जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


काठमाडौमा मोटरसाईकल चोरको विगविगी

नरापो न्यूज संवाददाता,
मोटर साईकल चोरी भएको घटना अहिले काठमाडौमा सामान्य बनेको छ । चोरको गाँठो फुक्नुको सट्टा झन्झन् कसिदै गएको छ । प्रहरीले चोरी नियन्त्रणका लागि एक दाउ प्रयोग गर्दा चोरले तीन दाउ प्रयोग गरिसकेको हुन्छ ।
एकातिर प्रहरीले चोरी नियन्त्रणका लागि सक्रियता देखाएको देखिन्छ भने अर्कातिर चोरीका घटना अनियन्त्रित रुपमा सल्कदै गएको छ ।प्रहरीले हप्तै पिच्छे चोरीका मोटर साइकल सार्वजनिक गर्ने गरेको छ । तर अहिले सम्म एकाध घटना बाहेक चोरलाई भने समाउन सकेको छैन । पछिल्लो समयमा काठमाडौ उपत्यकामा मोटरसाईकल चोरको विगविगी बढेको छ ।
प्रहरी तथ्याङ्क हेर्ने हो भने चोरीका घटना झन्झन् बढिरहेका छन् । आर्थिक बर्ष २०६६÷६७ मा मात्र १९३८ वटा मोटरसाईकल हराएको प्रहरीमा निवेदन पुगेको थियो त्यसमध्य ७६१ वटा अनुसन्धानको लागि ल्याएर ४५८ वटा जिम्मा लगाएको प्रहरीले जनाएको छ । त्यो बर्ष ६२ जना मानिस कारवाहीको दायरामा पुगे । त्यसैगरी यो आर्थिक बर्षको अहिलेसम्म आइपुग्दा १४०४ वटा मोटरसाईकल हराएको निवेदन प्रहरीमा छ । त्यसमध्य ६४७ वटा मोटरसाईकल नियन्त्रणमा लिएर अनुसन्धानको लागि ल्याएकोमा ५८४ वटा धनीलाई जिम्मा लगाएको तथ्याङ्कले देखाउँछ । जसमा ३८ जना मानिस कारवाहीको दायरामा आए ।
बढ्दो सवारी साधनले राजधानी काठमाडौका सडक अस्तव्यस्त बनेका छन् । यही व्यस्ततामा पनि छिटो छरितो सवारी भनेर चिनिन्छ मोटरसाइकल । सा“च्चै नै छिटो छरितो सवारी भएर नै होला पछिल्लो समयमा मोटरसाइकलको प्रयोग धेरै भएको पाईन्छ, त्यो पनि देशव्यापी । अहिले काठमाडौं उपत्यकामा मात्र साढे चार लाखको हाराहारीमा मोटरसाइकल रहेका छन् । यसको प्रयोगस“गै चोरीका घटना पनि उत्तिकै बढेको छ । यसरी राजधानीबाट चोरी हुने गरेका प्राय मोटरसाइकलहरु राजधानी आसपासका बाहिरी जिल्लाहरुमा भेटिने गरेको अनुसन्धानमा देखिएको छ ।
मोटरसाइकल चोरीमा अहिले पत्याउनै कठिन हुने खालको अवस्था देखिन थालेको छ । पहिले पहिले राजधानीमा चोरी भएका मोटरसाइकल यहीं बेचबिखन हुन्थ्यो भने अहिले नम्बर प्लेट फेरेर दुर्गम पहाडी जिल्लामा चलाउन थालिएको छ । नियन्त्रणमा आउनुपर्ने यो समस्या झन् झन् चर्किदै गएको छ ।
ट्राफिक प्रहरीले चोरी नियन्त्रण रोक्न प्रयास त गरेको छ तर त्यो प्रयास पर्याप्त हुन सकेको छैन । खुल्ला सिमाना र सीमा सुरक्षकर्मीको चरम लापर्वाहीका कारण चोरीका सवारी साधन सजिलै नाका भित्रिने र बाहिरिने गरेका छन् ।
 http://kuwaitnepal.com/2011/06/29/%E0%A4%A1%E0%A5%8C%E0%A4%AE%E0%A4%BE-%E0%A4%AE%E0%A5%8B%E0%A4%9F%E0%A4%B0%E0%A4%B8%E0%A4%BE%E0%A4%88%E0%A4%95%E0%A4%B2-%E0%A4%9A%E0%A5%8B%E0%A4%B0%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A4%BF%E0%A4%97/#more-37137

Posted by : Narayan Nepal                                                            Source: vishwanews

No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>