काठमाडौ, चैत्र ३० । नेकपा एमालेका नव नियुक्त मन्त्रीहरुले बुधबार सपथ ग्रहण गरेका छन् । मन्त्रीहरुको दिउसो साढे १२ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथ लिएका हुन् । राष्ट्रपति रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री झलनाथ खनालले मन्त्रीहरुलाई सपथ ग्रहण गराएका छन् ।
पछिल्लो पटक प्रधानमन्त्री झलनाथ खनालले् सोमबार पार्टीका पाँच मन्त्री र सात राज्य मन्त्री समावेस गरेर मन्त्रीमण्डल तेस्रो पटक विस्तार गरेका थिए । मंगलबार सार्वजनिक विदा परेकाले बुधबार सपथ कार्यक्रम राखिएको हो । प्रधानमन्त्रीले उर्मिला अर्याललाई स्थानीय विकास, रघुवीर महासेठलाई सिंचाइ, गोकर्ण विष्टलाई उर्जा, भानुभक्त जोशीलाई वन तथा भू संरक्षण मन्त्रीमा र युवराज कार्कीलाई सामान्य प्रसाशन मन्त्रीमा नियुक्त गरेका छन् । अज्ञात समूहको आक्रमाणमा परी घाइते भई उपचाररत नव नियुक्त उर्जा मन्त्री गोकर्ण विष्टले भने पछि सपथ लिने भएका छन् । विस्तारित मन्त्री परिषदको बैठक अपरान्ह्र तीन बजे बोलाइएको छ । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरु उर्मिला अर्याल स्थानीय विकास रघुवीर महासेठ सिँचाइ भानुभक्त जोशी वन तथा भूसंरक्षण युवराज कार्की सामान्य प्रशासन राज्यमन्त्री राधा ज्ञवाली शिक्षा शत्रुघन महतो स्थानीय विकास दलबहादुर सुनार सिँचाइ रामजी शर्मा ऊर्जा डम्बर सम्बाहाम्फे सामान्य प्रशासन भगवती चौधरी वन तथा भूसंरक्षण ल्हारक्याल लामा अर्थ गोकर्ण बिष्ट ऊर्जा

No comments:
Post a Comment