टोक्यो । गत मार्च ११ मा जापानको उत्तर-पूर्वी भागमा आएको
भूकम्प र सुनामीमा परेर मृत्यु हुनेको संख्या १२ हजार ६ सय ९० पुगेको छ ।
जापान प्रहरीले जानकारी गराए अनुसार ११ हजार २ सय ३ लासको पहिचान भएको छ ।
त्यस्तै उक्त भूकम्प र सुनामीबाट अझै १४ हजार ७ सय ३६ जना बेपत्ता छन।
प्रहरी प्रबक्ताले जानकारी गराए अनुसार भूकम्प र सुनामीबाट अहिलेसम्म मृत्यु हुनेहरुमा मियागिका ७,७४३, ईवातेका ३,७०९, फुकुसिमका १,१७७, होक्काईडोका १ आओमोरीका ३, यामागाताका १, टोकियोका ७ ईबाराकिका २२, तोचिगिका ४ गुन्माका १ चिबाका १७ र कानागावाका ४ जना छन । त्यस्तै बेपत्त हुनेहरुमा ईवातेका ४,४२२, मियागिका ६,६४६, फुकुसिमका ३,६६४ जना छन ।

९ रेक्टर स्केलको उक्त महाभूकम्प र सुनामीबाट अहिलेसम्म ४८ हजार ५ सय ५०
घर पूर्णरुपमा ध्वस्त भएको छ भने १ लाख ५० हजार जती घरहरुलाई हल्का क्षति
पुगेको छ । उक्त क्षेत्रको उद्धार, सरसफाई र पुन:निर्माणको लागि जापानी
सेनाका सम्पूर्ण बहालवाला, सक्षम रिटायर्ड र रिजर्ब फोर्सका जवानलगायत
अमेरिकी सेनाका १८ हजार जवान परिचालित छन् ।
जापान रेडक्रसले जानकारी गराए आउनुसार बिहीवारसम्म संसारका १६ लाख ६१ हजार ६ सय १५ ब्यक्ति र संस्थाले १ खर्ब ८ अर्ब २३ करोड ३३ लाख १५ हजार ३ सय ४६ जापानी यान (लगभग १ अर्ब २० करोड अमेरिकी डलर) आर्थिक सहयोग गरेका छन । जापानका सम्राज्ञी मिचिको जापान रेडक्रसका आजीवन मानर्थ अध्यक्ष रहनुभएको छ।
बक्तिगतरुपमा सबै भन्दाबढी रकम आर्थिक सहयोग गर्ने मोबाईल फोन कम्पनी सफ्टबैक जापानका अध्यक्ष सोन मासायोसी हुन । उनले १० अर्ब जापानी यान (१२ करोड अमेरिकन डलर) जापान रेडक्रसमार्फत आर्थिक सहयोग गरेका छन । यो भन्दा पहिला पनि उनले सफ्टबैक जापानको तर्फबाट १ अर्ब जापानिज यान सहयोग उपलब्ध गराएका थिए ।
अध्यक्ष सोनले आफ्नो यो बर्षको सबै तलब र भात्ता भुकम्प र सुनामीपीडित बालबालिकाको उत्थानको लागि सहयोग गर्ने घोषणा गरेको छ । उनले एक बर्षमा लगभग १ करोड ८ लाख यान तलब र १ अर्ब ३ करोड यान भात्ता पाउछन । जापानका प्रधानमन्त्री नाओतो कानले दोस्रो विश्वायुद्धपछि बक्तिगतरुपमा सबै भन्दा बढी रकम आर्थिक सहयोग गर्ने ब्यक्तिको रुपमा उनको नाम घोषणा गरेको छ।
यस्तै रकुतेन जापानका अध्यक्ष हिरोसी मिकितानिले १ अर्ब यान आर्थिक सहयोग उपलब्ध गराएका छन । बिदेशी कम्पनिहरुमा Goldman Sachs Group Inc. (GS) ले ५० करोड यान, Morgan Stanley (MS) ले १० करोड यान र JPMorgan Chase & Co. (JPM) ले ५५ करोड यान आर्थिक सहयोग उपलब्ध गराएका छन।
Tokyo Nepal .com

No comments:
Post a Comment