जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


रोमानियामा नेपाली भाषाकी गायिका आनी छोइङ डोल्मा

रोमानियामा हुनु भएका सम्पूर्ण प्रिय साथीहरू,
नमस्कार 
तपाईहरू समक्ष यो समाचार लेख्न पाउदा मलाइ ज्यादै खुशी लागेको छ। बौद्ध भिक्षुणी तथा नेपाली भाषाकी गायिका आनी छोइङ डोल्मा यहि नोभेम्बरको २९ तारेखका दिन बुखारेस्टमा आउदै छिन, उनको यहाँ हार्दिक स्वागत गरौ। हामी रोमानियामा बस्ने नेपालीहरूका लागि यो गौरवको कुरा हो। उनले नोभेम्बरको ३० तारेखका दिन साँझको ७ बजेदेखि बुखारेस्टको Soseaua Berceni nr. 94, Sector 4 मा धार्मीक भजनहरू गाउने छिन। उनले गाएको फूलको आँखामा फूलै संसार भन्ने बोलको गीत निकै चर्चित गीत हो । यिनले आर्य तारा स्कुल सञ्चालन गरेकी छन् जहाँ उनी अनाथ बच्चाहरूलाई पढाउँछिन्।
सन् १९७१ को जुन ४ तारेखमा जन्मेकी छोइङ्ग डोल्मा एक बौद्ध धर्म मान्ने आनी हुन्। त्यसैले उनलाई आनी छोईङ्ग डोल्मा भनेर चिनिन्छ। सामान्यत आनी र लामाहरू सामान्य ब्यक्तिको जिवन भन्दा फरक रहने गर्दछन्। तर आफ्नो सांस्कृतिक र धार्मिक महत्वलाई राख्दै नेपाली साङ्गितिक क्षेत्रमा उदाएकी एक फरक पृष्ठभुमिकी गायिका हुन् आनी छोइङ डोल्मा। उनलाई नेपालीले मात्रै नभएर पूरै संसारका बौद्ध अनुयायीले चिनेका छन्। उनले बिशेषत धार्मीक भजन गाउने गरेकी छन्। उनी एक तिब्बतीयन शरणार्थी परीवारकी सदस्य हुन्। काठमाडौंमै जन्मिएकी उनी अहिले नागी गुम्बामा बस्ने गरेकी छिन् । १३ वर्षको उमेरमा नागी गुम्बा पुगेकी उनी अहिले पनि सोहि गुम्बामा सेवा गर्छिन् । वषौँसम्म उनलाई गुम्बामै बौद्ध भजनका ज्ञाताले संगीतको तालीम दिएका थिए। सन् १९९४मा अङग्रेजी गितार बादक स्टिभ टिब्बेटसले गुम्बा अवलोकनका लागि आउँदा आनी छोइङबाट प्रभावित भएर दुईवटा एल्बम समेत रेकर्ड गराएका थिए। तिब्बतीयन संगीत रहेको छो र सेल्वा नाम गरेका दुई एल्बमलाई समिक्षकहरूले निकै प्रसंशा समेत गरेका थिए। तिब्बतभन्दा बाहिर रहेर पनि त्यहाँको संगीतको प्रर्बद्धन गर्ने मध्ये आनी छोइङ पनि एक हुन् ।
साथीहरू,
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, रोमानियाको अध्यक्षको हैसियतले सबै रोमानियामा हुनु भएका नेपालीहरू सपरिवार सहित र आफ्ना चिने जानेका सबै मित्रहरूलाई समेत लीई यस साँस्कृतिक कार्यक्रमलाई सफल पार्न  उपस्थित भई दिन हुन हार्दिक निमन्त्रणा गर्दछु।  
धन्यबाद सहित,
तपाईहरूकै-
नवराज पोखरेल

No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>