नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपाली काग्रेसले सरकारको नेतृत्वको गर्ने अवस्थामा आफू प्रधानमन्त्री बन्न सक्ने तर्फ संकेत गर्नु भएको छ । रिपोर्टस्र क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा रहेको पत्रकारहरुको टोली सगको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै काग्रेसमा संसदीय दलको चुनाव भईसकेकोले काग्रेसबाट को प्रधानमन्त्री भन्ने कुरा स्पष्ट रहेको धारणा राखेर आफ्नो प्रधानमन्त्री पदको दावी साकंेतिक रुपमा प्रष्टाउनु भयो । नेता पौडेलले बृहद शान्ति सम्झौता र अन्तरिम संविधानमा नै सबै गतिरोधको हल स्पष्ट रुपमा उल्लेख रहेकोले त्यसको अक्षंरश पालना भए सबै समस्या समाधान हुने दावी गर्नु भयो । दलहरुमा रहेको अहमता नै अहिलेको गतिरोध अन्यकोलागि बाधक बनेको दावी गर्दै
सहमति नभए बहुमत बाट सरकार परिवर्तन गर्न सक्ने स्पष्ट ब्यवस्था रहेको ले अन्यौलतमा रुमलिनुको कुनै औचित्य नरहेको बताउनु भयो ।
सहमति नभए बहुमत बाट सरकार परिवर्तन गर्न सक्ने स्पष्ट ब्यवस्था रहेको ले अन्यौलतमा रुमलिनुको कुनै औचित्य नरहेको बताउनु भयो ।

No comments:
Post a Comment