जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


साढे छ बर्षका खेलाडीलाई ब्लाक बेल्ट


अमेरिकामा साढे छ बर्षका नेपाली बालक खेलाडीलाई ब्लाक बेल्ट (कालो फित्ता )प्राप्त 

मंगसिर ७, भर्जिनिया ,अमेरिका विजय थापा ,कलियुगमा अविश्वसनीय धेरै चिज देखिन पाइने हुन्छ र उम्रिदैको तीन पात भन्ने नेपाली उखान ठ्याक्कै अमेरिकामा चरितार्थ भएको छ l अमेरिकाको मिचिगन राज्यमा साढे छ बर्षका नेपाली बालक खेलाडीले पुम पहिलो डान ब्लाक बेल्ट (कालो फित्ता )सफलतामा पुर्वक हात पार्न सफल भएका छन् lअमेरिकाको मिचिगन राज्यको वाटर फोर्ट शहरमा सन् २०११ देखि नै नेपाली तेक्वान्दोका वरिष्ठ प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक लव प्रसाद गोर्खालीले संचालन गरेको ज्योति एवरेस्ट तेक्वान्दो बिद्यालयमा नोवेम्बर १४ तारिखको दिन लिइएको परीक्षामा नेपाली बालक खेलाडी निलेश श्रेष्ठले ब्लाक बेल्ट(कालो फित्ता )पाएको जानकारी लव प्रसाद गोर्खालीले दिए l

हाल मिचिगन वाटर फोर्ट निवासी पिता लोचन श्रेष्ठ तथा सुवर्ण श्रेष्ठ पिता तथा माताबाट अप्रिल १४ ,२००७ मा जन्मिएका एकल छोरानिलेश श्रेष्ठले तेक्वान्दो बिद्यालयको स्थापना काल देखि नै निरन्तर प्रशिक्षण लिई रहेका छन भन्दै उनि अलिक तीक्ष्ण बुद्धि भएको बिद्यार्थी हुनुको साथै र छिटो कुरा टिप्ने बताईएको छl उक्त ज्योति एवरेस्ट तेक्वान्दो बिद्यालयमा पैतालिश जना बिद्यार्थीहरुले तालिम लिइरहेको र हाल सम्म पांच जनाले ब्लाक बेल्ट (कालो फित्ताधारी )लिई सकेको बताईएको छ भने अमेरिकाको बिभिन्न राज्य स्तर तथा अन्तर्राष्ट्रिय प्रतियोगिता स्वर्ण पदक हासिल गरि सकेको छ l र हाल सालै भएको अमेरिकाको राष्ट्रिय प्रतियोगितामा राज्यबाट तीन जनाले सहभागीता लिएको जनाइएको छ  l 

सफलता हासिल गरेकोमा गौरन्वित भएको महसुस गर्दै निलेश श्रेष्ठले तेक्वान्दो तालिम निरन्तर लिने भएका छन्  l यसरि नेपाली मूलका नेपालीहरुले सफलता हासिल गर्दा हर्ष लाग्नु स्वाभाविक हुदो रहेछ भनि ज्योति एवरेस्ट तेक्वान्दो बिद्यालयका प्रशिक्षक तथा संचालक गोर्खाली बताउछन l

No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>