जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


युरोपमै पहिलोपटक मोनाले भलिबल रनिङ कप जित्यो पोर्तुगलमा‏

नरापो न्यूज संवाददाता,योगेन्द्रमिलन छन्त्याल,
लिस्बोन, पोर्तुगल। हिजो दिउँसोदेखि आज बिहान ४ बजेसम्म लगातार १३ घण्टा सञ्चालन भएको प्रथम नेप्जुम रनिङ कप भलिबल प्रतियोगितामा म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्तुगलले तमु समाज पोर्तुगललाई पछाडि पार्दै युरोपमै पहिलोपटक रनिङ कप जित्न सफल भएको छ ।
इष्टेफानियाको भलिबल हलमा लगभग चार सय दर्शकहरुको समर्थन र हुटिङकाबीच सम्पन्न अति प्रतिष्पर्धात्मक खेलमा मोनाले तमु समाजलाई १ काविरुद्ध ३ सेटको अन्तरले हराउन सफल भएको हो ।

खेल अवधिभर अनुशासित र अति उत्कृष्ट खेल प्रदर्शन गरेवापत मोनाका खेलाडी डम्बर सिंहलाई 'म्यान अफ द म्याच' को घोषणा गरिएको थियो । पुरस्कार वितरण समारोहमा टिम क्याप्टेन, अतिथि र रेफ्रीहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो । उत्कृष्ट र विजेता समूहका खेलाडीहरुलाई प्रमाणपत्र, मेडल र रनिङ कप प्रदान गरिएको थियो ।


प्रमुख अतिथि गैह्र आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य पूर्ण हमालले नेम्जुम क्लबले भलिबल प्रतियोगिताको आयोजना गरेर समस्त पोर्तुगलवासी नेपालीहरुलाई मनोरञ्जन मात्र नदिलाएर खेलकुदको विकास र एकताको लागि सन्देश पनि दिएको कुरा उल्लेख गर्नुभयो । हमालले भन्नुभयो, 'सबै टीमहरुको खेल अत्यन्त राम्रो छ, विजेताहरुलाई बधाई र सबै टिमहरुलाई अगामी दिनमा प्रगतिको कामना गर्न चाहन्छु । किनकि अर्को प्रतियोगितामा कुनै पनि टिमले जित्नसक्ने सम्भावना छ ।'


७ समूहको सहभागिता रहेको प्रतियोगितामा छिमेकी देशका खेलाडीहरु पनि समेटिएका थिए । मोनाका समूहबाट रामप्रसाद पुन (कुहुँ, म्याग्दी), भगवान शाही (राखु, म्याग्दी), डम्बर सिंह (शिख, म्याग्दी), अस्वीन शाही (दरबाङ, म्याग्दी), रमेश भण्डारी (मुना, म्याग्दी), लक्ष्मण पुन (शिख, म्याग्दी), राम्जी भण्डारी (राखु, म्याग्दी), मदन कँडेल (बाबियाचौर, म्याग्दी) र सुरज भट्टचन (म्याग्दी) हुनुहुन्थ्यो । दोश्रो स्थान प्राप्त गर्ने तमु समाज, पोर्तुगलको समूहका खेलाडीहरुमा गङ्गाप्रसाद गुरुङ (कास्की), चित्रप्रसाद गौचन (बागलुङ), सञ्जीव बस्याल (पर्वत), रोशन गुरुङ (कास्की), प्रकाश खड्का (तनहुँ), काजा गुरुङ (कास्की), सुरेश गुरुङ (पर्वत) र वुद्धि गुरुङ (कास्की) रहनुभएको थियो ।


योभन्दा पहिले एनआरएन र मोनाले भलिबल प्रतियोगिताको आयोजना गर्दै आएकोमा यसपटक पहिलोपटक क्लबले आयोजना गरेको हो । अध्यक्ष कविन सेनका अनुसार क्लबले अबका वर्षहरुमा लगातार प्रतियोगिताको आयोजना गर्नेछ ।

No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>