सहयोग गर्ने
प्रतिबद्धता समेत व्यक्त गरे। नयाँ पिँढीलाई समेत चुदीरम्घाप्रति आकर्षण
गर्नुपर्ने उनको भनाइ थियो।
सोमबारदेखि शुरु पाँच दिने प्रथम भानु साहित्यिक महोत्सवको समापनका
अवसरमा सभाषद पासाड शेर्पा, पूर्व सांसद टुकराज सिग्देल, राष्ट्रिय योजना
आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोख्रेल, एमाले पोलिटव्यरो सदस्य
काशीनाथ अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए।

No comments:
Post a Comment