जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


बिदेशमा बस्ने बुद्धिजीवीवर्गले सबैलाई संयमता लिन आग्रह

​ मंगसिर ५ ,भर्जिनिया,विजय थापा ,नेपालमा दोश्रो पटक संबिधान सभाको चुनाब समाप्त भै अधिराज्यभर  निर्वाचनको गणना भै रहेको छ l र, एकीकृत नेकपा (माओवादी)ले संविधानसभा निर्वाचनमा विभिन्न षड्यन्त्र र चलखेलका कारण नेपाली जनताको अभिमत र अपेक्षा अनुसार जारी मतदान प्रक्रिया अघि बढेको नदेखिएकाले यो प्रक्रिया यहीँ स्थगित गर्न माग गरेको खबरले बिदेशमा बस्ने बुद्धिजीवी वर्गहरु चिन्तीत देखिन थालेका छन l

सर्बत्र एकीकृत नेकपा (माओवादी)लाई लोकतान्त्रिक चरित्र अनुसार हुन् सुझाव दिई रहेको अवस्था ,सयुक्त राष्ट्र संघ ,अमेरिका लगायत थुप्रै राष्ट्रले शान्तिपूर्ण निर्वाचन भएकोमा बधाई दिइएको बखत संबिधान सभा बहिष्कार गर्ने कुराले चिन्तन तुल्याएको बिद्धवत वर्ग मुलुक फेरी द्वन्द्धको भुमरीमा जाकिने छ भन्ने अनुमान गर्न थालेका छन l अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरले एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई आफै सहभागि भएको निर्वाचन प्रक्रियाको सम्मान गर्दै लोकतन्त्रको सम्मान गर्न सुझाव दिएका छन् l नेपाल दश बर्षे जनयुद्धमा देशले ठुलो क्षति बेहर्नु परेकोले यो समयमा बिजयी जुलुस र अविर यात्रा भन्दा मुलुक बचाउने तर्फ लाग्नु पर्ने र सबैले सोच्नु पर्ने भन्दै अनुहार किताब मार्फत सल्लाह र सुझाब एक आपसमा साटासाट गर्न थालेका छन l

अब संबिधानको टुंगो लगाउनु पर्ने अपरिहार्य भएकोले यी वर्गले सबै भन्दा छिटो र छरितो संचार माध्यम मानिने सामाजिक संजाल अनुहार मुखाकृति पुस्तक (फेस बुक )मार्फत एक आपसमा छलफल गरि कसरि लोकतन्त्रलाई बचाउन ,संबिधान निर्माण गर्न र शान्ति प्रक्रियालाई अगाडी बढाउन सकिन्छ भन्ने कुरामा घोत्लिन थालेका छन् l
 ​
र यस्को लागि के गर्दा राम्रो हुन्छ भनि  लोकतन्त्र बचाउने समय हो संयमता अपनाउनु भन्दै ध्यानाकर्षण गराएका छन् l नेपाल एउटा असहज घडीमा उभिएको छ ,यो कसैलाई गालि गलौच वा आक्रमण गर्ने बेला होइन जित्नेले पनि संयम अप्नाउन सकेन भने जीत निरर्थक हुन सक्छ भन्ने गहनतम बिचार पोख्दै उपाय दिएका छन् lयसमा नागरिक समाजले सहजताको वातावरण बनाउनु पर्ने भन्दै माधब नेपाल, शेर बहादुर देउबा , सुशील कोइराला , गगन थापा , के पी शर्मा ओली आदि तथा अन्य नेताहरुले अन्तर्राष्ट्रिय पर्यवेक्षकको उपस्थितिमा सहजताको प्रयास गर्ने भनेका छन् भने निर्बाचन परिणाम यथाशिघ्र प्रकाशित गर्ने कोशिस गर्ने र सुरक्षा ब्यबस्था अत्यन्त कडा गर्ने सुझाव दिएका छन् l

थप राय परामर्श राख्दै  कुनै पनि दलले बिजय जुलुश ननिकाल्नु उपयुक्त हुन सक्छ भन्दै यसबाट स्थिती बिग्रिन सक्छ र तनाब उत्पन्न हुन सक्छ भनेका छन् l किनभने कुनै पनि किसिमको तनावले लोकतन्त्रलाई फाइदा नगर्ने भन्दै नोक्सान गर्छ भनेका छन् l
 ​
अन्तर्राष्ट्रिय पर्यवेक्षक जिम्मी कार्टर जस्ता हस्तीहरु नेपालमै छन भन्दै यिनको पहलले समस्याको समाधान हुने कुरामा बिस्वस्त हुदै माधव नेपाल ,शेर बहादुर, गगन ,के पी शर्मा ओली ,सुशील कोइरालाहरु अहिले सुत्ने बेला होइन भन्दै कसैको बिरुद्धमा बोल्ने ,उकास्ने, वा त्यस्तै गतिबिधि गर्ने बेला होइन भनिएको छ l

अझ सल्लाह राख्दै यो देश हाम्रो हो ,बिजेता पनि नेपाली हुन् ,उप बिजेता पनि हाम्रै दाजुभाई नेपाली हुन् र जीत हार मुद्दामा भएको हो ,व्यक्तिको होइन भनेका छन् l यस्तो अवस्थामा क्षणिक आक्रोशले ६ बर्षको कसरत पछाडी पर्न सक्छ l र देश गृह युद्धमा होमिन सक्छ भन्दै सक्दो आफ्नो क्षेत्रका नेता, दलका साथीहरुसंग यी कुराहरु हिस्सा गरौ भनेका छन् l निर्बाचनको उपलब्धिलाई कानून सम्मत ढंगले विधिको शासनमा बदलौं र यस्तो समय फेरि नआउन सक्छ भन्दै सबैलाई चेताना भया भन्ने उपदेशको संदेश सबैलाई छोडेका छन् l

No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>