नरापो न्यूज ।काठमाडौँ, ७ मङ्सिर । पहिलो हुने निर्वाचित हुने निर्वाचनका परिणाम आइरहँदा नयाँनयाँ रोचक जानकारी आइरहेको छ । कम उमेरमा विजयी हुनेमा गगनकुमार थापा, शिवकुमार मण्डल, गणेशमान पुन
हुनुभएको छ । हालसम्म ५६ निर्वाचन क्षेत्रका परिणाम सार्वजनिक भएको छ ।
सबैभन्दा कम उमेरमा संविधानसभा सदस्यमा निर्वाचित हुनेमा काठमाडौँ क्षेत्र
नं ४ बाट विजयी नेपाली काँग्रेसका उम्मेदवार गगनकुमार थापा हुनुहुन्छ ।
उहाँ ३७ वर्षको हुनुहुन्छ । मोरङ क्षेत्र नं ४ बाट निर्वाचित एकीकृत नेकपा
(माओवादी) का उम्मेदवार शिवकुमार मण्डल केवट ३८ वर्षको हुनुहुन्छ छ । रुकुम
क्षेत्र नं १ बाट निर्वाचित एकीकृत नेकपा (माओवादी)कै उम्मेदवार गणेशमान
पुन ४० वर्षको हुनुहुन्छ ।
निर्वाचन आयोगले दिएको जानकारीअनुसार सबैभन्दा ज्येष्ठ उमेरमा विजयी हुनेमा डडेल्धुराबाट निर्वाचित नेपाली काँग्रेसका उम्मेदवार शेरबहादुर देउवा देखिनुभएको छ । उहाँ ६८ वर्षको हुनुहुन्छ । यस्तै, बर्दिया क्षेत्र नं १ बाट विजयी नेकपा (एमाले)का वामदेव गौतम ६५ वर्षको हुनुहुन्छ भने दाङ क्षेत्र नं ४ बाट विजयी नेपाली काँग्रेसका उम्मेदवार बुद्धिराम भण्डारी ६४ वर्षको हुनुहुन्छ । ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित नेपाली काँग्रेसका उम्मेदवार मदन अमात्य ६३ वर्षको हुनुहुन्छ ।
त्यस्तै, रौतहट क्षेत्र नंं १ र काठमाडौँ क्षेत्र नंं २ बाट निर्वाचित माधवकुमार नेपाल र प्युठान क्षेत्र नंं २ बाट विजयी हीराबहादुर केसी तथा पाल्पा क्षेत्र नंं ३ बाट विजयी हरिप्रसाद नेपाल ६१ वर्षको हुनुहुन्छ । काठमाडौँ क्षेत्र नंं ५ बाट विजयी नेपाली काँग्रेसका उम्मेदवार नरहरि आचार्य, मोरङ क्षेत्र नं ८ बाट विजयी नेकपा (एमाले)का उम्मेदवार चन्द्रबहादुर गुरुङ, सिन्धुली क्षेत्र नं ३ बाट विजयी एकीकृत नेकपा (माओवादी)का उम्मेदवार हरिबोल गजुरेल ६० वर्षको रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले दिएको जानकारीअनुसार सबैभन्दा बढी मत प्राप्त गरी विजयी हुने उम्मेदवारमा डडेल्धुरा क्षेत्र नं १ बाट विजयी शेरबहादुर देउवा हुनुहुन्छ । उहाँले २३ हजार ९२० मत प्राप्त गर्नुभएको छ । त्यसपछि गोरखा क्षेत्र नं १ बाट विजयी एकीकृत नेकपा (माओवादी)का उम्मेदवार बाबुराम भट्टराईले २२ हजार ८२४ र काठमाडौँ क्षेत्र नं ४ बाट विजयी नेपाली काँग्रेसका उम्मेदवार गगनकुमार थापाले २२ हजार ३३६ मत प्राप्त गर्नुभएको निर्वाचन अयोगले जनाएको छ ।
सबैभन्दा बढी मतअन्तरबाट विजयी हुने उम्मेदवारमा गोरखा क्षेत्र नंं १ का एकीकृत नेकपा (माओवादी) का उम्मेदवार डा बाबुराम भट्टराई हुनुहुन्छ । उहाँले कुल २२ हजार ८२४ मत प्राप्त गर्नुभएको छ । उक्त मत उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठले प्राप्त गर्नुभएको मतभन्दा १३ हजार ८५३ बढी हो । त्यसपछि काठमाडौँ क्षेत्र नं ४ मा विजयी नेपाली काँग्रेसका उम्मेदवार गगनकुमार थापाले २२ हजार ३३६ मत प्राप्त गर्नुभएको छ । उक्त मत उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार निर्मल कुइँकेलले प्राप्त गर्नुभएको मतभन्दा १३ हजार २०१ ले बढी हो ।
महिला उम्मेदवारमा नेपाली काँग्रेसका तर्फबाट दाङ क्षेत्र नं १ बाट पार्वती डिसी चौधरी, दाङ क्षेत्र नं २ बाट सुशीला चौधरी, कास्की क्षेत्र नं २ बाट शारदा पौडेल हुनुहुन्छ । त्यसैगरी नेकपा (एमाले)बाट कास्की क्षेत्र नं ४ बाट सीता गिरी ओली र बारा क्षेत्र ४ बाट नजमा खातुन विजयी हुनुभएको छ ।
हालसम्मको कुनै पनि निर्वाचनमा विजयी नभएको ललितपुर र मकवानपुरमा पहिलो पटक नेपालीका उम्मेदवारले काँग्रेसले विजयी प्राप्त गरेको छ । ललितपुर क्षेत्र नं ३ मा मदनबहादुर अमात्य मकवानपुर क्षेत्र नं १ मा इन्द्रबहादुर बानियाँ विजयी हुनुभएको छ । यसैगरी नेकपा (एमाले)ले रसुवा जिल्लामा पहिलो पटक विजयी भएको छ । एउटामात्र क्षेत्र रहेको सो जिल्लाबाट सोही पार्टीका जनार्दन ढकाल विजयी हुनुभएको छ रासस

No comments:
Post a Comment