जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


NRNA - ICC को सचिव पदमा टि. वि. कार्की द्धारा उम्मेदवारी घोषणा

नरापो न्यूज संवाददाता, गोरखाली अनलाईन डटकम  
दोहा - कतारमा व्यवसायीको रुपमा चिनिने टि.बी. कार्कीले नजिकै हुन गई रहेको गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदमा उम्मेदवारीको घोषणा गरेको छ। हिजो शुक्रबारका दिन कार्कीले एक प्रेस विज्ञप्ती जारी गर्दै सो घोषणा गरेको हो ।

विभिन्न समाजिक संघ संस्थामा आबद्ध कार्की गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद पुर्व सदस्य पनि हुनुहुन्छ ।

प्रेस विज्ञप्ती
विषयः गैर आवासीय नेपाली संघअन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदमा उम्मेदवारी ।

आदरणीय गैर आवासीय नेपाली दाजुभाई, दिदीबहिनी तथा पत्रकार मित्रहरु,
सार्क मुलूकभन्दा वाहिर प्रवासमा बसोवास गर्ने २५ लाखभन्दा बढी नेपाली समुदायको प्रेरणाको श्रोत तथा सम्पुर्ण नेपालीहरुको साझा मञ्चको रुपमा स्थापित भएको एकमात्र सामाजिक संस्था \"गैर आवासीय नेपाली संघ\" अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनएआइसीसी) को यहि आउँदो १२ देखि १४ अक्टोवर (२५ देखि २७ असोज) सम्ममा काठमाण्डौँमा हुन गईरहेको पाचौँ विश्व सम्मेलनको पूर्वसन्ध्यामा म सम्पुर्ण गैर आवासीय नेपाली मित्रहरुलाई हार्दिक स्वागत तथा शुभकामना ब्यक्त गर्दछु ।
यसै पृष्ठभुमिमा म लामो समयदेखि गैर आवासीय नेपाली संघको कुनै न कुनै जिम्मेवारीमा रही आफुलाई क्रियाशील गराउँदै आइराखेको यहाँहरूलाई अवगत गराउन चाहन्छु । राष्ट्रिय समन्वय परिषद कतारदेखि अन्तर्राष्ट्रिय समन्वय परिषदको विभिन्न पदमा रही एनआरएनको अभियानलाई अगाडि बढाउने क्रममा आसन्न पाँचौ गैर आवासीय नेपाली संघको विश्व सम्मेलनमा ‘‘गैर आवासीय नेपाली संघअन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव’’ पदमा उम्मेदवारी दिई एनआरएन अभियानमा अझै बढि सकृयता र प्रतिबद्वतापुर्वक सहभागि रहने मनशाय बनाएको छु । यस अभियानमा लाग्नुभएका सम्पुर्ण मेरा आदरणीय र सम्मानित यस संस्थाका प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार, अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, महिला प्रतिनिधी तथा विभिन्न क्षेत्रका क्षेत्रीय संयोजकज्युहरु, अन्तर्राष्ट्रिय परिषदका सदस्य मित्रहरु, विभिन्न ५७ मुलूकमा गठन भएका एनआरएनएएनसीसीका अध्यक्ष लगायत पदाधिकारीज्युहरु तथा सम्पुर्ण परिषद सदस्य साथीहरु र एनआरएन अभियानमा जुटेर प्रवासको साथै राष्ट्रलाई प्राणभन्दा प्यारो ठानी कसरी शान्त, समृद्ध सम्पन्न बनाउन सकिन्छ भनी सो कार्यमा अहोरात्र खट्नुहुने सम्पुर्ण गैर आवासीय नेपाली मित्रहरु समक्ष यो मेरो प्रतिबद्वता र घोषणा प्रस्तुत गर्दै मेरो उम्मेदवारीमा यहाँहरूको सदासयताका लागि हार्दिक अपील गर्न चाहन्छु ।
तपाईं हामीहरुले चाहेको राष्ट्रको उन्नती, प्रगतीको अभिन्न अंग बनिसकेको एनआरएन अभियानलाई आउँदो पाँचौँ विश्व सम्मेलनमा यहाँहरुको गरिमामय उपस्थितीले अझ प्रगाढ र मजबुत बनाउने छ भन्ने पुर्ण विश्वास लिएको छु । यहाँहरुको सुझाव, सल्लाहको साथै पूर्ण सहयोगको अपेक्षा गर्दछु ।
सचिवमा मेरो उम्मेदवारी किन ?
विगत लामो समयदेखि एनआरएन अभियानको क्रममा बटुलेका विस्तृत अनुभवहरूबाट भविश्यको सुखद र उपलब्धिमुलक यात्रा तय गर्नका लागि हामी अव तयारी अवस्थामा छौं । एनआरएनका साझा उद्धेश्यहरूलाई मार्गदर्शक सिद्वान्त मान्दै अघि बढ्न, प्रवासमा नेपाली समुदायमाझ सहयोग र सद्भावको भावनालाई अझ मजबुत बनाउन, राष्ट्रलाई शान्त, सम्बृद्ध र सम्पन्न बनाउने अभियानमा प्रतिबद्व पाइलाहरू अझै अघि सार्न, एनआरएनए आईसीसीको निर्देशिका र विभिन्न समयमा घोषणापत्रमा तयार पारिएका उल्लेखित विषयलाई सम्पुर्ण गैर आवासीय नेपाली एवं राष्ट्र समक्ष अझै बलियोरुपमा प्रस्तुत गर्न र समग्रमा हाम्रो साझा अभियानका लक्ष्य तथा उद्धेश्य पुरा गराउन म लगायत हामी सवैको प्रमुख दायित्व ठानेर मैले सचिव पदमा मेरो उम्मेदवारी प्रस्तुत गरेको ब्यहोरा निवेदन गर्दछु ।
एनआरएन अभियान र एनआरएनको उद्देश्य पूर्ति गराउनका लागि मेरा पहलहरु निम्न रहनेछन्
१) नेपालमा एनआरएनए दर्ता
संस्थालाई विधिवतरुपमा दर्ता गराउनु अनिवार्य भइसकेको छ । स्थापनाकालदेखि हालसम्म एनआरएनए अभियान ५७ भन्दा बढि देशमा पुगिसकेको अवस्थामा प्रवासी नेपालीहरुको लागि मात्र होइन, आज नेपालमा बस्ने हरेक नेपालीहरुको भरोसाको केन्द्र एनआरएनए भइसकेको छ । यसरी आम नेपालीहरुले भरोसा गरेको हाम्रो संस्था एनआरएनको सहभागिता विना नेपालको विकासको कल्पना गर्न पनि सकिदैन । एनआरएनको सहभागितामा मात्रै नेपाल र नेपालीहरुको उज्यालो भविष्य सुनिश्चित हुन्छ भन्ने कुरा आज हरेक गैर आवासीय नेपाली तथा राज्यमा बसोवास गर्ने सम्पुर्ण नेपालीहरु, हरेक राजनीतिक दल वा विभिन्न संघसंस्थाले बुझिसकेको अवस्थामा हाम्रो संस्थालाई हाम्रो विधान एवं निर्देशिकालाई आधार मानी दर्ता गराउनुपर्ने मूल दायित्व हामी माझ आइसकेकको छ ।
संस्थालाई विधिवत दर्ता नगराउँदा एनआरएनको मातहतमा रहनेगरी नेपालमा एनआरएन कार्यालय भवन बनाउनलाई एकातिर कठिनाई भइराखेको छ भने अर्को तर्फ कार्यालय भवन नहुँदा हामीले विभिन्न समयमा घोषणा गरेका बुँदाहरु अन्तर्गत लगानीका विषयलाई राज्यले विश्वाश नगरेको जस्तो देखिएको छ । संघको आफ्नै घर÷कार्यालय छैन, एनआरएनहरुले खरबौँको लगानीका कुरा गर्छन् भन्ने भ्रमलाई चिर्नको लागि हामी जे बोल्छौँ त्यो गर्छौंभन्ने प्रमाणित गर्नु आजको टड्कारो आवश्यकता देखिएको छ । एनआरएनको पहिचानलाई कमजोर नबनाउनको लागि ढिला नगरी अविलम्ब दर्ता र आफ्नो स्वामित्वमा रहने गरी भवन बनाउनुपर्ने दायित्व हामी माझ आइपरेको छ । अर्को महत्वपुर्ण र गहन पक्ष संस्था दर्ता नभएको कारण अविश्वाशले जरा गाडेकोले सामूहिक लगानी र सुरक्षित आप्रवासनको कार्य सुगम नभएको देखिएको छ भने आम एनआरएनहरुमा केहि अन्यौल पनि छाएको छ ।
कल्याणकारी काम तथा देशको सर्वाङ्गिण विकासका निम्ति एनआरएनहरूले आआफ्नो तरिकाले लगानी प्रशस्तै गरेको दृष्टान्त हामीमाझ यथेष्ट छन् । उहाँहरूप्रति देश र आम आावसिय÷गैर आवासीय नेपालीजन निकै कृतज्ञता पनि छौं । यद्यपि नेपालमा एनआरएन स्वयं दर्ता नहुनुका कारण नितान्त एनआरएनको नाममासंस्थागतरुपमा लगानी प्रतिनिधित्व हुन नसकेको हो । यसर्थ दर्ता प्रक्रियामा पहलकदमी चाल्नु प्रमुख दायित्व बन्न जान्छ भन्ने मेरो विश्वास रहेको निवेदन गर्दछु ।
२) निर्णयको कार्यान्वयन
हरेक दुई बर्षमा भईरहेको विश्व सम्मेलन तथा विभिन्न समयहरुमा आयोजना हुने गरेका सभा गोष्ठी तथा सम्मेलनहरुमा प्रायशः कार्ययोजनाका खाकाहरु घोषणा गरिराखेका छौँ तर घोषणा गरिएका प्रमुख विषयहरु कुन रुपमा कार्यान्वयन भैरहेकाछन्, कति कार्यहरु पुरा भए र अब कति कार्यहरु पुरा हुन बाँकी छन् भन्ने लेखाजोखा वा छलफल कमै मात्र हुने गरेको छ । ति सम्पुर्ण विषयहरुलाई पुरा गर्नका लागि कार्यसमिति, टास्कफोर्स, सल्लाहकार, संरक्षक, महिला प्रतिनिधी लगायत सम्पुर्ण समूहमा रहेका साथीहरुबाट कम्तीमा ६ महिनादेखि एक बर्षमा आआफ्नो जिम्मेवारीमा परेका विश्व सम्मेलन र क्षेत्रीय सम्मेलनका घोषणाहरुमाथि छलफल, कार्यप्रगती विवरण प्रस्तुतीका साथै बाँकी रहेका कार्यहरु पुरा गराउनका लागि उपयुक्त समीक्षा, बैठक कार्यक्रमहरू आयोजना गर्नुपर्दछ । हामीले घोषणा गरेका विषयहरु तोकिएको समयमा र तोकिएको मापदण्डभित्र पुरा गराउन सकेमात्र संस्थाको निर्णयहरु कार्यान्वयन गरी गरिमा उच्च राख्न सकिनेछ । यसबाट मात्र गैर आवासीय नेपालीहरुको हाम्रो संस्थाप्रति उत्साहजनक सहभागितामा बृद्धि हुनेछ ।
३) एनआरएनए डेस्क
राज्यले एनआरएनएलाई मान्यता र उच्च महत्व दिइसकेको अवस्थामा दुतावास भएका हरेक मुलुकमा गैर आवासीय नेपालीहरूलाई हेर्ने एनआरएनए डेस्क हुुनुपर्छ । बैदेशिक रोजगारीमा आएका श्रमजिवी नेपालीका समस्या समाधानमा यो डेस्क उपयोगी औजार बन्न सक्ने मेरो विश्वास छ ।
४) बैदेशिक रोजगारीमा देखिएका समस्त समस्याहरुलाई हल गर्नका लागि
बैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र समस्यारहित तुल्याउन एनआरएनएआइसिसी अन्तर्गत बैदेशिक रोजगार टास्कफोर्सको व्यवस्था छ । एनआरएन आईसीसीले बैदेशिक रोजगारमा पठाइने मूलुकमा भएका एनआरएनएएनसीसीहरुबाट सत्यतथ्य विवरण मागी त्यही विवरणका आधारमा टास्कफोर्सले कार्य गरेमा उचित व्यवस्थापन र समाधानको बाटो खुल्ने देखिन्छ । यसका लागि टास्कफोर्सहरुको कार्यप्रगती विवरण हरेक ६÷६ महिनामा अनिवार्य आईसीसीसमक्ष पठाउनुपर्ने प्रावधानलाई निर्देशिकामा वाध्यात्मक व्यवस्थाकारुपमा लागू गराउनु उपयुक्त तथा उपलब्धिमुलक हुने देखिन्छ । टास्कफोर्सहरुका विवरणको आधारमा आईसीसी एवं एनसीसीहरु आफैँले बैदेशिक रोजगारमा देखिएको समस्या समाधानमा उल्लेखनिय भूमिका निर्वाह गर्नुपर्दछ साथै यसको जानकारी सम्बन्धित एनसीसीहरुद्धारा सम्पुर्ण गैरआवासीय नेपालीहरुमाझ पु¥याउने व्यवस्था गर्नुपर्दछ भन्ने मेरो विश्वास छ ।
क) गैर आवासीय नेपाली संघले बैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउने कार्यमा स्थापनाकालदेखि नै राज्यसमक्ष धेरै कुराहरु उठान गरिराखेको छ । साथै केहि उपलव्धिहरु हामीले प्राप्त पनि गरिसकेका छौँ । यहि सिलसिलामा १० हजारभन्दा बढी नेपाली वसोवास गर्ने मुलूकहरुमा दुतावास वा महावाणिज्यदुतावास स्थापनाको सवालमा हाल धेरै मुलुकहरुमा दुतावास स्थापना भइसकेका छन् । यद्यपी बहराइन, ओमन, यमन लगायतका नेपाली वसोवास गरी रहेका मुलूकहरुमा अझसम्म पनि दुतावासको स्थापना हुन सकिरहेको छैन । हामी सरकार समक्ष सदैव ति मुलूकहरुमा चाँडोभन्दा चाँडो दुतावास स्थापना गर्नका लागि बारम्बार सरकारलाई घच्घच्याईराखेका छौँ । मलाई आशा छ, निकट भविश्यमा ति मुलूकहरुमा पनि दुतावास स्थापना गराई नेपाली समुदायलाई आवश्यक सहयोग हुनेछ ।
ख) बैदेशिक रोजगारीमा आउँदा हुने विभिन्न प्रकृतिका घटनाहरु माथि विमा कम्पनीद्धारा छुट्याइएको विमा शुल्क अन्तर्गत मृत्यु भएमा...भन्ने शीर्षकमा हाल दिइरहेको क्षतिपूर्तिलाई बढाएर प्रतिव्यक्ति १० लाख दिलाउने कार्यमा एनआरएन सदैव क्रियाशील रहनुपर्दछ ।
ग) बैदेशिक रोजगार कल्याणकारी कोषमा झण्डै ६० करोडभन्दा बढी रकम संकलन भएको सरकारी तथ्यांक हामीसामु छ । सो रकमबाट प्रवासी जीवन विताइरहेका नेपालीहरु कुनै कारणवश दुर्घटना भएर अपाङ्ग भएमा वा मृत्यु भएमा क्षतिपूर्ति वा निजको पार्थिव शरिर नेपालसम्म पु¥याउने लगायतका कल्याणकारी कार्यमा सहयोग गर्नुपर्दछ भन्ने हाम्रो माग रहदै आएको छ । अर्कोतर्फ, बैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको कुनै कारणवश दुर्घटना वा मृत्यु भएमा, उनीहरुप्रति आश्रित परिवारजनको शिक्षादिक्षा, पालनपोषणको दायित्व पनि राज्यले लिनुपर्दछ भन्ने हाम्रो जोडदार माग छ । यसलाई पनि गैर आवासीय नेपाली संघले आफ्नो एजेण्डा बनाएर लैजानुपर्दछ ।
घ) खाडी मुलुकमा हाउसमेडवारे
नेपाल सरकारले विभिन्न मापदण्डहरू काय गर्दै खाडी मुलुकमा घरेलु सहायककारुपमा महिला कामदार (हाउसमेड) पठाउन औपचारिक स्विकृति दिएको अवस्था छ । आवश्यक गृहकार्य विना नै सरकारले लिएको यो निर्णयले खाडी क्षेत्रका लागि मुलुकपिच्छे फरक मापदण्ड तय हुन पुग्दा समस्याको जोखिम बढेको हाम्रो अनुभव छ । सरकारले खाडी मुलुकहरू सवैका लागि साझा मापदण्ड तय गर्नुपथ्र्यो । तर त्यसो हुन नसक्नु त्रुटिपुर्ण देखिएको छ । खाडीमा एकदेशबाट अर्कोमा घरेलु कामदार लैजान सकिने ब्यवस्था रहेको हुँदा स्पोन्सरले आफुलाई अनुकुल र कम खर्च आउने देशमा हाउसमेड मगाउने र आवश्यकतानुसार अर्को देशमा काममा पठाउन सक्ने हुँदा मानव ओसारपसारको समस्या आउनसक्ने जोखिमको स्थिति पनि देखिएको छ । जीवनशैली र रहनसहनको खर्च एकै किसिमको रहेका जिसिसीका मुलुकहरूका लागि फरकफरक मापदण्ड तय गरिनुले यस्तो समस्या आउनसक्ने भएको हो । जिसिसीका नागरिकहरूहरू एक देशबाट जिसिसीको अर्को देशमा सजिलै आवतजावत तथा बसोवास गर्दछन् र उनीहरूको खेतीपाती, बन्दब्यवसाय पनि विभिन्न देशहरूमा फैलिएको हुन्छ । यसले गर्दा हाउसमेडहरू एउटा देशबाट मगाउने र अर्को देशमा काममा पठाउने प्रबृत्ति बढ्नसक्छ । यी अब्यवहारिक मापदण्डहरूलाई सच्चाएर सरकारबाट हाउसमेडहरूबारे उपयुक्त अनुगमन हुनुपर्दछ भन्ने हाम्रो माग जोडदार रहनेछ ।
ङ) भन्सार सुविधा
आजको २१ औँ शताव्द्वीमा नेपालको अर्थतन्त्रको प्रमुख हिस्सा ओगट्ने रेमिटान्सबाट विश्व अर्थतन्त्रमा विश्वव्यापी आर्थिक मन्दी तथा आन्तरिक द्धन्दमा फसेको नेपालको आर्थिक अवस्था धराशायी हुनबाट बचाउने प्रमुख कार्य गैर आवासीय नेपालीहरुले गरेका छन् । गैर आवासीय नेपालीहरुलाई राज्यबाट बाहिरीने बित्तिकै राज्यको दायित्व नभएको जस्तो व्यवहार राज्यका तर्फबाट भइरहेको छ । तसर्थ अब एनआरएनले यी विषयहरुलाई जोडदार रुपमा उठान गराउनुपर्दछ । सम्पुर्ण गैर आवासीय नेपालीहरुलाई उनीहरुले आफु बसोवास गरेको मुलूकबाट नेपाल फर्कदा एयरपोर्टमा लाग्ने भन्सारशुल्क हरेक सामानमा १÷१ थान लैजादा निशुल्क लैजान पाउनुपर्दछ । गैर आवासिय नेपालीलाई यो विशेष भन्सार सहुलियत हुनुपर्छ भन्ने हाम्रो माग हो । तर, यसो भनिरहँदा हामी सरकारलाई प्राप्त हुने राजश्वमा अनावश्यकरुपमा कमि नआओस् भन्नेमा सचेत पनि छौं । त्यही सामान यदि गैर आवासीय नेपालीले अर्को व्यक्तिलाई बिक्रि गर्छन् भने चाहिँ भन्सार शुल्क तिर्नुपर्ने व्यवस्था लागू हुनुपर्दछ ।
अन्तमा
विदेशमा रहेका हरेक नेपालीजनले गैर आवासीय नेपाली संघलाई साझा संस्थाकारुपमा अन्र्तमनबाटै ग्रहण गरेर प्रचलित नियमावली तथा निर्देशिका बमोजिम आवद्वता जनाएको खण्डमा यो संस्था एकापसका सुखदुख साटासाट गर्ने चौतारीकारुपमा विकसित हुने मेरो विश्वास छ । यो समाजिक ऐक्यबद्वताका लागि आफुसक्दो पहल गर्नेछु र हामी सम्पुर्ण नेपालीजनमा विभाजनका कुनै पनि मानसिकता नभई आपसी सुमुधर सम्बन्ध र सद्भावलाई बढावा दिन मेरो तर्फबाट हरेक पहल गर्ने प्रतिबद्वता ब्यक्त गर्दछु ।
माथि उल्लेखित लगायतका अन्य तमाम विषयहरुलाई आउँदो कार्यकालमा अगाडि बढाउने अभियानमा तपाईंहरुको राय, सल्लाह र सुझाव बमोजिम प्रतिबद्वतापुर्वक दिलोज्यानले क्रियाशिल रहने हार्दिक प्रण गर्दै आउँदो कार्यकालका लागि म आम गैर आवासीय नेपालीहरुको तर्फबाट एआरएनए आइसीसीको सचिव पदमा उम्मेदवार हुने घोषणा गर्दछु । आशा छ, भरोसा छ, पुर्ण विश्वास छ, आउँदो कार्यकालको लागि मेरो उम्मेदवारीमा तपाईंहरुको साथ, सहयोग र समर्थन रहनेछ ।

धन्यवाद
टि. वि. कार्की
दोहा, कतार ।

No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>