जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


सामाजिक नायकहरुको नामावली सार्बजनिक

अमेरिकाको साहित्य सम्मेलनमा सम्मानित हुने सामाजिक नायकहरुको नामावली सार्बजनिक 

विजय थापा ,
भर्जिनिया ,अमेरिका ,मंगसिर ४ 

नोवेम्बर ३० र डिसेम्बर १ तारिखको दिन डिसीमा महानगर क्षेत्रमा हुने तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा विभिन्न विधामा विशिष्टता हासिल गरि अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउने दश जना नेपाली तथा नेपाल र नेपालीहरुलाई विशिष्ट रुपमा सहयोग गर्ने तीन जना विदेशीहरुलाई सम्मान गरिने पूर्व सूचना अनुसार उनीहरुको नामावली सार्वजनिक गराउदै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को ईतिहासमा पहिलो पटक यस्तो विधामा सम्मानित गर्न लागेको कुरा सम्मेलन संयोजक सीता पाण्डेले बताईन l

साहित्यिक सम्मेलनमा सम्मानित हुने नेपालीहरुमा अमेरिकाका लागि नेपाली राजदूत शंकर प्रसाद शर्मा (बिद्या वारिधि ) ,सी एन एन नायक (हिरो )पुष्पा बस्नेत तथा क्यानाडाकी महिला अधिकारकर्मी तथा समाज सेवी राधा बस्नेत परेकी छिन l यसै गरि गैर आवासीय नेपाली संघका वर्तमान अधक्ष्य तथा अस्ट्रलिया कै धनाड्य ब्यबसायी शेष घले ,नेपाल खेलकूद परिषदका महा सचिब युवराज लामा तथा लक्ष्मी प्रतिष्ठान नेपालका संस्थापक तथा आफ्ना दुई पुत्रहरु नौ महिनाको अन्तरालमा सडक दुर्घटनामा गुमाएका बिष्णु गौतम ,जुन प्रतिष्ठानले यातायात सचेतना कार्यक्रम तथा महिला चालक तालिममा अभूतपूर्व काम गर्दै आएकोले सम्मान गरिने भएको छ l

संचार क्षेत्रको लागि न्युजर्सी अमेरिकाबाट संचालित युएस नेपाल अनलाइन डटकमका सम्पादक प्रदीप थापा ,नर्थ कारोलिना ,अमेरिकाकाका विश्व बिद्यालयका प्राध्यापक तथा साहित्यकार हरिहर प्रसाद भट्टराई (बिध्या वारिधि ),नेपाली साहित्य विकास परिषद ,बेलायतका अधक्ष्य खगेन्द्र नेपाली तथा भारत सिक्किमका नेपाली मूलका सु-प्रसिद्ध कवि राजेन्द्र कुमार भण्डारी ,जस्को कविता संग्रहलाई नोवल पुरस्कारको लागि पनि सिफारिस गरिएको थियो भने वहाहरुले बिबिध क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै सम्मान गरिने भएको छ l

सम्मानित हुने तीन जना विदेशी सामाजिक नायकहरुमा अमेरिकाको फ्लोरिडा राज्यबाट अमेरिकी प्रतिनिधि सभाका सदस्य तथा एनडर क्रेनसह ,सह-अधक्ष्य नेपाल कांग्रेसनल ककस छन भने यसै गरि कोलोराडो अमेरिकी प्रतिनिधि सभाका सदस्य जरेड पोलिस ,सह-अधक्ष्य नेपाल कांग्रेसनल ककस वाशिंगटन डिसीलाई पनि अभिनन्दन गरिने भएको छ l अर्की बिदेशी युवती ,न्युजर्सी अमेरिकामा जन्म भै हाल सुर्खेतमा जनयुद्ध ताका सडक तथा अनाथ बन्न पुगेका बालबालिकाहरुको निम्ति पाठशालाको संचालन गर्दै आएकी म्यागी डोयेंनलाई पनि अभिनन्दन गरिने भएको जानकारी गराईएको छ l म्यागी अमेरिकामा आफुले बच्चा हेरेर संचित गरेको पांच हजार डलरबाट सुरु गरेकी थिईन l 

सम्मानित हुनेहरुको नामावलीको सिफारिस र अनुसन्धान गर्ने जिम्मेबारी समाजसेवी राजा घलेको संयोजकत्वमा भएको छ l घलेको सिफारिस समितिमा बोस्टन हार्वड विश्व विद्यालयका सह-प्राध्यापक डा शिव गौतम, न्यु योर्कका कानुन व्यवसायी विनोद रोका तथा कनेक्टिकट विश्वविद्यालयकी विद्या रंजित (बिध्या वारिधि )रहेका छन् l सिफारिस समितिका संयोजक राजा घलेले छोटो समयको अवधिमा यो काम फत्ते गर्नु चुनौती थियो भने अवसर पनि उत्तिकै भएकोले अहोरात्र मेहनत गरि सामुहिक रुपमा मिलेर काम गरि सिफारिस गरेका छौ भने l यसै गरि कनेक्टिकट विश्वविद्यालयकी विद्या रंजित (बिध्या वारिधि ) बिश्वभरिबाट बिभिन्न नाम छनौट गर्नु कठिन भएता पनि यहि समाजका गतिबिधिको नजदिकबाट अवलोकन गर्ने भएकोले नाम जुटाउन निक्कै कसरत गर्नु परेको बताईन l  सिफारिस समितिले अत्यन्तै कडा मेहनत तथा गम्भीरता पूर्वक काम गरेकोमा हर्ष व्यक्त गर्दै अनेसासका संस्थापक तथा साहित्यकार होमनाथ सुबेदीले सिफारिस समितिको तारिफ गरे l

बिदेशीहरुको नाम सिफारिसमा अमेरिकी राजदूतावासमा विगत धेरै बर्ष कामगरि हाल वाशिङ्गटन डि.सी.मा नेपाली समुदाय बीच गहिरो अध्ययन भएकी अनुभवी नताशा बासले राजदूत शंकर प्रसाद शर्मासंग समन्वय गरि नाम आयोजक समिति समक्ष प्रस्तुत गरिएको जनाईन l सम्मानित हुनेहरुको नामावली सिफारिस समितिले आयोजक समिति पठाए पछि वहाहरु जस्ता दिग्गजहरुले गरेको कार्यलाई सर्वसम्मतिले पारित गरेको जानकारी सम्मेलन संचार निर्देशक खेम भट्टचनले बताए l

नेपाली भाषा, साहित्यका साथै कला ,संस्कृति, खेलकुद, कलाकार, पत्रकारिता, व्यवसाय आदि समाजका विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तिहरु तथा संस्थालाई सम्मेलनमा विशेष सम्मान प्रदान गरिने यो सम्मेलनको मुख्य अभिप्राय रहेकोले यो काम भएकोमा आफुलाई हर्ष लागेको केन्द्रिय अधक्ष्य गीता खत्रीले बताईन l

           






No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>