जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


मलेसियामा पहिलो पटक खगेन्द्र उत्सव

नरापो न्यूज संवाददाता,
क्वालालम्पुर । नेपाल पर्यटन वर्ष २०११ को प्रवद्र्धन गर्ने उदेश्यका साथ विश्वकै होचो व्यक्तिको नाममा गिनिज वुक (विश्व किर्तिमानी) मा नाम लेखाउन सफल भई सकेका सद्भावना राजदुत खगेन्द्र थापा मगर को प्रत्येक्ष उपस्थितिमा मलेसिया व्यापी खगेन्द्र उत्सव Visit Nepal 2011  को कार्यक्रम यहि आउँने अगष्टमा भव्य गर्ने भएको छ ।


वुधवार क्वालालम्पुरमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै प्रवासी मगर संघ मलेसियाका अध्यक्ष सुन्दर आलेले नेपाल सरकारले ल्याएको कार्यक्रमलाई सफल वनाउन कार्यक्रम गर्न थालिएको जानकारी गराउनु भयो । प्रवासी मगर संघले आयोजना गरिएको उक्त कार्यक्रममा मलेसियाको प्रमुख चार्ड हरिरायाको लामो छुट्टीको अवसर पारेर राष्ट्रिय स्तरको पहिलो पटक खगेन्द्र उत्सवVisit Nepal 2011  को कार्यक्रमको आयोजना गरिएका हो । नेपालको ईतिहासमा विश्वको दोस्रो होचो मान्छेको नाममा उत्सव तथा भिजिट नेपाल २०११ मनाउँन पाउँदा आयोजकले खुशी व्यक्त गरेको छ । कार्यक्रम २०११ अगष्ट २८ जोहोरबारु, ३० अगष्ट पेनाङ, ३१ अगष्ट क्वालालम्पुर, १ सेप्टेम्बर पोर्टकेलाङ, २ सेप्टेम्बर स्पेशल कार्यक्रम हुने कुरा पत्रकार सम्मेलन मार्फत गत बुधवार जानकारी दिएको छ ।
खगेन्द्र उत्सवVisit Nepal 2011  को लागि अतिथी तथा आमन्त्रित राष्ट्रिय कलाकारहरुमाः होचो व्यक्ति तथा गिनिज वुक अफ नाम लेखाउन सफल भइसकेका : खगेन्द्र थापा मगर, पपगायक : क्रान्ति आले, नायिका : करिस्मा मानन्धर, लोकगायिकाः मुना थापा, लोकगायक सुमन बुढामगर, डान्सर तथा मोडल अनिता रन्जितकार, कार्यक्रम सञ्चालिका : संगिता श्रेष्ठ, हाँस्यकलाकार : सुशिल कुमार थापा, खगेन्द्र प्रतिष्ठानका अध्यक्ष : मिन बहादुर थापा, खगेन्द्र थापाका वुवा : रुप बहादुर थापा र नृत्य निर्देशक: गोविन्द राई, को उपस्थितमा मलेसिया व्यापी उक्त कार्यक्रम हुने भएको छ ।
खगेन्द्र उत्सवको लागि सम्पूर्ण कानुनी कामहरु युनिक यसोसेट एसडीएन.विएचडी. मलेसियाले जिम्मा लिएको छ भने  कार्यक्रमलाई नेपाल दुतावास मलेसिया, एनआरएन मलेसिया, नेपाल टुरिजम वोर्ड, नेपाल एअर लाईन्सले सहयोग गर्ने भएको छ । खगेन्द्र उत्सव-Visit Nepal 2011  तपाई हाम्रो आफ्नै कार्यक्रम भएकोले यस कार्यक्रमलाई पक्कै पनि आफ्नो—आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुनेछ भन्ने आयोजक प्रवासी मगर संघले आशा राखेको छ । कार्यक्रमको लागत खर्च करीव दुई लाख पचास हजार रिगेंट रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । कार्यक्रम सफल हुनेमा निकै आशावादी रहेको र वचत रहेको रकम नेपाली श्रमिकहरुकै लागि सहयोग हुने गरि नेपाल दुतावास तथा खगेन्द्र प्रतिष्ठानमा जम्मा गरिने जानकारी गराईएको थियो ।
सुन्दर आले/मलेसिया

No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>