जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


तनावपूर्ण बनेको पोखरा बजार

  • मजदुर र माओवादीबीचको झडपपछि तनावपूर्ण बनेको पोखरा बजार अहिले सामान्य बन्दै गएको छ । आमहड्तालमा सहभागी हुन अस्वीकार गरेपछि माओवादी कार्यकर्ताले बालुवा बोक्ने मजदुरमाथि कुटपिट गरेपछि मजदुरहरु पनि प्रतिकारमा उत्रेका थिए । विहान आमहड्तालमा सहभागी हुन नगएको भन्दै माओवादी कार्यकर्ताहरुले चौविस जना मजदुरमाथि कुटपिट गरेका थिए। मजदुरहरुले पनि कुटपिटको प्रतिकार गर्दा दुई जना माओवादी कार्यकर्ता गम्भीर घाइते भएका छन्। उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।
  • माओवादी आमहड्तालका कारण पोखरामा अलपत्र चारसय बढी भारतीय पर्यटकलाई मंगलबार उद्धार गरी सुनौली नाका पुर्‍याइएको छ ।देशकै मुख्य पर्यटकीय शहर पोखरा घुम्न तथा मुक्तिनाथ मन्दिरको दर्शनकालागि आएका पर्यटकहरु अलपत्र परेपछि क्षेत्रीय प्रशासन तथा प्रहरी कार्यालयको समन्वयमा उनीहरुलाई उद्धार गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले बताए ।  कास्की प्रशासनका अनुसार १० वटा बस र एउटा टाटा सफारी गरी ११ सवारी साधनलाई स्कर्टीङ गरी सुनौली नाका पुर्‍याइएको हो । तीनमा चारसय बढी भारतीय पर्यटक रहेका थिए । विहान चार बजे नै उनीहरुलाई गन्तब्यतर्फ पठाइएकोमा दिउँसो पौने एकबजे भारतीय भूमिमा प्रवेश गरीसकेका नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स (नाटा) का क्षेत्रीय अध्यक्ष ओम पाण्डेले बताए । उनीहरुलाई स्याङजा पाल्पा हुदै पठाइएको थियो ।सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र सत्तारुढ दल नेपाली काँग्रेसका शिर्श नेताबिच छलफल भइरहेको छ । बैठकमा सत्ता साझेदार दल काँग्रेस र एमालेसँग माओवादीले अगाडी सारेको अडानको बारेमा छलफल भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, नेता भरत मोहन अधिकारी, महासचिव इश्वर पोख्रेल, सचिव विष्णु पौडेल, सचिव तथा सञ्चारमन्त्री शंखर पोख्रेल लगाएत सहभागी हुनुभएको छ । यसै गरि नेपाली काँग्रेसको तर्फबाट कार्यबहाक सभापती शुसील कोइराला, उपसभापती रामचन्द्र पौडेल, महामन्त्री विमलेन्द्र निधी, सहमहमन्त्री रामशरण महत, प्रवक्ता अर्जुननरसिंह केसी लगाएतका सहभागी हुनुभएको छ । एकिकृत नेकपा माओवादीसँग हिंजो भएको छलफलका आधारमा सहमतीको बिन्दु खोज्न छलफल भएको बताइएको छ । यस अघी हिजो साँझ पनि माओवादी नेताहरुले नेकपा एमाले र नेपाली काँग्रेसका नेताहरुसँग छुट्टा छुट्टै भेटघाट गरेका थिए । 


  • सरकारले र्भखर मात्र ६ वटा देशमा श्रम सहचारी नियुक्ती गरको छ । यसरी श्रम सहचारी गरिएको देशहरुमा भने दक्षिण कोरिया जापान इजरायल कुवेत ओमान र हङकङ पर्दछन् । यो सँगै करिब १० वटा देशमा श्रम सहचारी नियुक्त भएका छन् ।सहचारीहरु भएको देशहरुमा दुतावासले र नियोगले त्यँहा रहेका नेपाली कामदारका लागि काम गर्न नभ्याएकोले सहचारी नियुक्त अत्यावश्यक भएकोले नियुक्त गरिएको हो । तर पनि यी देशहरुमा नियुक्ती भएका केहि सहचारीहरु के यसै क्षेत्रका विज्ञ वा जानकार व्यक्तिहरु हुन त भन्ने पनि प्रश्न उठेको छ । यसै विषयमा आवश्यक न्युनतम आवश्यकता पुरा नगरेको र जथाभावी नियुक्ती गरिएको आरोप समेत लागेको छ यस कदमले लामो समयदेखि श्रम क्षेत्रमा कार्य गरिररेका कर्मचारीहरुलाई कतै निरुत्साहित त गरेको छैन भन्ने प्रश्न समेत उब्जीएको छ । यसरी सहचारी नियुक्त गर्दा कमसेकम यस विषयमा जानकार व्यक्तिलाई प्रवेश गर्न दिएको खण्डमा पक्कै पनि विदेशमा काम गरिरहेका नेपालीहरुले आफनो समस्या लिएर दतावासमा पुग्दा आवश्यक कदम चाल्न्ा सहयोग गर्ने र उनीहरुको आवाज सुन्ने निकाय दरो भएको खण्डमा समस्या समाधान हुने थियो कि त जसको लागी यस विषय प्रति जानकार रुची भएको र काम छिटो छरितो गर्न सक्ने सहचारी को आवश्यकता पर्ने हुनाले अरु क्षेत्रबाट नियुक्ती गरिएका सहचारीको कार्य दक्षतामा कमी हुन सक्ने सम्भावना रहन्ा जान्छ होला त ?    ~ऋचा शर्मा 'अभिब्यञ्जना'







      No comments:

      Post a Comment

      नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

      Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



      >>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>