जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


बेलायती कलेजमा नेपाली पढाइ शुरु

नरापो न्यूज संवाददाता,
लन्डन, : बेलायतमा नेपालीको आगमन बढिरहँदा यहाँका स्कुल कलेजले नेपाली विषयसमेत पढाउन सुरु गरेका छन् ।ब्रेन्ट साइड हाइ स्कुल, ग्रीनफोर्ड लन्डनमा यसै शैक्षिक सत्रदेखि जीसीएसई तह (एसएलसी सरह) मा नेपाली विषयको परीक्षा दिन पाइने भएको छ । नेपाली विद्यार्थी बढेपछि स्कुलको 'डिपार्टमेन्ट अफ इथ्निक माइनोरिटी एचिभमेन्ट' (ईएमए) ले परीक्षा दिन पाउने प्रबन्ध गरेको प्रशासकीय अधिकृत मुकुन्द सुनुवारले जनाए ।
उक्त स्कुलमा हाल ४२ नेपाली विद्यार्थी अध्ययनरत छन् भने कुल विद्यार्थी संख्या १३ सय २० छ । आगामी जुनमा हुने जीसीएसई परीक्षामा विद्यार्थीले नेपाली (ऐच्छिक) विषयमा ३ घन्टा जाँच दिन सक्नेछन् ।
 
उता नेपालीको घना बस्ती भएको फार्नबोरोस्थित ओकफार्म कम्युनिटी स्कुलमा समेत यसपटक १४ विद्यार्थीले नेपाली विषयमा 'आईजीसीएसई' परीक्षा दिँदै छन् ।
 
त्यहाँ अध्यापनरत शिक्षक डा. अच्युत गौतमका अनुसार युनिभर्सिटी अफ क्यामबि्रज एक्जामिनेसन सिन्डिकेटले परीक्षालाई मान्यता दिएको छ । हाल कोभ स्कुलमा अध्ययनरत १४ विद्यार्थी साँझ साताको पाँच दिन ओकफार्म कम्युनिटी स्कुल आएर नेपाली विषयको तयारी गरिरहेका छन् ।
 
गत वर्ष ६ विद्यार्थीमात्र नेपाली विषयको परीक्षामा सामेल भएकामा यस वर्ष दोब्बर सहभागी हुँदै छन् । यहाँ नेपाली पढाउन बूढानीलकण्ठ स्कुलका पि्रन्सिपलसँग भेटेर 'करिकुलम' तयार गरेको जनाउँदै गौतमले परीक्षामा निबन्ध लेखन र नेपाली अंग्रेजी अनुवाद गर्नुपर्ने जनाए । 'नयाँ पुस्ता अंग्रेजीमा पनि दख्खल नहुनु र नेपाली भाषा क्षयीकरण भइरहँदा नेपाली विषयको पढाइले बेलायतमा समेत हाम्रो भाषा, संस्कृति जीवन्त राख्नेमा आशावादी छौं,' गौतमले भने ।
 
सन् १८३६ मा स्थापित बेलायतकै प्रतिष्ठित र पुरानो विश्वविद्यालय युनिभर्सिटी अफ लन्डनअन्तर्गत 'दि स्कुल अफ ओरेन्टल एन्ड अफ्रीकन स्टडिज' (सोआस्) मा समेत नेपाली विषयमा बीए (अनर्स) गर्न सकिन्छ । विश्वका एक सय ४० भन्दा बढी देशका ४ हजार ७ सय विद्यार्थी अध्ययनरत कलेजमा विशेष गरी एसिया, अफ्रीका र मध्यपूर्वबारे पढाइ हुन्छ । त्यहाँ प्राध्यापक डा. माइकल हट र कृष्ण प्रधानले नेपाली पढाउँछन् । सेन्टर फर नेपाल स्टडिज, यूकेका निर्देशक डा. कृष्ण अधिकारीले बेलायतमा हाल नेपालीको संख्या एक लाख नाघेको जनाउँदै यहाँको स्कुल कलेजमा समेत नेपाली विषय पढाइ हुनु गौरव भएको बताए ।


 Source : Brussel Nepal.com



No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>