नेपाली राजदूतावास रियादको आयोजनामा तथा नेपाली समुदाय साउदी अरबको सहयोग र सहभागितामा ६ जुलाई २०११ को राती साउदी अरबको पुर्बी शहर खोबारस्थित दहरान इन्टरनेशनल होटलमा नेपालको पर्यटन बर्ष भब्यतापुर्बक मनाइएको छ ।
बिभिन्न २४ वटा मुलुकहरूका गरी कूल ११० जना अतिथीहरू सहभागी रहेको यस कार्यक्रममा नेपाल र नेपालको पर्यटनका बारेमा यथेष्ट जानकारीहरू पस्किएको थियो ।
बिभिन्न २४ वटा मुलुकहरूका गरी कूल ११० जना अतिथीहरू सहभागी रहेको यस कार्यक्रममा नेपाल र नेपालको पर्यटनका बारेमा यथेष्ट जानकारीहरू पस्किएको थियो ।
का. बा. राजदुत हरिश्चन्द्र घिमिरेज्युले नै बिशेष समय लिई बिभिन्न स्लाइडहरू मार्फत नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, पर्यटकिय स्थलहरू तथा उपलब्ध सुविधाहरूबारे सदृश्य जानकारी गराउनुभएको थियो । यस कार्यक्रमका हिरो भने साउदी नागरिक फारूख जोमो बनेका थिए । फारूख जोमो सफलतापुर्बक सगरमाथा आरोहण गर्ने पहिलो साउदी हुन । यो कार्यक्रममा उनलाई नेपाली दूतावासका तर्फबाट का.बा. राजदूतज्युले नेपाली ढाकाको टोपी तथा खादा पहिर्याई उपहार सहित सम्मान गर्नुभएको थियो भने नेपाली समुदायका तर्फबाट एनआरएनए साउदी अरबका अध्यक्ष धरम के.सी.ले पुष्प गुच्छाले फारूखलाई स्वागत गर्नुभएको थियो । सगरमाथा आरोहण तथा नेपाल भ्रमणको उनको अनुभुति समेटिएको आफ्नै बिशेष प्रस्तुति पनि राखे फारूखले जुन साउदी लगायत त्यहां उपस्थित सबै सहभागीहरूका लागि बिशेष जानकारीमुलक, आकर्षक र प्रभावकारी बनेको थियो । कार्यक्रममा नेपाल पर्यटन बोर्डबाट उपलब्ध गराइएको एडभेञ्चर नेपाल नामको बृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । दुतावासका तृतीय सचिव शरद पौडेलको स्वागत मन्तब्यबाट शुरू भएको यस कार्यक्रममा नेपाली समुदायका तर्फबाट आफ्नो मन्तब्य राख्दै धरम के.सी.ले उपस्थित सबै पाहुनाहरूलाई आफ्नो जीवनमा कमसेकम एकचोटी सुन्दर नेपालको भ्रमण गर्नुहुन आग्रह गर्नुभएको थियो । एनआरएनए साउदी अरबका महासचिव पुरूषोत्तम श्रेष्ठले सञ्चालन गर्नुभएको यस कार्यक्रमको अन्त्यमा समापन मन्तब्य दिनुहुंदै का.बा. राजदुतज्युले कार्यक्रममा सहभागी भइदिनुभएकोमा सबै बिदेशी पाहुनाहरूलाई धन्यवाद दिनुभयो साथै कार्यक्रम आयोजनामा सघाउनुहुने नेपाली समुदायका सबै अग्रजहरूको सराहना पनि गर्नुभयो । यस कार्यक्रममा साउदी अरबको पुर्बी क्षेत्रका जुबैल, कतिफ, दमाम, खोबार, अबकिक, उदैलियाबाट तथा ४५० कि.मी.को दूरी छिचोल्दै मध्य क्षेत्र (रियाद)बाट समेत उल्लेखनीय उपस्थिती रहेको थियो । उपरोक्त पर्यटकिय प्रस्तुतीहरू पश्चात सबै सहभागीहरू रात्रीभोजमा सामेल हुनुभएको थियो र जाने बेलामा नेपाल पर्यटन बोर्डबाट साउदी अरब पठाइएका पर्यटन प्रबर्द्धन सामाग्रीहरू (पर्चा, पोस्टर, सिडी आदि) सहितको NEPAL TOURISM YEAR 2011 लेखिएको झोला सबै सहभागीहरूलाई दिइएको थियो ।

No comments:
Post a Comment