सिरहाली एकता समाज दोहा कतारद्धारा आयोजित जलवा डान्स हंगामा २०११
गत २४ जुन शुक्रवार दोहा सिनेमामा दुई चरण गरी सम्पन्न भएको छ ।
नरापो न्यूज संवाददाता, रवि रोषी
नेपालीको मुटुमा हिमाली छायाँ छ, नेपालीलाई नेपालको विछट्टै माया छ भन्ने
देशभक्ति गीतमा हिमाल, पहाड, मधेश र तराईको संस्कृति झल्कने भेषभुषासहितको
गीतले समग्र नेपाली वीच अनेकतामा एकता र भाईचाराको बन्धुत्वभाव प्रकट
गरेको थियो । स्मृति मिश्र र अर्का कार्यक्रम प्रस्तोता घनश्याम मिश्रको
सञ्चालन प्रस्तुती पनि बेजोड रहेको थियो । 
सांगीतिक प्रस्तुतीको प्रवेशमा गायक प्रकाशदास मानसले सन्देशा आती है भन्ने हिन्दी गीत गाएर सवैलाई मुलूक सम्झाउँदै भावविव्हल बनाएका थिए भने तेरे नाम हम ने किया है बोलको गीत पनि गाएर उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।
त्यस्तैगरी रामकसम दिल्ली सरकार हिला दुँ नामको हिन्दी गीत गाएर नृत्यांगना जेसिका खड्काले सवैको मन हल्लाईदिइन् भने डली सरकारले आँख से छल्का आँसु सरावमेँ नामको गीतमा कुशल पायल नृत्य संगै हे राजा आजा तनी कुर्था खोल के भन्ने भोजपुरी गीतमा नाचेर सवैलाई मुग्ध पारिन् । 
दर्शकहरुको माझमा मारेला जोवनवा हिलोर कि चोली फाटजाई ह नामक भोजपुरी गीतमा टिमिक्क परेको चोली लगाएर अस्मिता गिरीले दर्शकलाई सिटबाट उठेर नाच्न बाध्य बनाईदिइन् भने आँखो मे काजल सजादे पिया, पाँवमे पायल पहना देती है भन्ने गीतमा पनि पाउजुको झंकारसंगै त्यत्तिकै जमेकी थिइन् ।

त्यस्तै गरी जेसिकाले जब मेरी कमरिया लचकेरे भन्ने वोलको गीतमा नृत्य प्रस्तुत गर्दै सवैको मन लुट्न सफल रहिन् । आरती चौधरीले सईंयाजी दिलवा मागेला गम्छा विछाइके भन्ने भोजपुरी गीतमा नाचेर सवै दर्शकलाई रुमाल फाल्ने बनाईदिएकी थिईन् भने आरती चौधरी तथा पंकज लगायत अन्य कलाकारहरुको वावा निक निक चलीह मलहारीमेँ भन्ने मैथिली गीतमा पनि त्यत्तिकै मनोरञ्जन दिन सफल भएका थिए ।
त्यस्तै गरी समूह नृत्य प्रस्तुत गर्नेहरुमा पंकज र डोलीको देखके दिलवा मैडमजी लव यु लव यु वोले भन्ने हिन्दी गीतको नृत्य, जेसिका र पंकजको तुतो लागत वाडु गोरी एक लमचु से भन्ने भोजपुरी नृत्य , मुन्नी बदनाम हुई बोलको भोजपुरी भाषामा रिमेक गरिएको गीतमा कुशल नृत्यकार तथा कोरियोग्राफर पंकज र समूहको जिलेवी रे, जिलेवी तोहरा खातिर बोलको नृत्य र डली सरकार तथा अन्य हास्य कलाकारको भोजपुरी कमेडी मिसरीजी बोलको नृत्य पनि त्यत्तिकै जमेको थियो भने फुलौरी विना चटनी कैसे बनी भन्ने गीतमा अस्मिता, जेसिका, डली र आरतीले समूहगत रुपमा आफ्नो नृत्य प्रस्तुत गरी कार्यक्रम समापन भएको थियो 

No comments:
Post a Comment