काठमाडौं, चैत २५- सरकारमा पठाउने थप मन्त्रीको टुंगो लगाउन एकीकृत नेकपा माओवादीको पदाधिकारी बैठक सुरु भएको छ। पार्टीको आन्तरिक विवादका कारण मन्त्री छान्न ढिलाइ भइरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल निवास नयाँ बजारमा पदाधिकारी बैठक सुरु भएको हो। यसअघि पटक पटकका बैठकमा मन्त्रीको नाम छान्न असफल भएपछि सिन्धुपाल्चोक इक्वेडर बिच रिसोर्टमा भएको स्थायी समिति बैठकले मन्त्री छान्ने जिम्मा पार्टी हेडक्वार्टरलाई दिने निर्णय गरेको थियो।
मधेसी जनअधिकार फोरमलाई दिने मन्त्रालय बारे सहमति हुन नसक्दा र सत्तारुढ दलहरुका आन्तरिक विवादका कारण लामो समयसम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन।

No comments:
Post a Comment