जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


साहित्य सम्मेलनलाई साँस्कृतिक

साहित्य सम्मेलनलाई साँस्कृतिक कार्यक्रमले अझ रौनक ल्याउने 
मंगसिर ९,भर्जिनिया ,अमेरिका विजय थापा अमेरिकाको वासिङ्गटन डि.सी मा आयोजना हुन् लागेको तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा एकरुपता मात्र नहोस् भन्दै मनोरंजन स्वरुप संगीतमय वातावरण बनाईने सोच पनि रहेकोले सांस्कृतिक कार्यक्रम गराइने सम्मेलन संयोजक सीता पाण्डेले जानकारी गराएकी छिन l
यसको साथै सम्मेलनमा बृहत कबि गोष्ठी, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार वितरण, मोतिराम युवा कबि गोष्ठी, भानु द्वशत् बार्षिकी समापन समारोह, सम्मान कार्यक्रम, विभिन्न बिषयमा कार्यपत्रहरु प्रस्तुत, भानु बर्ष उत्कृष्ठ पुरस्कार लगायत नेपाली साहित्यमा बिशिष्ठ योगदान पुर्याउनु हुने महानुभावहरुलाई सम्मान गरिने कार्यक्रम रहेको आयोजकले बताएका छन् l
 

कविता ,मुक्तक र साहित्यका बिबिध कोसेलीको श्रवणको साथमा अझ साहित्य सम्मेलनलाई मसला दिने उदेश्यले सांगीतिक साँझ कार्यक्रममा युवा गायक यश कुमार, गायिका नलिना चित्रकार,वरिष्ठ लोक गायक प्रेमराजा महत, दोहोरि गीत गायिका मंजु पुन र संजिब प्रधानको सांगीतिक प्रस्तुतिले वातावरण तातिने ठोकुवाको साथ सम्मेलन संचार संयोजक खेम भट्टचन बताउछन l

यी सबै लोकप्रिय र ख्यातीप्राप्त कलाकारहरुको सुमधर गीतहरुले साहित्य सम्मेलनमा सुनमा सुगन्ध थप्ने निश्चितता रहेकोले यो सम्मेलन ऐतिहासिक र बिशेष महत्वका साथ सम्पन्न हुने आयोजक र सबै पक्षबाट विश्वास लिईएको जानकारी सम्मेलन आयोजक समिति महासचिब प्रकाश नेपाल र आयोजक समिति सदश्य पदम बिश्वकर्मा बताउदछन l

No comments:

Post a Comment

नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



>>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>