काँकडभिट्टा, भारतीय जंगली
हात्तिको एक झुण्डले सोमबार राति झापाको मेचीनगरनगरपालिका १० नकलबन्दा
क्षेत्रका चार को छ । करिव १० बजेतिर नकलबन्दा
प्रवेश गरेको हात्ती समूहले स्थानीय रणबहादुर तामाङ, बलु उराउ, कुनिमा
राजवंशी र श्याम थापामगरको घर भत्काएको हो । तामाङको घर भत्काउनुका साथै
धान, मकै लगायतका अन्नबाली नष्ट गरेको थियो । उनको करिव ७७ हजार ३ सय
रुपैयाँका अन्नबाली र घर नष्ट भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले
जनाएको छ ।
त्यस्तै उराउको घर भत्काएर लत्ता कपडासहित ८८ हजार वढीका
क्ष्ाति भएको छ । राजवंशीको ४१ हजार र मगरको करिव ५ हजारको क्ष्ाति पुगेको
पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment