नरापो न्यूज संवाददाता,
नेपाली साहित्य वाङमयका मुर्धन्य ब्यक्तित्व
आदि कवि भानु भक्तको स्मृतिलाई जीवितै राख्ने पुनित अभिप्रायले सिडनिमा
"रेडियो कवि सम्मेलन-2011 "को आयोजना गरिएको छ। सिडनिबाट प्रसारण हुने
लोकप्रिय रेडियो" नेपाली आवाज {98.5} को प्रसारण स्टुडियो बाट
अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज ,अनेसास एन एस् डब्लु अस्ट्रेलिया को
आयोजनामा सो सम्मेलन सम्पन्न हुने भएको हो।सो 2000 एफ एम अन्तर्गतको
रेडियो हरेक शनिवार दिउंसो १ देखि २ बजे सम्म प्रसारण हुँदै आएको छ।
जसअनुसार सम्मेलनमा आफ्नो कृति सहित आगामि शनिवार विहान १०।३० बजे ,२५
बेलमोर स्ट्रिट ,बरउडमा उपस्थित भई रेडियोमा "प्रत्यक्ष्य प्रसारण - कविता
वाचनमा " सहभागि हुन सबै अस्ट्रेलियावासि सर्जक हरूलाई अनेसास, एन एस्
डब्लु , अस्ट्रेलियाले अनुरोध गरेको छ। सो रेडियो कविता वाचन कार्यक्रमका
सामग्रिलाई अस्ट्रेलियाका अन्य स्टेटका नेपाली रेडियोहरूले समेत प्रसारण
गर्ने हुँदा यो अवसरलाई सदुपयोग गर्न आयोजक संस्थाले आव्हान असनेपालन्युज
समाचार मार्फत अनुरोध गरेको छ। थप जानकारीको लागि भीमसेन सापकोटा
०४३४५७०३७९ वा {ausnepalnews2@gmail.com} तथा ॠषि आचार्य ०४५१००३१३२ मा
संपर्क गर्न आयोजकहरूले अनुरोध गरेका छन्।
http://www.ausnepalnews.com/index.php?action=news&newsId=14936

No comments:
Post a Comment