जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


अमेरिकाले निर्वाचन शान्तिपूर्ण सम्पन्न भएकोमा नेपाली जनता बधाई


मंगसिर ५,भर्जिनिया ,अमेरिका,विजय थापा  यहि मंगसिर ५ गते नेपालमा दोश्रो संबिधान सभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा सयुक्त राज्य अमेरिकाले सम्पूर्ण नेपाली जनतालाई हार्दिक बधाई दिदै व्हाइट हाउसका प्रेस (संचार )सचिबले उक्त कुरा एक छापा बिज्ञप्ति मार्फत जानकारी गराएका छ्न lयी चुनाबलाई सन् २००६ मा भएको शान्ति प्रक्रियाको एक महत्वपूर्ण कदमको निशान हुन भनिएको छ l यस्तो प्रकारको चुनाब नेपालको लागि मात्र कोशे ढुंगा नभै युद्धपछि पुनर्निर्माण र संवैधानिक माध्यमबाट बिबादलाई समाधानको लागि काम गरि रहेका विश्वका मानिसको लागि पनि उतिकै महत्वपूर्ण बताईएको छ l

नेपाल गृह युद्धको चपेटामा बर्षौ सम्म सामना गर्नु परेको उल्लेख गर्दै जसमा निर्दोष नागरिक हिंसात्मक र आतंकबादको शिकार भएको भन्दै द्वन्द्ध समाप्त पछि नेपालले महत्वपूर्ण प्रगति गरेको चर्चा उक्त छापा बिज्ञप्तिमा उल्लेख छ l र नागरिक समाजको समर्थन प्राप्त गर्दै महिला तथा युवाहरुको सहभागितालाई प्रबर्धन गर्दै सबै नेपाली जनताको सपना र आकांक्षाहरुलाई समर्थन गर्न सकिन्छ l र नेपाल एउटा बहुवादी प्रजातन्त्र हुदै गएकोमा खुशी प्रकट गरेको छ l
नेपालका नव निर्वाचित नेतृत्वहरुले संबिधान समापनको महत्वपूर्ण कार्य गर्ने बाकी रहेको छ भन्दै सयुक्त राज्य अमेरिकाले सदैब नेपालको प्रगतिको साथ शान्ति ,सम्मुन्नत ,समाबेसी र प्रजातान्त्रिक मार्गलाई सहयोग निरन्तरता दिने छापा बिज्ञप्तिमा उल्लेख गरेको छ l


No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>