जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


कङ्ग्रेस नेता सिटौलाले भने- अब डर, त्रास र तानाशाहको सम्भावना छैन

नरापो न्यूज संवाददाता,ध्रुव दङ्गाल,
सिन्धुपाल्चोक, चैत २६- कङ्ग्रेस नेता कृष्ण सिटौलाले अब डर, त्रास र तानाशाहको सम्भावना नरहेको बताएका छन्। उनले भने- जनताभन्दा ठूलो कोही छैन, उनीहरुले जे भन्यो, त्योमात्र पूरा हुन्छ। उनले ढिलै भए पनि संविधान बनाउनुको विकल्प नरहेको पनि बताए। उनले संविधान नबनी गणतन्त्र संस्थागत हुनै नसक्ने पनि बताए।

'त्यत्तिकै गणतन्त्र संस्थागत हुँदैन, त्यसैले ढिलै भए पनि संविधान बन्छ/बनाउनुपर्छ'- टेकानपुरस्थित कालिका उच्च माविको ४४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै शनिबार सिटौलाले भने। संविधान जारी भएपछि मात्र मुलुकले निकास पाउने भन्दै उनले ढिलै भए पनि संविधान बनिछाड्ने दाबीसमेत गरे।

संविधान जनताको माग भएको उल्लेख गर्दै उनले थपे- जनताभन्दा ठूलो कोही छैन। उनीहरुले जे भन्यो त्यो पूरा हुन्छ। प्रत्येक नागरिकको अधिकार सुनिश्चित भएको संविधान ल्याउन कङ्ग्रेस प्रतिबद्ध रहेको उनले दोहोर्‍याए। 'डर, त्रास र तानाशाहको अब सम्भावना छैन'- माओवादीतर्फ लक्षित गर्दै पूर्व गृह मन्त्री रहेका सिटौलालले भने।

पार्टी सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले गणतन्त्र नेपालको राजमार्ग कोरेर गएको बताउँदै उनले यसलाई ग्राभेल र कालोपत्रे गरेर पक्की बनाउने कार्य कङ्ग्रेसले पूरा गर्ने बताए। उनले भने- यसका लागि सबै दल मिल्नुपर्छ। कार्यक्रममा कङ्ग्रेस नेता भूपेन्द्र थापा, तरुण दलका प्रवक्ता सुदर्शन आचार्य, विद्यार्थी नेता बलदेव तिमिल्सिनालगायतले ढिलो भए पनि उपलब्धि हुनुपर्ने भन्दै संविधान निर्माणमा जोड दिएका थिए।


(नागरिक)

No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>