जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


भोलिदेखि थारुहटको बन्द स्थगित -

नरापो न्यूज संवाददाता,दिलवहादुर छत्याल,
धनगढी, चैत २६- थरुहट स्वायत्त राज्य परिषदले आह्वान गरेको अनिश्चितकालिन बन्दका कारण भारतका विभिन्न शहरमा मजदुरी गरेर नयाँ वर्ष तथा चैते दशैँ मनाउन घर फर्कका सयौं नेपाली अलपत्र परेका छन। 'नयाँ वर्षका लागि घरजान आएको हुँ, गाडी बन्दले हिजो देखि बसपार्कमै रोकिएका छौं', मुम्बईबाट घर जान आएका सुर्खेत बाबियाचौरका नरेश लम्सालले भने।

मुम्मईमा मजदूरी गर्दै आएका उनले नयाँ वर्षका लागि केही दिनको बिदा लिएर घर आएको बताए। धनगढी पुग्नुभन्दा पहिलेसम्म बन्दको बारेमा केही नसुनेको बताउने उनीजस्तै सयौं नेपाली भारतसँगका नाका सहरमा अलपत्र परेका छन्। 'इण्डियामा वर्षभरि मजदुरी गरेर केही दिन घरमा आनन्द सँग बस्न फर्केको; यो हालत भयो'-  मुम्मईबाट आएका कैलाली बलिया १ का युवक मुकेश शर्माले दुःख व्यक्त गरे- 'वर्ष, दुई वर्षमा घर आयो त्यही पनि सधैँ बन्दमा परिन्छ।'


भारतका बिभिन्न शहरमा दुःख गरेर कमाएको रकम पनि बन्दले होटलमा बस्न र खानमै सकिन लागेको गुनासो उनीहरु सुनाउँछन्। 'मजदुरी गरेर वर्षभरिमा बाँचेको ४- ५ हजार रुपैयाँ बोकेर आएको हुँ। केही पैसा सरसमान किन्नमै सकियो, बाँकी रकम होटलमा बस्न र खानमै सकिएर घरजान पनि समस्या होला जस्तो छ।'अर्का जगत भुलले बताए।

बन्दका बेला बसपार्कका होटलले अघिपछि भन्दा खाना र बस्नको बढी पैसा असुल्ने गरेका छन्। सीमावर्ती सहरमा मजदुरी गर्नेहरु नयाँ वर्ष तथा चैते दशैँका लागि घर फर्कन थालेकाले अलपत्र पर्नेको भिड छ। आयश्रोत नहुदाँ घरमा बसेर परिवारको जिविकोपार्जन गर्न समस्या हुदाँ यस क्षेत्रबाट मजदुरी गर्न गएका दशौ हजार युवा चाडपर्वमा १०-१५ दिनको बिदा लिएर घर फर्कने गर्छन।

धनगढीवाट सुदुरपश्चिमका पहाडीजिल्लातिर शनिवार साँझ गएका गाडीमा केहि यात्रु भने जान पाएका छन। अन्य बिभिन्न जिल्ला र ठाउँ जानु पर्ने सयौ यात्रु बसपार्कमा अलपत्र छन्। थरुहट स्वायत्त राज्यपरिषदले सरकारले मधेशी जनअधिकार फोरम सँग चैत ९ गते गरेको सम्झौता खारेज हुनुपर्ने माग राख्दै शुक्रवारदेखि तराईका जिल्लामा अनिश्चितकालिन बन्द गरेको हो।

प्रधानमन्त्री झलनाथ खनाल, एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव बिच तराई क्षेत्रलाई मधेशिकरण गर्ने गरि सम्झौता भएको भन्दै बिरोधमा बन्द गरेको जनाएको छ। बन्दले शनिवार पनि यस क्षेत्रको जनजिवन प्रभावित बनेको छ। बन्दले यतायात, पसल, उद्योग,शिक्षणसंस्था, कलकारखाना बन्द भएका छन्।

आइतवारदेखि बन्द स्थगित
थारुहट स्वायत्त राज्य परिषदका केन्द्रिय सदस्य भानुराम चौधरीले चैते दशै र नयाँ वर्षलाई लिएर आइतवार देखि बन्द खुला गरिने बताएका छन। अर्को निर्णय नभएसम्मका लागी अनिश्चितकालिन बन्द स्थगित गरिएको उनले बताए।

बन्दको बिरोधमा प्रदर्शन
एकिकृत माओवादी निकट थारु राष्ट्रिय मुक्ति मोर्चाले शनिवार थरुहट स्वायत्त राज्य परिषदले गरेको बन्दको बिरोधमा धनगढीमा प्रदर्शन गरेको छ। बन्दको अवज्ञा गरौं भन्ने नाराका साथ प्रदर्शनमा उत्रेका कार्यकर्ताले बन्द शटर खोल्न लगाएका थिए। कार्यकर्ताले खोले पनि ब्यापारीले पुन शटर बन्द गरेका थिए।

थारु राष्ट्रिय मुक्ति मोर्चाका फुलराम चौधरीले संबिधान बन्न नदिन यो बन्द गरिएकोले अबज्ञा गरेको बताएका छन।

No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>