जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ

Buddha was born in NEPAL



Patria ne este chiar mai scumpă decât cerul


आमहडतालका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको

काठमाडौं, २१ वैशाख
  • राष्ट्रिय मानव अधिकार आयोगले एकीकृत नेकपा (माओवादी) ले गरेको आमहडतालका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको जनाएको छ। आयोगले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै देशका सबैजसो भागमा हडतालको प्रत्यक्ष प्रभाव परेको, शैक्षिकसंस्था, उद्योग, कलकारखाना तथा यातायात ठप्प भएको, पदयात्री तथा पर्यटक विचल्लीमा परेका एवम् सर्वसाधारणको जनजीवन थप कष्टकर बनेको जनाएको छ। आयोगको केन्द्रीय, क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालयहरुबाट खटिएका १५ वटा टोलीले हडतालको अनुगमन गरेको थियो।

  • माओवादी आमहडतालका कारण मन्त्रीहरू झसिमिसेमै सिंहदरबार स्थित मन्त्रालयमा जाने गरेका छन्। अधिकांश मन्त्री दुई दिनदेखि बिहान चार बजे नै सिंहदरबार छिर्ने गरेका हुन् ।  प्रधानमन्त्री माधवकुमार नेपाल भने हडताल सुरु भएदेखि सिंहदरबार गएका छैनन् । बालुवाटारमा रहेर उनले आफ्नो सक्रियता बढाएका छन् । सोमबार झसिमिसेमै सिंहदरबार गएका मन्त्रीहरू पनि काममा व्यस्त थिएनन् । उनीहरूले आफ्नै कार्यकक्षमा आराम गरेर समय काटेको मन्त्रालय स्रोतको दाबी छ । यसअघि पनि कार्यक्रम, गोष्ठीमा सहभागी भएर अपराह्न मन्त्रालय पुग्ने अधिकांश मन्त्री एक/दुई घन्टापछि बाहिरिने गरेका थिए   आमहडतालका कारण सोमबार सबेरै सिंहदरबार पुग्ने मन्त्रीहरूले बिहानको खाना राष्ट्रिय अनुसन्धान विभागमा खाए । विभागले मेस सञ्चालन गरेर मन्त्रीहरूलाई भिआइपी खाना खुवाउँदै आएको छ ।

  • आमहडतालको पहिलो दिन आइतबार केही मन्त्रीमात्र सिंहदरबार गएका थिए । सोमबार भने गृहमन्त्री भीमबहादुर रावलले सबै मन्त्रीलाई फोन गरेर जुनसुकै अवस्थामा पनि मन्त्रालयमा आउन आग्रह गरेका थिए । गृहमन्त्रीको आग्रहपछि अधिकांश मन्त्री चार बजे नै मन्त्रालय पुगेका हुन् । तर, रक्षामन्त्री विद्यादेवी भण्डारी अपराह्नमात्रै सिंहदरबार छिरेकी थिइन् । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफू बिहान चार बजे नै मन्त्रालय पुगेको बताए । गच्छदारले भने, 'के गर्ने त, उनीहरू (माओवादी) पाँच बजेदेखि बस्ने (सडकमा) भएकाले चार बजे नै मन्त्रालय आएको हुँ ।' उनले 'पेन्डिङ' रहेका काम सक्न आफू चाँडै मन्त्रालय पुगेको दाबी गरे ।

  • माओवादीबाट अवरोध हुने भयले सबेरै मन्त्रालय पुगेका मन्त्रीहरू त्यतिवेला विलखबन्दमा परे, जतिवेला दस दल र मन्त्रि परिषद्को बैठकका लागि प्रधानमन्त्रीले बालुवाटारमा डाके । बैठकका लागि मन्त्रीहरूलाई दिउँसो बालुवाटार बोलाइएको थियो । सुरुमा त मन्त्रीहरूले 'माओवादीको अवरोध छ, कसरी बालुवाटार आउन सकिन्छ' भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । तर, प्रधानमन्त्री माधवकुमार नेपालले सुरक्षा व्यवस्था मिलाएर सबै मन्त्रीलाई बालुवाटार ल्याउन गृहमन्त्री रावललाई निर्देशन दिएपछि उनीहरू गएका हुन् ।

  • दिउँसो भएको १० दलको बैठकमा सहभागी हुन उपप्रधानमन्त्री विजयकुमार गच्छदार, कानुनमन्त्री प्रेमबहादुर सिंह, वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतो, विज्ञानमन्त्री इन्द्रबहादुर ढुंगेल, वनमन्त्री दीपक बोहरालगायतका मन्त्री कडा सुरक्षा घेरामा एउटै गाडीमा कोचिएर बालुवाटार पुगेका थिए । त्यसलगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बस्ने भनेपछि अन्य मन्त्री पनि गाडीमा कोचिएर प्रहरी सुरक्षाघेरामा बालुवाटार पुगेका थिए । सरकारद्वारा सुरक्षासम्बन्धी निर्णयका लागि गठित कमान्ड पोस्टको बैठक सोमबार पनि गृहमन्त्रालयमै बस्यो । गृहमन्त्री रावलले सुरक्षानिकायका तीनवटै अंगका प्रमुखसँग शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिएका थिए । नेपाल प्रहरीका प्रमुख महानिरीक्षक रमेश चन्द, सशस्त्रका प्रमुख महानिरीक्षक सनतकुमार बस्नेत र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अशोकदेव भट्ट दिनभर गृहमन्त्रालयमा मन्त्रीसँगै रहेका थिए ।


  • माओवादी आमहडतालका कारण मुलुकको प्रमुख प्रशासनिक निकाय रहेको सिंहदरबार सोमबार पनि सुनसान रह्यो । सरकारले अनिवार्य उपस्थिति हुन निर्देशन दिए पनि न्यून संख्यामा मात्र कर्मचारी उपस्थिति भए । सचिव, सहसचिवहरू सोमबार पनि पैदल नै मन्त्रालयमा पुगे । सधैँ गाडीमा आउने उनीहरू पैदल आएपछि प्रवेशद्वारमा लाइन लागेर चेकिङ गराई सिंहदरबार छिरेका थिए । मन्त्रालयमा हाजिर भएका केही कर्मचारी सेवाग्राही नआएपछि कामविहीन बनेका थिए । अधिकांश मन्त्रालय सुनसान देखिन्थे ।सिंहदरबारबाहिर रहेका शिक्षा, परराष्ट्र र स्थानीय विकास मन्त्रालयमा भने कर्मचारी प्रवेश गर्नै पाएनन् । माओवादी कार्यकर्ताले प्रवेश गर्न नदिएपछि उनीहरू बाटोबाटै घर फर्किएका थिए ।

  • आन्दोलनका लागि १८ वैशाखमा राजधानीमा उतारिएका माओवादी कार्यकर्ता हिँडेरै जिल्ला र्फकन थालेको गृहमन्त्रालयले दाबी गरेको छ । दोलखा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लाका माओवादी कार्यकर्ता हिँडेरै फर्केको जानकारी आएको गृहमन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार आइतबारको तुलनामा सोमबार राजधानीमा माओवादी कार्यकर्ता घटेको रिपोर्ट मन्त्रालयमा प्राप्त भएको छ ।

    • वर्तमान सरकारको विघटन गरी आफ्नै नेतृत्वमा सरकार गठन गर्नुपर्ने माग राखी एकीकृत नेकपा (माओवादी) ले सुरु गरेको आमहडतालको तेस्रो दिन आज पनि उपत्यकाको जनजीवन प्रभावित भएको छ। बन्दको अवज्ञा गरेको भन्दै अनामनगरमा माओवादी कार्यकर्ताले किराना पसल, तरकारी पसलमा तोडफोड गरी क्षति पुर्‍याएका छन् । प्रदर्शनकारी बिहानैदेखि नारा, जुलुसहित सडकमा उत्रिएपछि उपत्यकाका मुख्य क्षेत्रका बजार, पसल बन्द छन् भने सवारीसाधन चलेका छैनन्। 


    • आफ्नो नेतृत्वमा र्सवदलीय सरकारको माग गर्दै एकीकृत माओवादीले आह्वान गरेको आमहड्तालको तेस्रो दिन आज पनि देशभरका जनजीवन प्रभावित बन्न पुगेको छ । माओवादी कार्यकर्ताहरु राजधानीका चोकचोकमा बिहानैदेखि सडकमा उत्रिएर सरकारविरुद्ध चर्का नाराबाजी गरिरहेका छन् । एकीकृत माओवादीले आज राजधानीको चक्रपथ घेराबन्दी गर्ने कार्यक्रम तय गरिएको जनाएको छ । तीन दिनसम्म पनि आमहड्ताल जारी रहेका कारण र्सवसाधारणको दैनिकी कष्टकर बनिरहेको छ । आमहड्ताललाई सफल पार्न राजधानीका केही स्थानमा माओवादी कार्यकर्ताहरु लाठी लिएर सडकमा उत्रिएका छन् । आज तेस्रो दिनसम्म छिटपुट घटनाबाहेक आमहड्ताल शान्तिपूर्ण रहेको छ । प्रमुख तीन दल एकीकृत माओवादी, एमाले र नेपाली काँग्रेसबीच वार्ता भईरहे पनि अहिलेसम्म कुनै निष्कर्षनिस्कन सकेको छैन ।लगातारको आमहड्तालका कारण राजधानीको बजारमा दैनिक उपभोग्य वस्तुहरुको अभाव देखिएको छ भने केही वस्तुहरुको अचाक्ली भाउ बढेको छ । 

    • सरकारको राजीनामा मागगर्दै सडकप्रदर्शनमा उत्रेको मुख्य प्रतिपक्षी एकीकृत नेकपा माओवादीले आज भैरहवामा प्रधानमन्त्री माधवकुमार नेपालको पुत्ला दहन गरेका छन ।स्थानीय बुद्धचोकबाट पार्टीका जिल्लास्तरका नेताहरुको नेतृत्वमा निस्किएको जुलुसले देवकोटा चोकमा गई सरकार र प्रधानमन्त्री बिरुद्ध चर्का नाराबाजी गर्दै पुत्ला दहन गरेका थिए । सो अबसरमा बोल्दै पार्टीका जिल्ला अध्यक्ष हकीकुल्ला खाँले सरकार समस्या समाधान तर्फ लचिलो नदेखिएकाले जारी हामड्ताल अझ सशक्त पारिने चेताबनी दिनुभयो । प्रदर्शनलाई नारबाजी र नाचगानमा केन्दीत गर्दैआएको माअेावादीले पछिल्लो पटक सरकार बिरुद्ध आक्रोशित हुदै गएको छ । माओबादी हड्ताको तेस्रो दिन जारी रहदाँसम्म भैरहवामा प्रर्दसन शान्तिपूर्ण रहेको छ । तर बन्दका कारण भैरहवास्थित सुनौलीको बेलहीया नाका हँुदै नेपाल भित्रने र बाहिरिने सयौं पर्यटकहरु ठाउँठाउँमा अलपत्र परेका छन् ।










      No comments:

      Post a Comment

      नरापो न्यूज नेटवर्क,रोमानियाबाट संचालित नेपाल रोमानिया डट कममा हार्दिक स्वागत छ ... यो रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका हो...... .. WE ARE PROUD THAT 2557 YEARS AGO LORD BUDDHA WAS BORN IN KAPILBASTU,LUMBINI IN NEPAL. WELCOME TO NEPAL ROMANIA ONLINE NEWS

      Buddha was born in NEPAL .. .. .. आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ



      >>>जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी .....आफ्नो जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ .....Buddha was born in NEPAL.......रोमानियाको पहिलो नेपाली अनलाईन पत्रिका..... नरापो न्यूज >>>>