नरापो न्यूज संवाददाता,
काठमाडौँ :पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलनका कारण इन्धन अभाव भएपति उपत्यकाका पेट्रोलपम्पहरुमा उपभोक्ताको लामो लाइन देखिन थालिएको छ । बिहीबार बिहान चारबजेदेखि नै तेल पाउने आशमा पेट्रोल पम्प अगाडि सवारी साधनका लाइन लागेका छन् ।
शसस्त्र प्रहरीको हलचोक पम्प, साझा पेट्रोलपम्प बनस्थली ढुंगेधारा, बालाजु, कलंकी ललितपुरको पुलचोकस्थित साझा पम्प, टेकुस्थित नेशनल ट्रेडिङ कर्पोरेशन, नेपाली सेनाको भद्रकाली र बाँसबारीको थापा पेट्रोलपम्पमा राति देखि नै उपभोक्ता लाइनमा बसेका छन् ।
ती पम्पहरुले बिहान ६ बजेदेखि सीमित मात्रामा पेट्रोल वितरण गरिरहेका छन् । नेपाल आयल निगमले बरौनी–अमलेखगन्ज रुटमा चल्ने ६० वटा ट्याङ्करलाई रक्सौल–काठमाडौं रुटमा स्थानान्तरणको स्वीकृति दिएपनि कार्यान्वयन नगरेको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले भारतीय आयल निगमको रक्सौल डिपोबाट पेट्रोलियम ढुवानी बन्द गरी आन्दोलन गरिरहेका छन् ।
मागअनुसार आपूर्ति नभइरहेको अवस्थामा ढुवानी ठप्पहुँदा इनधनको हाहाकार मच्चिएको हो । तेल अभावको फाइदा उठाएर कालो बजारियाले पम्प सञ्चालकसँग मिलेर बढी मुल्यामा तेल बेचिरहेका छन् ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ संघर्ष समितिले २ दिनभित्र रक्सौल–काठमाडौं रुटमा चल्ने ट्याङ्कर सञ्चालनका लागि इजाजत नदिए पेट्रोलियम ढुवानी पूर्ण रुपमा ठप्प पार्ने चेतावनी दिएको छ ।

No comments:
Post a Comment