कुमार विवेकानन्द मिश्र÷सरोज ढुङ्गेल काठमाडौं, मङ्सिर ५ गते । मुलुकको मूल कानुन लेख्न भएको दोस्रो संविधानसभा निर्वाचनमा मुलुकभरि ७० प्रतिशतभन्दा बढी मतदान भएको छ । निर्वाचन आयोगका अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट मतपेटिका सुरक्षित रूपमा जिल्ला सदरमुकाम ल्याउने कार्य भइरहेको छ । मतपेटिका प्राप्त भएका केही जिल्लामा मङ्गलबारै रातिदेखि मतगणना सुरु हुन सक्नेछ भने काठमाडौँ उपत्यकालगायत अधिकांश जिल्लामा बुधबार बिहान ८ बजेदेखि मतगणना सुरु हुने बताइएको छ । संविधान निर्माण नै नगरी पहिलो संविधानसभा विघटन भएपछि मङ्गलबार दोस्रो संविधानसभाको निर्वाचन भएको थियो । कुल एक करोड २१ लाख ४७ हजार ८६५ मतदाता रहेको देशभरिकै २४० वटा निर्वाचन क्षेत्रमा ७० प्रतिशतभन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको निर्वाचन आयोगले प्रारम्भिक अनुमान गरेको छ ।
"अत्यन्त उत्साहपूर्वक आममतदाता मतदान कार्यमा सहभागी हुनुभयो, सरदर ७० प्रतिशत मतदान भएको अनुमान हो, यो सङ्ख्या बढ्न सक्छ," प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भन्नुभयो, "यो मत प्रतिशत नेपालको निर्वाचन इतिहासमा सर्वाधिक बढी हो । "छ वर्षअघि २०६४ साल चैत २८ गते भएको पहिलो संविधानसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचन प्रणालीमा ६१ दशमलव ७० प्रतिशत मतदान भएको थियो भने समानुपातिक निर्वाचन प्रणालीमा ६३ दशमलव ३० प्रतिशत मत खसेको थियो । यसैगरी, २०४८ सालको आमनिर्वाचनमा ६८ दशमलव १५, २०५१ को मध्यावधि निर्वाचनमा ६१ दशमलव ६८ र २०५६ सालको आमनिर्वाचनमा ६५ दशमलव ६९ प्रतिशत मतदान भएको थियो । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाको निर्वाचनविरोधी आन्दोलन हुँदाहुँदै पनि मङ्गलबार मतदानमा नेपाली मतदाताको अत्यधिक सङ्ख्यामा उत्साहपूर्ण सहभागिता पाइयो । "केही छिटफुट घटनाबाहेक आजको निर्वाचन देशभर शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ," उहाँले भन्नुभयो । निर्वाचनका क्रममा केही स्थानमा झडपका घटना भए पनि एक स्थानको मात्र मतदान स्थगित गरिएको छ । देशभरि निर्धारण गरिएका १८ हजार ८३८ मतदान केन्द्रमध्ये जुम्लाको त्रिभुवन उच्च माविस्थित मतदान केन्द्रको मात्र मतदान स्थगित भएको छ । त्यहाँको मतदान आउँदो मङ्सिर ७ गते हुने आयोगले जनाएको छ ।
विभिन्न जिल्लास्थित केही मतदान केन्द्रमा केहीबेर मतदान स्थगित भए पनि तत्कालै पुनः मतदान कार्य सञ्चालन भएको थियो । राजनीतिक दल र उम्मेदवारबीचको विवादका कारण रौतहटको पोठीयाही, गोरखाको नागेश्वर–७, पर्वतको शङ्करपोखरी–४ र हुम्लाको मालिका उच्च माविको मतदान केन्द्रमा केहीबेरको स्थगनपछि मतदान कार्य सुचारु भएको थियो । यसैगरी, रोल्पाको थवाङ गाउँ विकास समितिका कुनै पनि मतदाता मत खसाल्न मतदान केन्द्रमा गएनन्। त्यहाँ सुरक्षाकर्मी र कर्मचारीले मात्र मतदान गरेका गिए। "थवाङ गाविसका घटनालाई आयोगले अपवादका रूपमा लिएको छ," प्रमुख आयुक्त उप्रेतीले भन्नुभयो, "सङ्क्रमणकालीन चुनौतीका बीच स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न भएको छ, यो अत्यन्त खुशीको कुरा हो । "पाँच जिल्ला डोल्पा, रौतहट, गोरखा, दार्चुला र डोटीमा ८० प्रतिशतभन्दा बढी मत खसेको छ भने १३ जिल्लामा ७५ प्रतिशत मतदान भएको छ । यस्तै, ३५ जिल्लामा ७० प्रतिशत, २१ जिल्लामा ६० प्रतिशतभन्दा बढी र रोल्पामा सबैभन्दा कम ५५ प्रतिशत मतदान भएको छ । काठमाडाँैका परीक्षा नियन्त्रण कार्यालय, बल्खु मतदान केन्द्रलगायतका कतिपय मतदान केन्द्रमा पनि ८० प्रतिशतसम्म मत खसेको जनाइएको छ ।
निर्वाचनमा ल्याइएका सुधार र राजनीतिलाई ठीक बाटोमा ल्याउन मतदाताले उत्साहपूर्ण सहभागिताले सर्वाधिक मत खसेको प्रमुख निर्वाचन आयुक्त उप्रेतीले जानकारी दिनुभयो । "संविधान बनाउन मतदाताले मतमार्फत निर्णय दिएका हुन्, हामी विश्वस्त छौँ संविधान निर्माण हुन्छ," उहाँले भन्नुभयो । मतगणनासम्बन्धी सञ्चारकर्मीको जिज्ञासामा उहाँले प्रत्यक्ष निर्वाचनको परिणाम कम्तीमा सात दिन तथा बढीमा १० दिनभित्र आउने बताउनुभयो । मतपेटिका जिल्ला सदरमुकाम आइसकेपछि कतिपय स्थानमा रातिदेखि मतगणना हुने तथा अन्य स्थानमा सोमबार बिहानैदेखि मतगणना सुरु हुने उहाँले बताउनुभयो । मतदाताको व्यग्र चासोका रूपमा रहने मतपरिणामलाई हरेक घण्टा सार्वजनिक गरिने आयोगले जनाएको छ । मतपरिणाम जान्नका लागि एसएमएसको प्रयोग गर्न सकिने, निर्वाचन आयोगको वेबसाइट र आयोगमा स्थापना गरिएको मिडिया सेन्टरबाट पनि जानकारी लिन सकिनेछ ।
निर्वाचनको सफलताले लोकतान्त्रिक विधिलाई पूर्णतामा पु¥याउने बताउँदै प्रमुख निर्वाचन आयुक्त उप्रेतीले निर्वाचन प्रक्रियामा सद्भाव र सहयोग पु¥याउने अन्तर्राष्ट्रिय समुदाय र स्वदेशी तथा विदेशी पर्यवेक्षक, राजनीतिक दल, नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सबै सरोकारवालालाई धन्यवाद दिनुभयो ।

No comments:
Post a Comment